२० आश्विन २०८३, मंगलवार
अर्थ मुख्‍य समाचार विशेष समाचार

४७.९३ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से परिसुचक ४७.९३ अंकले घटेको छ । यससँगै कारोबार रकममा समेत गिरावट आएको छ । नेप्सेमा आएको गिरावट सँगै आज परिसुचक २९५४.१४ बिन्दुमा झरेर रोकिएको छ । अघिल्लो दिन नेप्से तीन हजार बिन्दु माथि उक्लीएको थियो । यस दिन कुल ३२७ स्टकको १६ अर्ब ४४ करोड १३ लाख […]

मधेश मुख्‍य समाचार समाज

सिंहलाई ‘वैद्य प्रकाश मानवअधिकार पुरस्कार’

सप्तरी, १४ साउनः मानवअधिकार र प्रजातान्तिक आन्दोलनका साथै कानुन व्यवसाय क्षेत्रमा निरन्तर क्रियाशील रही योगदान पुर्‍याउनुभएका सप्तरीको राजविराज नगरपालिका ४ का ८४ वर्षीय हिम्मत सिंहलाई वैद्य प्रकाश मानवअधिकार पुरस्कार बाट सम्मानित गर्ने निर्णय गरिएको छ । वैद्यप्रकाश मानवअधिकार पुरस्कार कोषको राजविराजमा आज सम्पन्न बैठकले यस वर्षका लागि वरिष्ठ अधिवक्ता सिंहलाई सम्मानित गर्ने निर्णय गरिएको कोषका […]

बागमती मुख्‍य समाचार राजनीति

भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ

काठमाडौं । पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ गरेका छन् । बुधबार शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गरेको हो । सक्कलीको नाममा नक्कली तेस्रोलिङ्गीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको छ । पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

‘सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल छ’

काठमाडौँ, १४ साउनः राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले ग्रामीण क्षेत्रमा दक्ष चिकित्सक, नर्स, प्राविधिक ल्याब, आवश्यक उपकरण अभाव रहेको भन्दै सबैका लागि स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सभाअध्यक्ष मार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसदहरूले अहिले पनि सहरी र ग्रामीण स्वास्थ्य सेवामा ठूलो खाडल रहेकाले सहरदेखि ग्रामीण क्षेत्रमा चिकित्सक, नर्स, प्राविधिक ल्याब, उपकरण, […]

खेलकुद बागमती मुख्‍य समाचार

पुरुष राष्ट्रिय क्रिकेट टोलीका लागि जर्सी प्रयोजन प्रस्ताव आह्वान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सी प्रायोजनका लागि प्रस्ताव पेश गर्न आह्वान गरेको छ । क्यानले बुधवार सावर्जनिक सुचना जारी गर्दै न्यूनतम वार्षिक २ करोड रुपैयाँको तीन वर्षे अबधिको प्रायोजन प्रस्ताव आह्वान गरेको हो । प्रस्तावको रकम भने आपसी समझदारीमा भने बढाउन सकिने क्यानले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । सरकारबाट मान्यता प्राप्त विभिन्न कम्पनी तथा ब्राण्डहरुले यसका लागि आवेदन दिन सक्नेछन् । प्रस्ताव पेश गर्न इच्छुक कम्पनीहरुले साउन १९ गते बिहान ११ बजेसम्म काठमाडौंको मुलपानीस्थित क्यानको कार्यालयमा आवेदन दिन सक्नेछन् । प्रायोजक कम्पनीको ब्रान्ड लोगो पुरुष राष्ट्रिय क्रिकेट टोलीको जर्सीको अगाडिको भागमा राखिनेछ ।  

बागमती मुख्‍य समाचार समाचार

इन्ड्राइभले ग¥यो प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर

काठमाडौं । इन्ड्राइभले प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । बुधबार काठमाडौंमा कार्यक्रम सन्चालन गर्दै  इन्ड्राइभले राइडरहरुले यात्रुहरु प्रति दिएको सेवा सुविधाका साथै एप्सलाई दिएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए प्राइज ह्याण्डओभर गरेको छ । प्राइज ह्याण्डओभरमा ग्राण्ड प्राइज विजेता मध्ये एकजना कार राइडरलाई कार र बाइक राइडरलाई बाइक उपहार दिएर सम्मान गरिएको इन्ड्राइभ नेपालकि चालक सञ्चालक विशेषज्ञ सुनिता जेमि राईले बताएकि छन् ।  राइडरले ३० जुन देखि १३ जुलाईसम्म सबैभन्दा धेरै राइड गर्नेलाई छानेर प्राइज दिएको उनले बताइन् । उनले कार विजेता र बाइक विजेताको ट्याक्स भने कम्पनिले नै बेर्होने बताएकि छन्  । साथै उनले राइडरले प्याटिनुम स्टाटस मेन्टेन गरे वापत  ५ जना राइडरलाई स्र्माट फोन, १० जना राइडरलाई एयरवर्ड, र १० जना राइडरलाई स्मार्ट घडि प्रदान गरेको पनि बताइन् । ‘राइडरहरुले यात्रुहरु प्रतिगरेको सेवा र उहाँहरुलाई दिनुभएका सुविधाका साथै एप्सलाई दिनुभएको योगदानलाइ सम्मान दिनको लागि प्याटिनम ड्राइभर गिभवोए  गरेका थियौँ । ड्राइभर गिभवोए  चाँहि हाम्रो ३० जुन देखि १३ जुलाईसम्म भएको थियो । जहाँ हामीले ३ हप्ताको लागि गरेका थियौँ । हरेक हप्ता हामीले ५ जनालाई स्र्माट फोन, १० जनालाई एयरवर्ड, र १० जनालाई स्मार्ट वाच प्रदान गरेका थियाँै ।  त्यो प्राप्तगर्न उनिहरुले प्याटिनुम स्टाटस मेन्टेन गर्नु पर्ने थियो,’ उनले भनिन् । ‘त्यस्को लागि उनिहरुलाई सिमित राइड दिएको हुन्छ त्यो कम्पिट राइड भएपछि उहाँहरुले जित्नुहुने छ । ग्राण्ड प्राइज कार ड्राइभरको लागि टाटा एक्सपे्रस टिभि, दुइ पांग्रे सवारीको लागि टिभिएस वाइक प्राइज राखेका थियौँ । ग्राण्ड प्रइज विजेता हुनको लागि राइडरले त्यो समयभित्र जति धेरै राइड त्यति धेरै जित्ने मौका अन्तर्गत प्रइज जितेका थिए । कार विजेता र बाइक विजेताको ट्याक्स कम्पनिले नै तिरिदिने छ ।’  

