१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

काँक्रोले दक्षिण धादिङका किसान निराश

मलेखु धादिङ, २३ साउनः मनग्य आम्दानी लिन दुःख गरेर बारीमा उत्पादन भएको काँक्रोले बजार मूल्य नपाउँदा दक्षिणी धादिङको विकट बस्तीका किसान निराश बनेका छन् । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ मास्कर र चितवनको राप्ती नगरपालिका–१३ गडी आसपासका किसान आफूले उत्पादन गरेको काँक्रोले मूल्य नपाउँदा निराश बनेका हुन् । अघिल्ला वर्षमा काँक्रोबाट मात्रै एक याममा रु तीन […]

मधेश मुख्‍य समाचार समाज

महोत्तरीमा धान रोपाइँ ६० प्रतिशत

महोत्तरी, २३ साउनः महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ । साउन दोस्रो सातासम्म ३० प्रतिशत मुनि रहेको रोपाइँ अहिले ६० प्रतिशतको हाराहारी पुगेको हो । साउन तेस्रो साता प्रारम्भसँगै मनसुन अनुकूल हुँदै जाँदा रोपाइँको गति बढेको हो । हिजो बिहीबार साउन चौथो साता सुरु हउञ्जेलसम्म रोपाइँ ५७ प्रतिशत पुगेको कृषि ज्ञान केन्द्र […]

बागमती मुख्‍य समाचार समाचार

कोकिनसहित विदेशी महिला पक्राउ

काठमाडौँ, २३ साउनः नेपाल प्रहरीले लागूऔषध कोकिन लुकाएर ल्याउने एक विदेशी महिलालाई पक्राउ गरेको छ । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ब्राजिलबाट कतारको दोहा हुँदै नेपाल आएर नेपालबाट भुटान जान लागेकी २१ वर्षीया एमिली मिकेल सन्तोष फरेरालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका सहप्रवक्ता, प्रहरी नायव उपरीक्षक जीवन निरौलाले […]

गण्डकी मुख्‍य समाचार समाचार

धवलागिरिमा पहिलोपटक प्राविधिक शिक्षा पठनपाठन हुने

बलेवा बागलुङ, २२ साउनः धवलागिरि बहुमुखी क्याम्पस बागलुङले पहिलोपटक प्राविधिक विषयमा पठनपाठन सुरु गरेको छ । व्यवस्थापन सङ्कायतर्फ त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पसहरूमा सर्वोत्कृष्ट बनेको क्याम्पसले यसवर्षदेखि प्राविधिक विषयमा पठनपाठन थाल्ने भएको हो । स्नातक तहमा यसै शैक्षिक सत्रदेखि प्राविधिक विषयको पठनपाठन सुरु भएको कार्यक्रम संयोजक शिव पौडेलले बताए । उनका अनुसार साबिकको धौलागिरि क्षेत्रका चार […]

बागमती मुख्‍य समाचार समाचार

उद्योग समितिद्वारा स्थलगत अध्ययन प्रतिवेदन पारित

काठमाडौँ, २३ साउनः प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विभिन्न समयमा अन्तर्गतका उपसमितिले गरेको स्थलगत अनुगमन र अन्तरक्र्रियासम्बन्धी प्रतिवेदन पारित गरेको छ । समितिको आजको बैठकले विभिन्न औद्योगिक प्रतिष्ठान, स्थानीय बजार, भन्सार कार्यालयलगायत क्षेत्रको स्थलगत अनुगमन तथा मधेस र बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिसँग गरिएको अन्तरक्रिया सम्बन्धी प्रतिवेदन पारित गरेको हो […]

