२० आश्विन २०८३, मंगलवार
मुख्‍य समाचार समाचार

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई थुनामा पठाउने आदेश

काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराजलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ । उनीविरुद्ध एक महिलाले बलात्कार आरोपमा मुद्दा दर्ता गरेकी थिइन् । ४ साउनमा पक्राउ परेका झालाई ९ […]

बागमती मुख्‍य समाचार

आत्मनिर्भरतर्फ अग्रसर भई विकासशील राष्ट्रमा स्तरोन्नति गराउने तयारीः प्रधानमन्त्री

काठमाडौँ, १४ साउन ः प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रको स्तरोन्नतिको तयारीमा नेपाल जुटेसँगै मुलुकको अन्तरराष्ट्रिय छवि उँचो भई नेपाल आत्मनिर्भर हुने दिशातर्फ अघि बढेको बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति एलडिसी ग्र्याजुुएसन सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले […]

बागमती मुख्‍य समाचार

नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड

काठमाडौँ, १४ साउनः उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गुणस्तर प्रमाणीकरणका लागि नेपालमा अन्तरराष्ट्रियस्तरको प्रयोगशाला स्थापना गर्नुपर्नेमा जोड दिएका छन् । आज मन्त्रालयमा आयोजित खानी तथा भूगर्भ विभाग र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक तथा महाशाखा प्रमुखहरूसँगको बैठकमा उनले नेपालमा अन्तरराष्ट्रिय स्तरको गुणस्तर प्रमाणीकरण सम्बन्धी प्रयोगशाला स्थापनाको आवश्यकता औँल्याए । मन्त्री भण्डारीले भने, “खानी […]

बागमती मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा बैठक : चलचित्र विधेयक स्वीकृत

काठमाडौँ, १४ साउन ः राष्ट्रियसभाको आजको बैठकले ‘चलचित्र विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेको छ । सो प्रस्तावलाई उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैठकमा प्रस्तुत गरेका थिए । यसअघि बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ का सम्बन्धमा […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक भैरहवामा सुरु

भैरहवा रुपन्देही, १४ साउनः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा को संसदीय दलको बैठक भैरहवामा सुरु भएको छ । भैरहवाको रमादा होटलमा अहिले जारी बैठकमा पार्टीका कार्यवाहक अध्यक्ष डिपी अर्याल, पार्टीका प्रमुख सचेतक सन्तोष परियारलगायत नेताहरू सहभागी छन् । संसद्को चालु अधिवेशनको समीक्षा, ‘कुलिङ अफ पिरियड’, संवैधानिक निकायको कामकारबाही लगायत विषयमा छलफल गर्न भैरहवामा बैठक बसेको पार्टीका […]

मधेश मुख्‍य समाचार समाज

सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा

रौतहट । रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो । डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो […]

बागमती मुख्‍य समाचार समाचार

काठमाडौँ महानगरपालिकाद्वारा सूची सार्वजनिक

काठमाडौँ, १४ साउन ः काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८२÷८३ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञानमा ४१४ जना, व्यवस्थापनमा १०६ जना, मानविकी एक जना, शिक्षा सङ्कायमा तीन जना र कानुनमा ३० जना गरी जम्मा ५५४ जना विद्यार्र्थी छनोट भएको कामपाले जानकारी दिएको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट

काठमाडौँ, १४ साउनः नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचकमा उच्च अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ४७ दशमलव ९३ अङ्कले घटेर दुई हजार ९५४ दशमलव १४ को विन्दुमा कायम भएको हो । यो एक दशमलव ५९ प्रतिशतको गिरावट हो । आज ३२७ कम्पनीको तीन करोड ६४ लाख १७ हजार ७४२ कित्ता शेयर एक लाख […]

