२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

कांग्रेस बागमती प्रदेश संसदीय दलको नयाँ नेता चयनका लागि आज मतदान हुँदै

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलमा नेतृत्व परिवर्तनको लागि आज मतदान हुने भएको छ । मुख्यमन्त्री बहादुरसिंह लामाविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि रिक्त भएको दलको नेताको पदका लागि कांग्रेसले मतदानको प्रक्रिया अघि बढाएको हो। कांग्रेस प्रदेश कार्यसम्पादन समितिले आज बिहान ८ बजे मतदाता नामावली सार्वजनिक गर्दै दिउँसो २ बजेबाट मतदान प्रक्रिया सञ्चालन गर्ने […]

बागमती मुख्‍य समाचार समाचार

आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदको राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बुधबार राष्ट्रिय सभा अन्तरगत रहेको विधायन व्यवस्थापन समितिको बैठक बस्न लागिएको हो । बैठक बिहान १०ः३० बजे सिंहदरवारको समितिको बैठक कक्ष बस्दैछ । आजको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

मानव बेचविखन र नेपालीलाई फसाउने नयाँ ट्रेन सुरु भएको छ : नवीन जोशी

पछिल्लो समय चेन मार्केटिङ हिसाबले नेपालीहरुलाई फसाउने काम भइरहेको छ । उनीहरुलाई भारत बोलाउने अनि सुरुमा मोटिभेट गरेजस्तो गर्ने त्यसपछि बन्धक सरह बनाउने काम भइरहेको छ । साथै शारीरिक र मानसिक रुपमा टचर दिने, त्यसपछि पैसा असुल गर्ने र उनीहरुमार्फत नै आफ्नो आफन्तहरु बोलाउन लगाउने गरिएको छ । नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदै

काठमाडौं । आज अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस विश्वभर मनाइदैछ । ‘मानव बेचबिखन संगठित अपराध हो – शोषण अन्त्य गर’ भन्ने नाराका साथ यसबर्ष अन्तराष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरेर मनाइदै छ । सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभाले विश्वव्यापी कार्य योजनाको मूल्याङ्कन गर्न उच्च स्तरीय बैठकबाट जुलाई ३० […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार

रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी

काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ । एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे अनुसार, भूकम्प ५२.५६ उत्तर अक्षांश र १६०.१० पूर्वि देशान्तरमा […]

मुख्‍य समाचार राजनीति सुदूरपश्चिम

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युतको उद्घाटन

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाइ आयोजनाको सिचाईँतर्फको थप सिँचाइ, जलविद्युत र प्रसारण लाइनको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओलीले थप १४ हजार ३०० हेक्टरमा सिँचाई सुविधाको सिँचाइ आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन् । कैलालीको जानकी गाउँपालिका वडा नं ९ कटासेस्थित सिँचाइ […]

राजनीति

सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्न पाइँदैन  : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै दोष सरकार र नेताहरुको टाउकोमा थुपार्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । मंगलबार सानेपामा आयोजित देशको वित्तीय तथा मौद्रिक स्थिति विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यापरी र उद्योगपतिले आफूले केही नगर्ने अनि दोष जति सरकारलाई दिने गरेको भन्दै आक्रोसित भए । उनले भने,‘व्यापार गर्ने व्यापारीले हो […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

काठमाडौँ, १३ साउनः कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उहाँले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना […]

गण्डकी मुख्‍य समाचार समाज

विरोधको अनौठो शैली : आँखामा कालोपट्टी बाँधेर नगर परिक्रमा

जनकपुर । जनकपुरधाममा दिनहुँजसो विरोध, प्रदर्शन, ज्ञापन पत्र बुझाउने, धर्ना, आन्दोलन हुनु कुनै नयाँ कुरा होइन । तर मंगलबार (आज) ज्ञापन पत्र बुझाउने एउटा अनौठो शैली देखिएको छ । विगत लामो समयदेखि चुरे तथा वनजंगल संरक्षणसहितका मागहरु लिएर आवाज उठाउँदै आएका चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले आँखामा कालो पट्टी बाँधेर नगर परिक्रमा […]

मधेश मुख्‍य समाचार समाज

मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि गृहकार्य सुरु गर्न वितरण केन्द्र प्रमुखहरुलाई शाक्यको निर्देशन

जनकपुर । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मधेश प्रदेशमा डिप बोरिङ जडानका लागि आवश्यक गृहकार्य सुरु गर्न प्रदेशभरिका वितरण केन्द्रहरुलाई निर्देशन दिएका छन् । मंगलबार जनकपुरधामस्थित प्रादेशिक वितरण केन्द्रमा विभिन्न जिल्लाका वितरण केन्द्र प्रमुखहरुसंग छलफल गर्दै निर्देशक शाक्यले किसानहरुको समस्यालाई मध्येनजर गर्दै सात दिन भित्र डिप बोरिङ जडानका लागि आवश्यक पर्ने गृहकार्यहरु गरिसक्न […]

बागमती मुख्‍य समाचार समाज

श्रावण शुक्ल पञ्चमीः घरघरमा नाग टाँसियो

काठमाडौँ, १३ साउनः घरघरमा नाग टाँसेर आज नागपञ्चमी पर्व मनाइएकोे छ । नागपञ्चमीमा घरको मूल ढोकामाथि नागको तस्बिर टाँसेमा नाग, सर्प, बिच्छीजस्ता जीवबाट वर्षभरि दुःख नपाइने धार्मिक विश्वास छ । आज काठमाडौँको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशका नागदह, नागकुण्ड र नागस्थानहरुमा नागको पूजाआराधना गरी मेला लागेको थियो । पशुपतिनाथ मन्दिर परिसरमा रहेको वासुकी […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

दलको नेता गुमाएपछि लामाले भने : अविश्वास प्रस्तावको प्रक्रियामाथि स्पष्ट मूल्यांकन जरुरी छ

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री बहादुरसिंह लामाले आफूमाथि ल्याइएको अविश्वास प्रस्तावबारे लोकतान्त्रिक प्रक्रिया पूरा भयो कि भएन भन्ने विषयमा अझै स्पष्ट मूल्यांकन आवश्यक रहेको बताएका छन्। मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो। मतदानपश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै लामाले […]