मनोरन्जन मुख्‍य समाचार समाज सुदूरपश्चिम

बडीमालिका र बूढीनन्दामा पूजा

बाजुरा, २३ साउनः धार्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा रहेको बडीमालिका र बूढीनन्दासहितका अन्य धार्मिक क्षेत्रमा एकैसाथ आज पूजा लागेको छ । आस्थाको धरोहरका रुपमा लिइएको बडीमालिका सहितका अन्य धार्मिक क्षेत्रमा पनि आज नै मेला तथा पूजा लाग्ने गरेको छ । जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन २३ गते चतुर्दशीका दिन बडीमालिका, बूढीनन्दा, सुनन्दा, बडालेख दैलेख लगायत […]

बागमती मुख्‍य समाचार समाज

घारमा सुलसुलेको सङ्क्रमणले मौरी मर्न थाले

चितवन, २३ साउनः पूर्वी चितवनमा व्यावसायिक मौरीपालन गरेको ठाउँमा माइट सुलसुलेको सङ्क्रमण देखिएपछि मौरी मर्न थालेका छन् । रत्ननगर नगरपालिका–५ का किसान दीपक रिमालले पालेका एपिस मेलिफेरा जातका मौरीमा सुलसुलेको सङ्क्रमण देखिएको हो । रिमालका अनुसार विगत पाँच दिनदेखि मौरीमा समस्या देखिन थालेको हो । उनले भने, मौरी उड्न खोज्छन् तर उड्न नसकेपछि भुइँमा झरी […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

वर्षाले बैतडीको एक घरमा क्षति

दशरथचन्द बैतडी, २३ साउनः लगातारको वर्षाले बैतडीमा एक घर भत्किएको छ । सुर्नया गाउँपालिका ३ तडीगाउँ गैरका धर्मे भट्टको दुईतले ढुङ्गाको कच्ची घर भत्किएको हो । अविरल वर्षाका कारण आज बिहान पानी घरभित्र पसेर पूर्ण रूपमा क्षति भएको अस्थायी प्रहरी पोष्ट सतबाँझका इञ्चार्ज अम्बादत्त जोशीले जानकारी दिनुभयो । उनका अनुसार वर्षाका कारण घरभत्किएपछि भट्टको परिवारलाई […]

बागमती मुख्‍य समाचार समाचार

पैँतालीस वटा शैक्षिक परामर्श केन्द्र बन्द गर्न प्रशासनको निर्देशन

चितवन, २३ साउनः शैक्षिक परामर्श तथा भाषा प्रशिक्षण सञ्चालन गर्दै आएका जिल्लाका ४५ वटा संस्थाहरु बन्द गर्न निर्देशन दिइएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शिक्षा विकास तथा प्रविधि मन्त्रालय तथा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयबाट अनुमति प्राप्त नगरेका त्यस्ता संस्था बन्द गर्न प्रहरीलाई निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलका […]

गण्डकी मुख्‍य समाचार समाचार

बेनी–जोमसोम सडक अवरुद्ध

म्याग्दी, २३ साउनः म्याग्दीको उत्तरी क्षेत्र हुदै पर्यटकीय जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ बैसरीमा खसेको पहिरोका कारण आज बिहानैदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक विशाल दर्जीले जानकारी दिए । सडक खुलाउने प्रयास भइरहेको उहाँले बताए। निरन्तर पहिरो खसेकाले सडक खुुलाउन समस्या भएको […]

कोशी मुख्‍य समाचार समाचार

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज सप्तरी, २३ साउनः सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको ३९६ किलो गाँजा बरामद गरिएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम स्वास्थ्य

शुक्लाफाँटामा दीर्घरोगीको सङ्ख्या बढ्दो

कञ्चनपुर, २३ साउनः शुक्लाफाँटा नगरपालिकामा क्यान्सर, मिर्गौला, स्पाइनल इञ्जुरी लगायत दीर्घकालीन रोगका बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रारम्भिक जाँच तथा उपचार पहुँचको अभाव, समयमै रोगको पहिचान नहुनु र जनचेतनाको कमीजस्ता कारणले दीर्घरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । उनका अनुसार विगत तीन वर्षको तुलनामा स्वास्थ्य संस्थामा उपचारका […]