मधेश मुख्‍य समाचार समाज

आकाश ताक्दै किसानः महोत्तरीमा ३५ प्रतिशतमात्र रोपाइँ

महोत्तरी, १४ साउनः आज साउन दोस्रो साता लागिसकेको छ । लामो खडेरीले आतिएका यहाँका किसानले अझै आकाश ताक्न छाडेका छैनन् । आकासे पानीको भरमा रहेका किसान साउन दोस्रो सम्म वर्षा भएर रोपाइँ गर्न पाइन्छ कि भन्ने आशामा आकाश ताक्दै बसेका छन् । रोपाइँको समय घर्कंदै जाँदा पनि यहाँका किसान वर्षा भइहाले अलिअलि भए पनि रोपाइँ […]

मुख्‍य समाचार राजनीति

लागूऔषध नियन्त्रणमा गृहमन्त्री लेखकको सक्रियता : लागूऔषध बरामद हालसम्मकै उच्च, ८ हजार जना पक्राउ

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले गृह मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै नयाँ चार चुनौती औल्याएका छन्  । जसमा पहिलो थियो, लागूऔषधको अवैध कारोबार र ओसार पसार, लागूऔषधसंगै सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता चुनौती थपिएको निश्कर्षसहित त्यसको नियन्त्रणमा सक्रियता बढाएका गृहमन्त्री लेखकको पहिलो बर्षको कार्यकालमा लागूऔषध विरुद्ध मुलुकभर नियन्त्रणका लागि महाअभियान नै सञ्चालन गरे । काठमाण्डौं उपत्यकामा लागूऔषध विरुद्धको प्रहरी मार्फत महाअभियान नै सञ्चालनमा छ, भने गृहमन्त्री लेखकले लागूऔषध नियन्त्रणका लागि मातहतका प्रहरी मात्रै होइन आम नागरिक, स्वयम् अभिभावकले लागूऔषध विरुद्धको महाअभियान साथ दिनुपर्नेमा जोड दिए । मुलुकभर विभिन्न कार्यक्रम मार्फत लागूऔषध सम्वन्धी सचेतनासंगै कारबाहीलाई पनि दु्रत गतिमा अघि बढाएका मन्त्री लेखकले गति दिए अनुसारको सफलता प्राप्त हुदै गएको छ । मन्त्री लेखकले नेतृत्व सम्हाले यता बितेको एक बर्षमा नेपाल प्रहरीले मात्रै लागूऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेश अभियुक्त पक्राउ गरेको छ । जुन पक्राउ संख्या अघिल्लो आर्थिक बर्ष भन्दा १ हजार २ सय १ बढी हो । अघिल्लो आर्थिक बर्ष २०८०/०८१ मा ६ हजार ७ सय ४२ जना पक्राउ परेका थिए । गत आर्थिक बर्ष २०८१/०८२ मा पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४ सय २१ महिला, ३०७ […]

बागमती मुख्‍य समाचार समाचार

चेम्बरद्वारा हीरक जयन्तीका अवसरमा वृहत स्वास्थ्य शिविर सम्पन्न  

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा काठमाडौंको मनमैजुमा स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको स्तन जाँच तथा पाठेघरको मुखको क्यानसर परिक्षण अन्र्तगत १ सय भन्दा बढी महिलाहरुले स्वास्थ्य परिक्षण गराएका थिए । मुलुकको समग्र चेम्बर अभियानको ७५ औं ऐतिहासिक बर्षगाँठको  अवसरमा नेपाल चेम्बर अफ कमर्सले यो वर्ष विभिन्न कार्यक्रम आयोजना गर्दै […]

कोशी मुख्‍य समाचार

प्रचारप्रसारको अभावले ओझेलमा सुनपोखरी

फुङ्लिङ ताप्लेजुङ, १४ साउनः जिल्लाको मिक्वाखोला गाउँपालिका ५ लोदेन क्षेत्रमा रहेको सुनपोखरी प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट चार हजार ५०० मिटर उचाइमा अवस्थित सुनपोखरी प्राकृतिक सुन्दरताले भरिपूर्ण भए पनि प्रचारप्रसारको अभावले प्रवर्द्धन हुन नसकेको हो । प्रकृतिबिना मानव जीवनको कल्पना गर्न सकिँदैन । प्रकृतिले हामीलाई अँगालो हालेर बाँचेको अनुभूति दिन्छ । यही […]