२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाज

सिन्धुलीको जाँते खोलाको गुफाभित्र महादेव मन्दिर, प्रचारको अभावमा ओझेलमा

रामेछाप । सिन्धुलीको तिनपाटन गाउँपालिका–५ स्थित जाँते खोलाको माथिल्लो भेगमा रहेको प्राकृतिक गुफाभित्रको महादेव मन्दिर प्रचार–प्रसारको अभावमा ओझेलमा परेको छ । स्थानीय गोठालाहरूले २०४० सालतिर गाईहरू एकै ठाउँमा बस्न चाहनुको कारण खोज्दा फेला पारेको यो गुफा धार्मिक तथा पर्यटकीय दृष्टिले अत्यन्त सम्भावनायुक्त स्थानका रूपमा चिनिन्छ । स्थानीय भरत राउतका अनुसार – गुफाभित्र गोठालाहरूले शिवलिंग, गणेशको […]

बागमती मुख्‍य समाचार समाचार

मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नु जरुरी छ’

काठमाडौँ, १४ साउनः नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकमा तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने जरुरी रहेको बताएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ जिफण्ट को १२औँ प्रतिनिधि परिषद् बैठकलाई आज यहाँ सम्बोधन गर्दै उहाँले आर्थिक र सामाजिक देखिएका समस्यालाई योजनाबद्ध ढङ्गले समाधान गर्नका लागि तीव्र आर्थिक विकास नीति अवलम्बन गर्नुपर्ने धारणा राखे […]

अर्थ बागमती मुख्‍य समाचार

आन्तरिक ऋण शतप्रतिशत उठ्दा बाह्य ऋण ५७ प्रतिशतमा खुम्चियो

काठमाडौँ, १४ साउनः गत आर्थिक वर्ष २०८१र ८२ मा सरकारले आन्तरिक ऋण शतप्रतिशत उठाउँदा बाह्य ऋण भने ५७ प्रतिशत हाराहारी मात्रै उठाउन सकेको देखिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत असार मसान्त सम्मको सरकारी ऋणको प्रतिवेदन अनुसार गत आवमा आन्तरिक ऋणका लागि राखिएको रु तीन खर्ब ३० अर्बको लक्ष्य शतप्रतिशत पूरा भएको छ । […]

गण्डकी पर्यटन मुख्‍य समाचार समाज

बर्खामा पनि ढोरपाटनमा पर्यटक भरिभराउ

गलकोट बागलुङ, १४ साउनः बागलुङको पर्यटकीय गन्तव्य ढोरपाटनमा पर्यटक बढेपछि गोठालाको आय आर्जनमा वृद्धि भएको छ । ढोरपाटन पुगेका केही पर्यटक पदमार्गमार्फत बुकीपाटन पुग्ने गरेका छन् । बुकी पुग्ने पर्यटकका लागि खान बस्नमा सघाउँदै आएका गोठालको आम्दानी बढ्दै आएको छ । पदमार्ग आसपास र बुकीपानमा चिया नास्ताका लागि स्थानीय उत्पादन खपत हुने गरेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्याफ्रुबेँसी रसुवागढी सडक पुनः बन्द

रसुवा, १४ साउनः नेपाल चीनको सिमानामा अवस्थित ल्हेन्दे खोलामा गए राति पुनः आएको बाढीले स्याफ्रुबेँसी रसुवागढी सडकमा क्षति पु¥याएको छ । बन्द सडक खुलाउन काम सुरु भैसकेको जनाइएको छ । ल्हेन्दे खोलामा आज विहान आएको बाढीले गत असार २४ गतेको बाढीबाट जोगिएको टिमुरे सुक्खा बन्दरगाहको माटो बगाएको र नदी कटानले सडकमार्ग क्षति भएका कारण साना […]

बागमती मुख्‍य समाचार राजनीति

छुवाछुतको भावना राख्ने मानिस अझै हाम्रो समाजमा छन् : मन्त्री पन्त

काठमाडौं । प्रतिनिधिसभाको विधायन व्यवस्थापन समितिको बुधबार बसेको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल भएको छ । छलफलका क्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले समाज रूपान्तरणको सन्दर्भमा कानुन निर्माणको आवश्यकता बारे धारणा राखेका छन् । उनले समाजमा अझै पनि छुवाछुतजस्ता प्रवृत्ति विद्यमान रहेको उल्लेख गर्दै त्यसका […]

बागमती मुख्‍य समाचार समाचार

१ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो […]

कोशी मुख्‍य समाचार विशेष समाचार

कोशीमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु

झापा, १४ साउनः कोशी प्रदेशमा दुई दशकमा हात्तीको आक्रमणबाट ९७ जनाको मृत्यु भएको छ भने ४१ वटा हात्ती मरेका प्रदेश वन निर्देशनालय धरानले जनाएको छ । निर्देशनालयका प्रमुख डा इन्द्रप्रसाद सापकोटाका अनुसार आर्थिक वर्ष २०६२/६३ देखि चालु आर्थिक वर्षको हालसम्ममा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा हात्ती आक्रमणबाट उक्त मानवीय क्षति भएको हो । सोही […]

बागमती मुख्‍य समाचार समाचार

घट्यो भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या

चितवन, १४ साउनः भरतपुर अस्पतालमा सेवा लिनेको सङ्ख्या क्रमशः घट्दो क्रममा रहेको छ । काठमाडौँको परोपकार प्रसूतिगृहपछि सबैभन्दा बढी प्रसूति सेवा दिने सो अस्पतालमा कुनै बेला वार्षिक १६ हजार हाराहारीले सेवा लिएका थिए । अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ एवं विभागीय प्रमुख प्रा डा सुनिलमणि पोखरेल अस्पतालमा गत आव २०८१÷८२ मा आठ हजार ३१८ गर्भवतीले […]

मुख्‍य समाचार लुम्बिनी समाज

राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण

नेपालगञ्ज, १४ साउनः बाँकेको राप्तीसोनारी गाउँपालिका(७ खल्ला झगडियाका स्थानीय राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । जिल्लामा राप्ती नदीको बाढीबाट बस्ती जोगाउन ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधिबाट आपत्कालीन तटबन्ध निर्माण गरिएको हो । पछि उनीहरुमा खुसीको सीमा नै रहेको छैन । “तटबन्ध निर्माण भएसँगै बाढीको जोखिम बढेको छ, अब ढुक्कसँग बस्न पाउनेमा विश्वास लागेको […]

बागमती मुख्‍य समाचार समाचार

हेटौँडाको न्यायिक समितिः एक वर्षमा १४३ उजुरी फछ्र्योट

बागमती, १४ साउनः हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको […]

बागमती मुख्‍य समाचार

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक युरोपेली देशबाट २५ हजार ४५९ पर्यटकको आएका छन् । विदेशी पर्यटकबाट चाँगुनारायणले रु एक करोड […]