१९ आश्विन २०८३, सोमबार
मुख्‍य समाचार सुदूरपश्चिम

टेलिकमको नेटवर्कमा समस्या, सम्बन्धित निकायले ध्यान नदिएको गुनासो

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिका आसपासका क्षेत्रहरूमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिंएको छ । विशेषगरी गाउँपालिकाको वडा नम्बर ६ नाईना, सुदाडालगायत अन्य विभिन्न बस्तीहरूमा टेलिकमको सेवा अवरुद्ध हुँदा स्थानीय नागरिकहरू सञ्चार सेवाबाट बञ्चित हुन थालेका छन् । नाईना, सुदाडालगायतका बस्तीहरूमा नेटवर्क सम्पर्कमै समस्या देखिएको छ । उक्त ठाउँमा फोन सम्पर्क गर्न पनि गाह्रो भइरहेको स्थानीयले बताएका […]

बागमती मुख्‍य समाचार समाज

नेपाली सेनाद्वारा खुर्कोटको बेलीब्रिज मर्मत सुरु

मन्थली रामेछाप, २३ साउन : नेपाली सेनाले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटस्थित सुनकोसीको बेलीब्रिज मर्मत सुरु गरेको छ । गत कात्तिकमा निर्माण गरिएको बेलीब्रिजमा प्रयोग भएका केही नटबोल्ट खुस्किएर जोखिम बढेपछि मर्मतका लागि सेनाको प्राविधिक टोली परिचालन गरिएको हो । महोत्तरीको बर्दिवासस्थित सेनाको प्राविधिक टोलीले बिहीबारदेखि बेलीब्रिज मर्मत थालेका हुन् । गत असोज १२ गते […]

बागमती मुख्‍य समाचार समाचार

फोर्स मोटर्सको आधिकारिक बिक्रेताबाट अन्याय र धोकाधडी भएको आरोप

काठमाडौं । दिक्तेल रुपाकोट हलेसी दर्शन यातायात प्रालिले नेपालका लागि फोर्स मोटर्सको आधिकारिक बिक्रेता आयाम इन्टरकन्टिनेन्टल प्रालिबाट आफुहरुमाथि चरम अन्याय र धोकाधडी भएको आरोप लगाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्रालिले फोर्स गाडी खरिदबाट यातायात व्यवसायीहरू पीडित बनेको भन्दै आयाम इन्टरकन्टिनेन्टल प्रालिले पारेको मर्का र क्षतिपूर्ति माग समेत गरेको छ । विज्ञप्तिमा भनिएको […]

कोशी मुख्‍य समाचार समाचार

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

धरान सुनसरी, २३ साउन ः तीनदिनदेखिको अविरल वर्षासँगै गएराती आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पु¥याएको छभने १२ घरभन्दा बढी उच्च जोखिममा परेका छन् । राति करिब १ः३० बजे खसेको पहिरोले धरान–३ का स्थानीय छजुङ भोटेको घरको माथिल्लो भागमा क्षति पु¥याएको छ । भोटेले भने, राति ठूलो आवाज आयो, भुइँचालो हो […]

मधेश मुख्‍य समाचार समाचार

करेन्ट लागेर किसानको मृत्यु

राजविराज सप्तरी, २३ साउन ः आज बिहान करेन्ट लागेर सप्तरीको रुपनी गाउँपालिका–३ कटैयामा एक व्यक्तिको ज्यान गएको छ । स्थानीय शम्भुकुमार इसरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । करेन्ट लागेको उनको घटनास्थलमै ज्यान गएको छ । उनका अनुसार ४२ वर्षीय इसरको गाउँकै धान खेतमा लगाइएको विद्युत् मोटर […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

भीरबाट लडेर एक तीर्थयात्रीको मृत्यु

बाजुरा, २३ साउन : बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एक जना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका–५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा विस्नेपानी नजिकै […]

गण्डकी मुख्‍य समाचार समाचार

पहिरोले बागलुङ–बुर्तिबाङ सडक अवरुद्ध

ढोरपाटन बागलुङ, २३ साउन ः यहाँको बडिगाड गाउँपालिका–२ खर्बाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने बागलुङ–बुर्तिबाङ सडक खण्ड अवरुद्ध भएको छ । आज बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए। सडक अवरुद्ध हुँदा पश्चिम बागलुङसहित रोल्पा, रुकुम, जाजरकोट, डोल्पा, गुल्मी र पश्चिम बागलुङ देखि पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

फिफा वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा

काठमाडौं । नेपाली राष्ट्रिय महिला टोलीले फिफा वरीयतामा १३ स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालले १३ स्थान सुधार गर्दै ८७ औं स्थानमा पुगेको हो। नेपाल यसअघि १००औं स्थानमा थियो।  यो नेपाली महिला फुटबल इतिहासकै सर्वश्रेष्ठ वरीयता हो। यसअघि नेपाल ९१औं स्थानसम्म पुगेको कीर्तिमान थियो। गत […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसमःयी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनको प्रभाव रहे तापनि जलवाष्पयुक्त हावाको प्रभाव केही कमजोर देखिएको जनाएको छ । यस्तै,मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित रहेको पनि जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रियसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज  बस्दैछ । शुक्रबार बिहान सवा ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन’ […]

बागमती मुख्‍य समाचार राजनीति

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक आज बस्दैछ। बैठक शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ। कुलिङ अफ् पिडियड छानबिन समितिको प्रतिवेदन, भिजिट भिसा प्रकरण, संसदमा पार्टीका सांसदहरूको भूमिका, रूपन्देही–३ को उपनिर्वाचनमा पार्टीको तयारी, उम्मेदवारी, विधान संशोधन प्रस्ताव आदिबारे छलफल हुने छ । […]

बागमती मुख्‍य समाचार समाचार

आज पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज संघीय संसद अन्तर्गतका पाँच वटा समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे अर्थ समितिको बैठक सिंहदरबारमा बस्दै छ । बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि संशोधनकर्ता सांसदहरु र बिज्ञहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ । यस्तै,दिउसो १२ः १५ बजे बस्न लागेको उद्योग तथा वाणिज्य र श्रम तथा […]