२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

यसवर्ष पनि पब्लिक स्पिच नेपाल हुने

काठमाडौँ, २६ साउनः गतवर्षदेखि सुरु गरिएको ‘पब्लिक स्पिच नेपाल, २०८२’ यसवर्ष पनि भएका छन् । युवाहरुको वक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनहरुलाई प्रोत्साहित गर्नेलगायतका उद्देश्यले बास नेपाल नामक गैर सरकारी संस्थाले राष्ट्रव्यापी रुपमा प्रतियोगिता गर्न लागेको हो । सो संस्थाका अनुसार, पब्लिक स्पिच नेपाल तीन चरणमा हुनेछ । अडिसन, सेमिफाइनल र फाइनल चरणमा हुने […]

बागमती मुख्‍य समाचार समाचार

ओहदाको प्रमाणपत्र पेस

काठमाडौँ, २६ साउन ः इस्लामिक गणतन्त्र इरानका लागि नेपालको गैरआवासीय राजदूत रमेशचन्द्र पौडेलले तेहरानमा आयोजित विशेष समारोहमा इस्लामिक गणतन्त्र इरानका राष्ट्रपति डा मसूद पेजेसकियन समक्ष ओहदाको प्रमाणपत्र पेस गरेका छन् । ओहदाको प्रमाणपत्र पेस गरेपश्चात राष्ट्रपतिसँगको शिष्टाचार भेटको अवसरमा राजदूत पौडेलले नेपाल र इस्लामिक गणतन्त्र इरानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि दुई देशबीच सुमधुर, घनिष्ठ तथा […]

बागमती मुख्‍य समाचार समाचार

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको आत्मा बुझ्न जरुरी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले टे«जरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरी पूर्वाधार निर्माण विकल्पको रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आएको बताएका छन् । सोमबार अर्थ समितिको बैठकमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा उनले राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव नभएको भन्दै यसको विकल्पको […]

गण्डकी मुख्‍य समाचार समाचार

भानु नगरपालिकाले गुन्द्रुक ब्राण्डिङ गर्ने

डुम्रे तनहुँ, २६ साउनः यहाँको भानु नगरपालिकाले गुन्द्रुकलाई ब्राण्डिङ गर्ने योजना बनाएको छ । ‘भानु गुन्द्रुक’ ब्राण्ड निर्माण गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने योजना बनाएको हो । कृषिमा रूपान्तरण, आर्थिक विकास र सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग परियोजना अन्तर्गत सो योजना अघि बढाइएको नगर प्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । इलामको रोेङ गाउँँपालिकाको अध्ययन […]

गण्डकी मुख्‍य समाचार समाचार

वन्यजन्तुको आक्रमणबाट मनाङमा ८७ पशुधन क्षति

मनाङ, २६ साउन : हिमाली जिल्ला मनाङमा वन्यजन्तुको आक्रमणबाट पशुधनमा क्षति बढ्दै गएको छ । वन्यजन्तुको आक्रमणबाट आर्थिक वर्ष २०८१र८२ मा ८७ पशुधनमा क्षति भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ कार्यालय एक्याप ले जनाएको छ । यसवर्ष वन्यजन्तुको आक्रमणबाट याकचौरी ५८, बाख्रा, खसी र च्याङ्ग्रा २२, घोडा एक र गाई, गोरु छ गरी ८७ पशुचौपायको […]

बागमती मुख्‍य समाचार समाज

रातो खोलामा आएको बाढीले बगाउँदा युवकको मृत्यु

जलेश्वर, २६ साउनः महोत्तरीको बलवा नगरपालिका–२ मा रातो खोलामा आएको बाढीले बगाउँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–३ डाम्ही बस्ने वृजमोहन ठाकुरका छोरा अन्दाजी ३०÷३५ वर्षीय चन्दनकुमार ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक नन्दकिशोरप्रसाद चौहानले बताए । बलवा नगरपालिका–३ पडौल बजारबाट डिजल लिएर फर्कने क्रममा खोलामा आएको बाढीले बगाउँदा […]

बागमती मुख्‍य समाचार समाचार

जलवायुजन्य क्षति घटाउन अन्तरदेशीय सहकार्य हुनुपर्नेमा जोड

‘हिमबाढी हिमताल फुटेर मात्रै हुँदैन, अध्ययन जरुरी छ’ काठमाडौं । हिम जलाधार क्षेत्रमा बढ्दो जोखिम र सम्भावित क्षतिका घटना न्यूनीकरण गर्न अन्तरदेशीय सहकार्य आवश्यक रहेको विज्ञहरूले औँल्याएका छन् । जलवायु संकटले निम्त्याउने जोखिम र हानी घटाउन सीमापार पूर्व सूचना सम्प्रेषण प्रणाली अपरिहार्य रहेको उनीहरूको जोड छ । सोमबार (२६ साउनमा) नेपाल वातावरण पत्रकार समूहले आयोजना […]

अर्थ बागमती मुख्‍य समाचार

२७.९० अंकले घट्यो नेप्से, कारोबार रकममा भने सामान्य सुधार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से २७.९० अंकले घटेको छ । यसदिन नेप्से परिसुचक ०.९७ प्रतिशतले घटेर २८२२.४६ बिन्दुमा पुगेर रोकिएको हो । अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा भने सामान्य सुधार भएको छ । आज कुल ३२४ स्टकको १० अर्ब २१ करोड १ लाख ४२ हजार ३०८ रुपैयाँ बराबरको २ करोड ५० […]

बागमती मुख्‍य समाचार राजनीति

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँके र बर्दियाका जनप्रतिनिधि र उद्योगी–व्यवसायीबाट  नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि ध्यानाकर्षण गराइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाको हवाइ सुविधा र व्यावसायिक श्रीवृद्धिका लागि नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सञ्चालनको माग गरिएको हो । नेपालगन्ज उद्योग […]

मधेश मुख्‍य समाचार समाज

मधेशमा साढे २० प्रतिशत कम धान रोपाइँ

काठमाडौं । यसवर्ष साउन २५ सम्म मधेशमा करीब साढे २० प्रतिशत कम धान रोपाइँ भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्षको तुलनामा मधेशमा हाल सम्म २०.४६ प्रतिशत कम धान रोपाइँ भएको हो । गत वर्ष मधेशमा यस अबधि सम्म ९७ प्रतिशत धान रोपाइँ सकिएको थियो । तर, यसवर्ष […]

बागमती मुख्‍य समाचार समाचार

हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन भदौ २ र ३ गते काठमाडौंमा

काठमाडौं । संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले सोमबार एक पत्रकार सम्मेलन गरी हिन्दुकुश हिमालय सांसदहरूको सम्मेलन–२०२५ को आयोजना सम्बन्धी जानकारी गराएको छ । सम्मेलन यही भदौ २ र ३ गते (अगस्ट १८ र १९, २०२५) काठमाडौंको सोल्टी होटलमा हुने भएको छ । समितिका अनुसार सम्मेलनमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र प्रवेशमा सहजीकरण गर्ने गरेको छ । आप्रवासन क्लियरेन्समा ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू प्रयोगमा ल्याइएको छ । सेल्फ–सर्भिस किओस्क र ह्युमनोइड रोबोट जस्ता स्मार्ट प्रविधिहरू अपनाइएका कारण पूर्वी चीनको झेजियाङ प्रान्तबाट यात्रा गर्न उल्लेखनीय रूपमा सरल भएको छ । हाङझाउ सियाओशान अन्तर्राष्ट्रिय विमानस्थलको सीमा निरीक्षण […]