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : नेता डा कोइराला

मोरङ, १४ साउन : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार विसं २०८४ सम्म निरन्तर रहने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरु सँग कुरा गर्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति जनतालाई अनुभूति गर्नेगरी काम गर्नुपर्ने सुझाव दिए । कांग्रेस केन्द्रीय सदस्य डा कोइरालाले राजनीति गर्ने व्यक्तिले विभिन्न दलका नेताहरुसँग भेटघाट गर्नु […]

मधेश मुख्‍य समाचार समाज

सिरहामा ८० वर्षीय वृद्धको हत्या

सिरहा, १४ साउनः जिल्लाको धनगढीमाई नगरपालिका ११ आमचोकमा ८० वर्षीय फनिलाल यादवको आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ । मङ्गलबार राति यादवमाथि अज्ञात समूहले टाउकोमा धारिलो हतियारले आक्रमण गरेका मृतकका छोरा कपिलदेव यादवले जानकारी दिए । घरमा सुतिरहेकै बेला बुबामाथि आक्रमणमा भएको हुनसक्छ । बिहान अबेरसम्म नउठेपछि खोजी गर्ने क्रममा […]

बागमती मुख्‍य समाचार राजनीति

कांग्रेसद्वारा पृथ्वीमान गुरुङलाई उच्च सम्मान

चितवन, १४ साउनः विद्यार्र्थीकालदेखि राजनीतिमा सक्रिय रहनुभएका पृथ्वीमान गुरुङले जब विद्यार्थी कोइरालालाई भेट्नु भयो, त्यसपछि उहाँको राजनीति नेपाली कांग्रेसमा सक्रिय रुपमा अघि बढ्यो । विसं २०३१ मा विद्यार्थी कोइराला पश्चिमाञ्चल क्षेत्रको भ्रमणमा रहँदा भेट्नुभएका गुरुङले कोइरालाकै परामर्शमा चितवन झरेर सक्रिय राजनीतिमा लागेको जनाइएको छ । विसं २००६ मा कास्कीमा जन्मिनुभएका गुरुङले एमएसीसम्मको अध्ययन गर्नुभएको थियो […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार

तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं । तिब्बतमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसिएस) ले जनाएको छ । एनसिएसले जारी गरेको विज्ञप्ति अनुसार, बुधबार बिहान दुई पटक त्यहाँ भुक्म्पको धक्का महशुस गरिएको छ । भूकम्प १० किलोमिटरको गहिराइमा आएको थियो । यस्तो खालको भुकम्प खतरनाक मानिने हुँदा बढी क्षति गर्न सक्ने खालको हुन्छ । तिब्बती पठार टेक्टोनिक […]

गण्डकी पर्यटन मुख्‍य समाचार विशेष समाचार

पोखरा साहसिक पर्यटनको हबः परराष्ट्रमन्त्री देउवा

गण्डकी, १४ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले पोखरा साहसिक पर्यटनको हबका रूपमा विकसित भएको बताएका छन् । पोखराको लेकसाइटमा अंशुभरा ग्रुपले सञ्चालनमा ल्याएको बगैँचा रिसोर्ट स्पाको आज शुभारम्भ कार्यक्रममा उनले पोखरा आफैँमा प्राकृतिक रूपमा सुन्दर सहरका रूपमा स्थापित भइसकेको उल्लेख गरे । आफू बाल्यकालमा पोखरामा आएको स्मरण गर्दै मन्त्री देउवाले त्यसबेलामा यहाँको सुन्दरताले लोभ्याएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल

चितवन, १४ साउनः उद्यमी, व्यवसायी तथा इमानदारीपूर्वक काम गर्नेका लागि नेपाल नेपाल उर्वरभूमि रहेको दृष्टान्त अनेकौँ भेटिन्छन् । देशका सिर्जनशील एवं महत्वाकांक्षी युवाहरू पछिल्ला दिनमा जागिर खाने वा विदेशमा रमाउनेभन्दा स्वदेशमै विभिन्न पेसा व्यवसाय तथा उद्यमतर्फ आकर्षित भएको देखिन्छ । हुँदाखाँदाको शिक्षक पेसासहित सरकारी जागिर छोडी तथा विदेशबाट फर्की आधुनिक तरिकाले साग सब्जीखेती गर्ने वा […]