१९ आश्विन २०८३, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

नारेश्वर तालको बाँध र सिँचाइ ट्याङ्की निर्माण अन्तिम चरणमा

दमौली तनहुँ, २३ साउनः जिल्लाका व्यास नगरपालिका–१० दुम्सीचौरमा निर्माण गर्न लागिएको नारेश्वरतालको बाँध र सिँचाइ ट्याङ्की अन्तिम चरणमा पुगेको छ । पर्यटन प्रवर्द्धनका लागि नगरपालिकाले गौरवको आयोजनाका रूपमा राखेको नारेश्वर तालमा माटो फाली पानी भर्ने तयारी गरिएको हो । सिँचाइ डिभिजन कार्यालयमार्फत विगत लामो समयदेखि रोकिएको बाँध निर्माण यसवर्ष पूर्णता पाएसँगै तालमा माटो फाली पानी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जलस्रोत विधेयक पारित

काठमाडौँ, २३ साउनः राष्ट्रियसभाको आजको बैठकले जलस्रोत विधेयक, २०८१’लाई सव सम्मतिले पारित गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पेश गर्नुभएको थियो । त्यसअघि विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ माथि बैठकमा छलफल गरिएको थियो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मानव बेचबिखन तथा ओसारपसारलाई विधेयकमा समेट्न माग

काठमाडौँ, २३ साउनः प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा माइती नेपालले देशभित्र हुने आन्तरिक बेचबिखन तथा ओसारपसार एवं यौनजन्य हिंसा, बढ्दो यौनशोषण, यौन व्यवसाय मख्यतः नाबालक बालबालिकाको हकमा समेटिनुपर्ने माग गरेको हो । अधिवक्ता उमा तामाङले बेचबिखन तथा ओसारपसारकी कानुनी कारबाही अगाडि बढाउने काममा अनिवार्य रुपमा समाबेस गरिनुपर्नेमा जोड दिए । उनले भने, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

दोधारा चाँदनी कञ्चनपुर, २३ साउनः महाकालीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । महाकालीमा पानीको बहाव एक लाख तीन हजार क्युसेक पुगेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी आवागमनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सागर बोहराले जानकारी दिए। महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्नेबित्तिकै […]

कर्णाली मुख्‍य समाचार समाचार

जुम्लाबाट सुर्खेत हिडेको फोर्स गाडी दुर्घटना, सात जना घाइते

जुम्ला । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा सात जना घाईते भएका छन् । कर्णाली राजमार्ग अन्तर्गत कालिकोटको खाँडाचक्र–१० गोलुवा भन्ने स्थानमा शुक्रबार विहान दुर्घटना हुँदा सातजना यात्रु घाइते भएका हुन् । बा.१ झ ०९७६ नम्बरको फोर्स गाडी अनियन्त्रित भइ करिब एक सय मिटर तल खसेको हो । दुर्घटनामा पाँचजना गम्भीर र दुईजना […]

अन्तर्राष्ट्रिय प्रदेस समाचार मुख्‍य समाचार विशेष समाचार

‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन

एजेन्सी । ‘अपरेशन सिन्दूर’ले सफलता पाएको भन्दै जम्मूको अन्तर्राष्ट्रिय सीमामा भारतीय सीमा सुरक्षा बल (बीएसएफ)का जवानहरुले रक्षाबन्धन मनाएका छन् । जवानहरुलाई विद्यार्थीहरूले राखी बाँधेर खुशी साटेका हुन् । राष्ट्रको रक्षा गरिरहेका बहादुर सिपाहीहरूको नाडीमा राखी बाँध्दा वातावरण न्यानोपन र भावनाले भरिएको सहभागीहरुले प्रतिक्रिया समेत दिए । विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती […]

बागमती मुख्‍य समाचार राजनीति

नेपालले भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई ध्यान दिनुपर्छ : पूर्वमन्त्री बस्नेत

