१९ आश्विन २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार

पाँचथरमा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा गाईको उपचार

पाँचथर । पाँचथरको फालेलुङ गाउँपालिका वडा नम्बर ५ मा पहिलो पटक ‘काउ लिफ्टिङ मेसिन’को प्रयोगद्वारा पशुको उपचार गरिएको छ । खुट्टा टेक्न नसक्ने अवस्थामा रहेको एक विरामी गाईलाई काउ लिफ्टिङ मेसिनको प्रयोगद्वारा उपचार गरिरहेको पशु सेवा प्राविधिक लक्ष्मीप्रसाद बास्कोटाले जानकारी दिए । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले पाँचथरमा पहिलो पटक उक्त मेसिनको प्रयोगद्वारा गाईको उपचार गरिएको पनि जानकारी दिएका हुन् । उनका अनुसार एक महिनादेखि अशक्त अवस्थामा रहेको उक्त गाईलाई काउ लिफ्टको झोलामा राखेर उपचार भइरहेको छ  । खुट्टा टेक्न नसक्दासम्म यसरी नै झोलामा राखेर उपचार गरिने उनी बताउँछन् । उनले भने,‘काउ लिफ्टिङ झोलामा मेसिन पनि हुन्छ । यो गाई विरामी भएपछि काउ लिफ्टको झोलामा राखेर उपचार गरेको एक महिना भइसक्यो । पहिला धेरै कमजोरी भएका कारण राम्रोसँग खुट्टा टेक्न सक्दैनथ्यो । यसरी झोलामा राखेर उपचार गरेको यो पहिलो पटक हो । उठ्न नसकेको गाईभैंसी, घोडा जस्ता जनावरहरुलाई काउ लिफ्टको सहायताले झोलामा राखेर उपचार गरिराखेको छौं । जबसम्म यसले खुट्टा टेक्न सक्दैन् तबसम्म झोलामै राख्छौं ।’ त्यस्तै उनले भुईमा हुँदा धेरै गुम्सने, घाऊहरु हुनसक्ने र पाक्ने भएकाले यसरी झोलामा राखेर उपचार गर्दा हावाको सर्कुलेसन राम्रो हुनकासाथै विभिन्न संक्रमणबाट समेत बचाउन सकिने धारणा राखे । झोलामा झुण्डिएकै अवस्थामा पनि जनावरलाई कुनै किसिमको कठिनाई नभई यताउता सर्न, घाँस खान र बस्न सहज हुने उनले बताए । ‘यसरी राख्दा झोला सारेर नै यता उता गर्नसक्ने, घाँस, खोले खाने पनि गर्दछ । यो गाईको दिनप्रति दिन स्वास्थ्य अवस्थापनि सुधार हुँदै गएको छ । बस्न चाह्यो भने झोलामा नै बस्न सक्छ’उनले भने । उक्त गाउँपालिकामा      

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने

एजेन्सी । ब्राजिलियन गाईको मासुमा उच्च भन्सार दर कायम गर्दा अमेरिकालाई नै हानी हुने उद्योगीहरुले दाबी गरेका छन् । ब्राजिलका पशुधन उद्योगका एक जानकारका अनुसार आयातित ब्राजिलियन गाईको मासुमा उच्च भन्सार लगाएर अमेरिकाले ब्राजिलभन्दा बढी नोक्सान बेहोर्नेछ । किनकि अमेरिकी उपभोक्ताहरूले पनि गाईको मासुसँग सम्बन्धित उत्पादनहरूको मूल्यमा उल्लेखनीय वृद्धिको सामना गर्नुपर्ने छ । अमेरिकी नीति […]

बागमती मुख्‍य समाचार समाचार

सुनको मूल्य तोलाको दुई लाख रुपैंयाँ नजिक 

काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेर झन्डै २ लाख नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ९८ हजार ४०० रुपैयाँ कायम भएकोमा आज बृद्धि भएर १ लाख ९९ हजार ४ सय कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । बिहीबार तोलाको २ हजार ३१५ रुपैयाँ कायम भएकोमा आज २ हजार ३२५ मा कारोबार भएको महासंघले जनाएको छ ।  

बागमती मनोरन्जन मुख्‍य समाचार समाज

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

भोजपुर, २३ साउन : भोजपुरका नेवार समुदाय परम्परागत लाखे जात्रासँगै संस्कार, संस्कृतिको संरक्षणमा जुटेका छन् । पछिल्लो समय स्थानीय कला, संस्कार, संस्कृति तथा मौलिक परम्परा लोप हुने खतरा बढेसँगै उनीहरू परम्पराको संरक्षणमा जुटेका हुन् । नेवार समुदायको संस्कृतिका रूपमा मादल, झ्याली र ढोलक बजाउँदै नाचिने ठाकठुके नाच सिकाउँदै परम्परागत रीतिरिवाजलाई नयाँ पुस्तासम्म पुर्याउने काम भइरहेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाज

ललितपुरमा जटिल बन्दै खानेपानीको समस्या, स्थानीयका गुनासैगुनासा

ललितपुर, २३ साउन : ललितपुरमा खानेपानीको समस्या जटिल बन्दै गएको छ । जिल्लाका आमनागरिकले खानेपानीको समस्याका विषयमा सम्बन्धित वडा र खानेपानी कार्यालयमा निरन्तर गुनासो गर्दै आएका छन् । दुई साताअघि ललितपुर महानगरको वडा नं २५ र १८ अर्थात् भैँसेपाटी क्षेत्रका उपभोक्ताको घरका धारामा तीन सातासम्म खानेपानी झरेन । खानेपानी आउने आशमा २१ दिनसम्म रिक्तो धारा […]

बागमती मुख्‍य समाचार राजनीति

उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री

काठमाडौँ, २३ साउनः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले छिमेकी राष्ट्र भारतको उत्तराखण्डमा आएको बाढीमा परी हराएका भनिएका नेपाली नागरिकको खोजी एवं उद्धारका लागि कूटनीतिक पहल सुरु भइसकेको बताएका छन् । सो बाढीमा परेर केही नेपाली पनि बेपत्ता भएका समाचार आएलगत्तै उनीहरुको खोजी र उद्धारका लागि कूटनीतिक पहल सुरु भएको उनले जानकारी दिएका हुन् । सो […]

बागमती मुख्‍य समाचार समाज

प्राविधिक शिक्षामा नेपाली सेनाले चाँगुनारायणवासीलाई छात्रबृत्ति प्रदान गर्ने

भक्तपुर, २३ साउनः नेपाली सेनाले खरिपाटीस्थित आफ्नो कलेजमा प्राविधिक विषयमा अध्ययन गर्न चाहने चाँगुनारायणका स्थानीयवासीलाई छात्रबृत्ति प्रदान गर्ने भएको छ । चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीको प्रस्तावका आधारमा खरिपाटीस्थित नेपाली सेना इएमई पोलिटेक्निक महाविद्यालयले डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ र डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ विषयमा अध्ययनका लागि चाँगुनारायण वासीलाई छात्रबृत्ति उपलब्ध गराउने सहमति भएको हो । […]

बागमती मुख्‍य समाचार समाचार

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

चितवन, २३ साउनः शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका […]

गण्डकी मुख्‍य समाचार समाचार

जेठो बुढो धानमा ‘ब्लाष्ट’ रोग देखियो

पर्वत, २३ साउनः रोपेको महिना दिन नपुग्दै यहाँका विभिन्न स्थानमा पोखरेली जेठो बुढो धानमा ब्लाष्ट रोग फैलिएको छ । यहाँको फलेवास नगरपालिकाका–४ मुडिकुवा, वडा नं ५ खानीगाउँ, वडा नं ६ देवीस्थानलगायतका वडामा जेठो बुढो धानमा सो रोग फैलिएको हो । ब्लाष्ट रोगका कारण पात सुक्ने, डाँठ तथा जरा सुक्दै जाने समस्या देखिएको छ । गाँज […]

गण्डकी मुख्‍य समाचार विशेष समाचार

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना कार्यान्वयन

म्याग्दी, २३ साउन ः खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय, म्याग्दीले गत आर्थिक वर्ष २०८१र०८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी ६९ वटा योजना कार्यान्वयन गरेको छ । कूल रु १३ करोड ९९ लाख आठ हजार बजेट विनियोजन भएकामा रु १३ करोड १९ लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ । डिभिजन […]

गण्डकी मुख्‍य समाचार समाचार

जनप्रिय युवा क्लब मुक्तिनाथ आर्चरी च्याम्पियन

मुस्ताङ, २३ साउन : प्रतियोगिता आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवा ‘ए’ टिम जारी सिजनको खुला यार्तुङ आर्चरी प्रतियोगिता २)८२ को च्याम्पियन बनेको छ । आयोजक जनप्रिय युवा क्लब पुराङ रानीपौवाले १५) पूर्णाङ्कमध्ये नौ अङ्क खर्चँदै १४१ अङ्क योगफल जोडेर आर्चरी च्याम्पियन बनेको हो । प्रतियोगितामा मनाङ र मुस्ताङका कूल १६ टिमको सहभागिता थियो । […]

बागमती मुख्‍य समाचार समाचार

गोसाइँकुण्ड मार्गका चार स्थानमा स्वास्थ्य शिविर

रसुवा, २३ साउन : गोसाइँकुण्डमा जाने तीर्थयात्रीका लागि उपचार सेवा पु¥याउन धार्मिक मार्गका तीन स्थान र कुण्डको डिलमा समेत गरी चार स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । काठमाडौँको ग्रिनसिटी अस्पताल, पञ्चधाम समिति, हिमालयन उद्धार सङ्घका साथै स्थानीय तह र जिल्ला अस्पताल लगायतले स्वास्थ्य शिविर सञ्चालन गरेका हुन् । शिविरका कारण यात्रुलाई प्राथमिक उपचारमा […]