२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधानमन्त्रीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

काठमाडौँ, १४ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (एलडिसी ग्रयाजुएसन) का बारेमा सम्बोधन गर्ने भएका छन् । आज अपराह्न हुने बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले प्रस्तुत गर्ने ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्रयाजुएसन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ […]

गण्डकी मुख्‍य समाचार समाज

गण्डकीमा ७९ हजार बढी हेक्टरमा रोपाइँ

गण्डकी, १४ साउनः हालसम्म गण्डकी प्रदेशमा ७९ हजार ८३८ हेक्टर क्षेत्रफलमा रोपाइँ भएको छ । जुन यस वर्ष रोपाइँ हुने क्षेत्रफलको झण्डै ८५ प्रतिशत हो । प्रदेश कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९४ हजार १८२ हेक्टरमा रोपाइँ हुने अनुमान छ । पछिल्लो आकडाअनुसार सबैभन्दा धेरै बागलुङमा ९५ प्रतिशत, लमजुङमा ९३ दशमलव १८ प्रतिशत, कास्कीमा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन जघन्य र गम्भीर मानव अधिकार उल्लंघन हो

नेपालमा मानव अधिकारको पछिल्लो अवस्थालाई हेर्दा सरकारी र गैरसरकारी निकायबाटै कमजोर बनाइएको हो कि जस्तो लाग्छ । विगत १०/ १५ बर्ष अगाडिको तुलनामा कमजोर भएको जस्तो देखिन्छ । अधिकार रक्षाका लागि मानव अधिकार आयोगले एक्लैले  काम गरेर सम्पूर्ण मानव अधिकारको संरक्षण हुन सक्दैन । राज्यका सबै सम्बन्धित निकायहरु लाग्नुपर्छ । मानव अधिकारका पनि विभिन्न बिषयहरु छन् […]

बागमती मुख्‍य समाचार राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं । आज नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने भएको छ । दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा आगामी शनिबारदेखि सुरू हुने स्थायी कमिटी बैठकको एजेण्डाबारे छलफल गरिने अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । स्थायी कमिटीको बैठकको तयारीका लागि आज पदाधिकारी बैठक लागेको हो । माओवादी केन्द्रले गत फागुनमा […]

गण्डकी मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

गलेश्वर म्याग्दी, १४ साउनः म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलबारदेखि नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच मङ्गलबार देखि सुरु भएको छ । पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । […]

गण्डकी मुख्‍य समाचार समाज

बसेपनि सहरः गाउँकै खाने रहर’

दमौली तनहुँ, १३ साउनः यहाँको म्याग्दे गाउँपालिकाले अग्र्यानिक उत्पादन र उपभोगमा जोड दिन ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीति ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ मा लागू गर्ने नीति तथा कार्यक्रममा ‘बसेपनि सहर गाउँकै खाने रहर’ को नीतिअन्तर्गत अग्र्यानिक उत्पादन र उपभोगलाई जोड दिँदै कोदोको सेल, कोदोको मःमः, कोदोको बिस्कुट उत्पादन तथा बिक्री […]

बागमती मुख्‍य समाचार समाचार समाज

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

काठमाडौँ, १४ साउनः गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गत वैशाखदेखि हालसम्म विपदजन्य दुई हजार ४५६ घटना […]

बागमती मुख्‍य समाचार विचार समाचार

तीज गीतमार्फत सामाजिक चेतना जगाउँदै हरिदेवी कोइराला

महिला हामी एक भई उठौँ जागे गायिका हरिदेवी कोइरालाको लय, शब्द र स्वरमा सजिएको यो तीज गीत मार्फत महिलालाई हक र अधिकार प्राप्तिका लागि अघि बढ्न आह्वान गरिएको छ । तीज महिलाको पर्व भएकाले तीजका गीतमा महिलाका कथा नै हुनुपर्छ भन्छिन् उनी । उनका तीज गीतमा पनि महिलाका दुःख, पीडा, बेदना, सङ्घर्षका कथाका साथै हक […]

गण्डकी मुख्‍य समाचार स्वास्थ्य

ज्येष्ठ नागरिकलाई सहुलियतमा उपचार

गलेश्वर म्याग्दी, १४ साउनः बेनी अस्पतालले ज्येष्ठ नागरिकका लागि सहुलियतमा उपचार सेवा प्रारम्भ गरेको छ । ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने सरकारको नीतिअनुसार सहुलियत उपचार सेवा थालिएको हो । पचास शय्या क्षमताको यो अस्पतालमा ६० देखि ६९ वर्षसम्मका ज्येष्ठ नागरिकले अस्पतालद्वारा निर्धारित उपचार सेवामा ५० प्रतिशत छुट पाउनेछन् । सत्तरीदेखि ७९ वर्ष […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

रसुवागढी नाका दसैँअघि नै सञ्चालन हुने

त्रिशूली नुवाकोट, १४ साउनः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले रसुवागढी नाका दसैँअघि नै सञ्चालन गर्नेगरी ल्हेन्देखोलामा बेलीब्रिज जडान सुरु भएको बताएका छन् । त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसीँ–रसुवागढी सडक योजना’को अवलोकनपछि मङ्गलबार नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन् । गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति–महिला उत्थान कार्यक्रमबाट आमा र शिशुको ज्यान जोगियो

काभ्रेपलाञ्चोक, १४ साउनः डाँडापारिस्थित महाभारत गाउँपालिका–१ गोकुलेकी एक गर्भवतीको मङ्गलबार हेलिकप्टरबाट उद्धार गरिएको छ । साथै जोखिममा परेको आमा र शिशुको जीवन जोगिएको छ । सोमबार साँझदेखि सुत्केरी बेथा लागेर स्थानीय स्वास्थ्यचौकीमा भर्ना भएकी २१ वर्षीया रेनुका लुङ्गेलीलाई उद्धार गरिएको हो । गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाका अनुसार गोकुले स्वास्थ्यचौकीमा छटपटाई रहेएकी उनलाई राष्ट्रपति महिला उद्धार […]

कोशी मुख्‍य समाचार समाज

आठ करोड ३२ लाखमा बन्यो भवन

भोजपुर, १४ साउनः षडानन्द नगरपालिकाको दिङ्लामा रु आठ करोड ३२ लाख लागतमा ३० कोठे इलाका प्रशासन कार्यालय भवन निर्माण भएको छ । इलाका प्रशासन कार्यालयका प्रमुख विनोद अधिकारीले २८ वर्षपछि पालिकाको आफ्नै तीनतले भवन बनेको र मङ्गलबारदेखि नयाँ भवनबाट सेवा प्रवाहले सुरु भएको जानकारी दिए । यसअघि भाडाको भवनबाट सेवा प्रवाह हुँदै आएको थियो ।