काठमाडौं ।  पूर्व जलस्रोत तथा सिँचाईमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले नेपालले उर्जा तथा जलस्रोतको विषयमा भारतसँग डिल गर्दा राष्ट्रिय हितलाई आधार बनाएर गर्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको नेपाल–भारत सम्बन्धमा नेपालको उर्जा तथा जलस्रोतको भूमिका विषयक संवाद कार्यक्रममा बोल्दै उनले जलस्रोतको कुरा गर्दैगर्दा राष्ट्रिय हितलाई आधार बनाउने कुरा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एकीकृत समाजवादी निर्णायक शक्ति हो, सानो पार्टी होइन् : अध्यक्ष नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एकीकृत समाजवादी सानो नभइ शक्तिशाली पार्टी भएको दाबी गरेका छन् । शुक्रबार नेकपा (एकीकृत समाजवादी) उद्योग व्यवसायी जिल्ला कमिटी काठमाडौंको पहिलो अधिवेशनलाई सम्बोधन गर्दै उनले सात प्रदेशमध्ये तीन प्रदेशमा मूख्यमन्त्री बनाउन सफल रहेको भन्दै आफ्नो पार्टी सानो नभएको बताएका हुन् । उनले भने, […]

बागमती मुख्‍य समाचार समाचार

कोशी प्रदेशमा डिजिटल भुक्तानी प्रणाली सुरु

विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार तथा स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेशमै पहिलो पटक डिजिटल भुक्तानी प्रणालीको शुभारम्भ गरेका छन् । उक्त प्रणालीको सुरुवात प्रदेश जन–स्वास्थ्य प्रयोगशालाबाट शुक्रबार गरिएको हो । मन्त्री राईका अनुसार अबको समय डिजिटल, सुशासन र पारदर्शिताको भएकाले यो कदम उठाइएको हो । उनले भने, ‘डिजिटल प्रणालीमार्फत छिटो, छरितो र सजिलो रूपमा भुक्तानी […]

अन्तर्वार्ता मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

‘साइलेन्ट कमेडी’ चलचित्रमा काम गर्ने इच्छा छ : कलाकार घिमिरे (अन्तर्वार्ता)

काठमाडौं । कलाकार केदार घिमिरेको पहिचान नै ‘माग्ने बुढा’ बनिसकेको छ । उनले दर्शकबाट पाउनुभएको नाम नै चिनारीका रुपमा प्रयोग गर्ने गरिन्छ । रेडियोमा अन्तर्वार्ता गर्ने कलाकार भेट्ने क्रममै अभिनयप्रति आकर्षित हुनुभएका कलाकार घिमिरे केही समययता सर्वाधिक महँगा कलाकारका रुपमा चर्चामा आए । एकप्लेट मःम र ३० सेकेन्ड टेलिशृङ्खलामा देखिन दिनभर छायाङ्कन स्थलमा बस्नुपर्ने कलाकार […]

मुख्‍य समाचार समाचार

भारतीय मन्त्री सोनोवाल काठमाडौँमा

काठमाडौँ । कालीबाबाको संकल्पमा पशुपति हंसमण्डपमा सञ्चालन भइरहेको श्री दशमहाविद्या रूद्रहवन महायज्ञमा सहभागी हुन भारतका जल परिवहनमन्त्री सर्वानन्द सोनोवाल नेपाल आएका छन् । कालीबाबाको संकल्पमा भइरहेको महत्त्वपूर्ण महायज्ञमा सहभागी हुन भारतीय मन्त्री काठमाडौं आएको आयोजक समितिका संयोजक अशोक गौतमले जानकारी दिए । मन्त्री सोनोवाल कालीबाबाका भक्त पनि हुन्। सोनोवाल असमका मुख्यमन्त्री समेत भइसकेका व्यक्ति हुन्।  […]

मुख्‍य समाचार विशेष समाचार समाचार

संसद भवन निर्माणमा केही गल्तीहरु भएका छन्, अब सुधार गर्छौं : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले संसद भवनको प्रोजेक्टलाई अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्ने बताएका छन् । शुक्रबार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठकमा उनले यो प्रोजेक्टमा राष्ट्रिय स्तरबाट सबैको ध्यान गएपनि समयमा सम्पन्न नभएको भन्दै अब विगतको गल्तीहरुलाई सुधार गर्दै अगाडि बढ्नेतिर […]