१९ आश्विन २०८३, सोमबार
बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाज

आज गाईजात्रा, देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदै

काठमाडौँ। आज गाईजात्रा पर्व । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत पर्व ‘गाईजात्रा’ आज देशभर विभिन्न कार्यक्रको आयोजनागरी मनाइँदैछ। गाईजात्रा खासगरी एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा मनाइने गरिन्छ । गाई र जात्रा अर्थात् यस दिन माता र पृथ्वीको रूपमा हिन्दु संस्कारमा पूजनीय गाई को जात्रा पनि हो । इतिहासका पन्नाहरुमा […]

मुख्‍य समाचार विशेष समाचार समाचार

गाईजात्रा हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको गाईजात्रा पर्व हास्यव्यङ्ग्य तर्फ रूपान्तरित भएको बताएका छन् । आइतबार गाईजात्राको अवसरमा सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले मृत्यु शोकमा रहेका परिवारले आ–आफ्ना घरबाट गाईजात्रा निकाल्नु पर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

पर्वहरूको मौलिकता जोगाउनु सामूहिक दायित्व र जिम्मेवारी हो : सभापति देउवा

  काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गाईजात्रा पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै यस्ता पर्वले नेपाली समाजको आस्थासँगै परम्परागत मूल्यहरूलाई जीवित राखेका बताएका छन् । आइतबार शुभकामना सन्देश मार्फत उनले मौलिक पर्वहरू पहिचान मात्र नभई सामाजिक एकता र सांस्कृतिक समृद्धिका प्रतीक पनि भएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा मात्र सबै जातजाति, भाषाभाषी, […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु, ३ जना गम्भीर घाइते

कैलाली । कैलाली कारागारमा कैदीबन्दीबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार राति ११ बजेको समयमा झडप हुँदा एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन् । घटनामा धनगढी–४ का भरत चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी राजकुमार सिंहले जानकारी दिए । मृतक ४० वर्षीय चौधरी लागुऔषधि मुद्दामा थुनामा […]

मुख्‍य समाचार समाचार

एलएलडिसीको तेस्रो सम्मेलनस् नेपालद्वारा सहयोग र साझेदारी विस्तारमा जोड

काठमाडौं । भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा नेपालको तर्फबाट आपसी सहयोग र साझेदारी विस्तारमा जोड दिइएको छ । प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा नेपाली प्रतिनिधित्व मण्डलको नेतृत्व गरी आज स्वदेश फर्किएपछि परराष्ट्र मन्त्रालयले सूचना तथा प्रसारण विभागको सहयोगमा आयोजना गरेको पत्रकार सम्मेलनमा भूपरिवेष्ठित विकासशील राष्ट्रहरूलाई विकास साझेदारहरुले थप सहयोग गर्नुपर्नेमा […]

मुख्‍य समाचार समाचार

एलएलडिसीको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिएर प्रधानमन्त्री ओली तुर्कमेनिस्तानबाट स्वदेश फिर्ता

काठमाडौं  ।  प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरू ९एलएलडिसी०को तुर्कमेनिस्तानमा सम्पन्न तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रधानमन्त्रीलाई स्वागत गरे । सो अवसरमा नेपाल सरकारका मुख्य सचिव, […]

मुख्‍य समाचार समाचार

आज जनै पूर्णिमा, देशभर रक्षाबन्धन धारण गरेर मनाइँदै, तराईमा राखी बाँधिदै

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवम् रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवम् डोरो (रक्षासूत्र) धारण गरेमा […]

मुख्‍य समाचार राजनीति समाचार

रास्वपा बैठक : रविका पक्षमा ३२ लाख हस्ताक्षर, ६२ लाख बढी रकम संकलन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको संस्थापक ईश्रा मुल्ला मिया हजलाई पुनः केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो । हज कमिटीको अध्यक्ष बनेपछि पार्टीबाट राजीनामा दिएका मियालाई पुनः केन्द्रीय समितिमा ल्याइएको हो । यस्तै, पार्टीको रिक्त रहेको केन्द्रीय श्रम तथा उपभोक्ता […]

मुख्‍य समाचार लुम्बिनी समाचार

देशकै सबैभन्दा लामो कर्णाली (गेरुवा) पुलमा राष्ट्रिय झन्डाको अपमान, बर्षौदेखी च्यातिएकै झन्डा फहरिदैँ

बर्दिया । बर्दियाको कोठियाघाटस्थित कर्णालीको भँगालो गेरुवा नदीमा निर्मित मुलुककै सबैभन्दा लामो पुल सञ्चालनमा आएको पनि एक दशक भन्दा बढी समय भएको छ । राजापुर नगरपालिकाको प्रवेशद्वारका रूपमा रहेको कोठियाघाटमा निर्मित यो पुलको लम्बाई १ हजार १५ मिटर लामो छ । यो पुल लक्ष्यभन्दा नौ महिना महिना अगाडी नै निर्माण भई सञ्चालनमा आएका थियो । […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन् । एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उक्त मितिमा संसद बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराएका हुन् । साउन २० गते मुख्यमन्त्री नियुक्त भएका बानियाँले नेपालको संविधानको धारा १६८ […]

मुख्‍य समाचार समाचार

बुढीगण्डकी जलविद्युत् कम्पनीका नवनियुक्त सिइयोले लिए सपथ

काठमाडौँ । बूढीगण्डकी जलविद्युत् कम्पनी लिमिटेडका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) इञ्जिनियर अरुण रजौरियाले शुक्रबार पद तथा गोपनियताको सपथ लिएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित एक औपचारिक समारोहमा कम्पनीका अध्यक्ष तथा ऊर्जा सचिव सुरेश आचार्यले रजौरियालाई ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सपथ ग्रहण गराएका छन् । समारोहमा ऊर्जामन्त्री खड्काले नव नियुक्त सिइओ […]

मुख्‍य समाचार राजनीति समाचार

महालेखा परीक्षकले बेरुजु लुकायो वा पठाएन भन्ने आशंक नगर्न आग्रह

काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा बेरुजुको आयतन उच्च भएका १० मन्त्रालयका सचिव र सो अन्तर्गतका विभागका प्रमुखसँग छलफल गरिएको छ । शुक्रबार बसेको लेखा समितिमा बेरुजुको आयतन उच्च भएका मन्त्रालयका सचिव  र विभागका प्रमुखसँग छलफल गरिएको हो । बैठकमा महालेखापरीक्षक तोयम रायले हरेक मन्त्रालयमा बेरुजु प्रतिवेदन बुझाइसकेको जानकारी दिए । उनले मन्त्रालयका सचिवहरुसँग नबुझि […]