१ भाद्र २०८३, सोमबार
बागमती मुख्‍य समाचार विशेष समाचार

विश्वकप प्रसारण निःशुल्क गर्न सांसद हमालको माग

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद प्रमेश हमालले विश्वकप प्रतियोगिताको प्रसारण आम नागरिकको पहुँचमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद हमालले विश्वकप हेर्नका लागि दर्शकले ९९९ रुपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था सबै नागरिकको पहुँचमा नरहेको बताए।

उनले विश्वकपप्रति आम जनताको उच्च चासो रहेको उल्लेख गर्दै शुल्कका कारण धेरै नागरिक प्रत्यक्ष प्रसारण हेर्नबाट वञ्चित हुनुपरेको बताए।

सांसद हमालले सभामुखमार्फत नेपाल सरकारसँग नेपाल टेलिभिजनबाट विश्वकपका खेलहरू निःशुल्क प्रसारण गर्ने व्यवस्था मिलाउन माग गरे।

‘विश्वकपमा अहिले सबैको चासो छ । मेरो पनि चासो छ ,तर हेर्न ९९९ सय तिर्नुपर्छ जुन सबैको पहुँचमा छैन्,’ उनले भने,‘अब त पुग्यो होला नि । कमसेकम आम्दानी उठिसक्यो होला। त्यसैले सभामुखमार्फत माग गर्छु । नेपाल सरकारले आफ्नो टेलिभिजनमार्फत यसलाई निशुल्क उपलब्ध गराउन तथा सेवा प्रदायकहरुलाई पनि यो कुरा सुनिदिनको लागि आग्रह गर्दछु ।’

थप समाचारहरु

मुख्‍य समाचार समाज

उदयपुरको सिवाई-बेल्हा जोड्‍ने भाँचिएको पुल बनाउन माग

  १४ साउन, काठमाडौं। उदयपुरका जनप्रतिनिधिसहितको टोलीले त्रियुगा पुल निर्माण सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासँग माग
मुख्‍य समाचार राजनीति

कोरियासहितका मुलुकमा मौसमी कामदारका रुपमा श्रम स्वीकृति दिइँदैन : मन्त्रालय

१५ साउन, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मौसमी कामदारका रुपमा कोरियासहितका मुलुकमा श्रम स्वीकृति नदिइने स्पष्ट पारेको