२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

रामेछाप नगरपालिकाको गौरवको योजना कवर्डहलसहितको खेलमैदान निर्माणकार्य अलपत्र 

रामेछाप । रामेछाप नगरपालिकाको गौरवको योजनाको रूपमा रहेको सुकाजोरको बहुउद्देश्यीय कवर्डहल निर्माणको योजना आर्थिक अभावको कारण अलपत्र परेको छ । रामेछाप नगरपालिका–७ सुकाजोरमा निर्माण सुरु गरिएको कवर्डहलसहितको खेल मैदान निर्माण आयोजना वर्षौँदेखि अलपत्र अवस्थामा रहेको छ । राष्ट्रिय योजना आयोग र रामेछाप नगरपालिकाको साझेदारीमा निर्माण सुरु भएको सो आयोजनामा पाँच करोड रुपैँया भन्दा बढी रकम खर्च भएको छ । तर योजनाको निर्माण कार्य सम्पन्न नहुँदा प्रयोगमा आउन सकेको छैन । सो कवर्डहल र खेल मैदान निर्माणको लागि सुरुमा पाँच करोड रुपैँया बजेट खर्च भएको थियो । जसबाट इनडोर गेम खेल्न मिल्ने बहुउद्देश्यीय कवर्डहल बनेको छ । त्यसबाट खेल मैदान लगाएका केही संरचनाको काम पनि भएको थियो । रामेछाप नगरपालिकाले खेल मैदानको लागि गत वर्ष २५ लाख रुपैँया विनियोजन गरेको थियो । खेल मैदानको लागि धेरै जमिन खार्नु पर्ने तथा टेवा पर्खालहरू लगाउनु पर्ने भएको कारण विनियोजित बजेटबाट काम पूरा हुन सकेन । अहिले कवर्डहल र खेल मैदानको माथिल्लो भागमा जमिन बग्नबाट जोगाउन टेवा पर्खाल लगाउनुपर्ने छ भने तल्लो भागमा पनि पर्खाल लगाएर उकास्नु पर्ने अवस्था छ । खेल मैदान बनाउन खनिएको माटोको डङ्गुर थुप्रिएर बसेको छ । त्यो हटाउन पनि लाखौँ रुपैँया खर्च हुने अवस्था छ । त्यसको लागि यस वर्ष वडा कार्यालयले जम्मा १० लाख रुपैँया विनियोजन गरेको छ । त्यो रकमबाट एक छेउ पनि काम हुन सक्ने अवस्था नहरेको रामेछाप नगरपालिकाका स्थानीय समेत रहेको पत्रकार बद्री नयाँघरे बताउँछन् । ‘नगरको गौरवको आयोजनाको अवस्था यस्तो हुनु नगरवासीकै लागि दुःखको कुरा हो, यसमा सबैको ध्यान जान आवश्यक छ’, उनले भने ।  

अर्थ मधेश मुख्‍य समाचार समाचार

राजस्व अनुसन्धान पथलैयामा बढ्यो राजस्व चुहावट

वीरगञ्ज पर्सा, ११ साउनः पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयले गत आर्थिक वर्षमा राजस्व चुहावट धरौटीबापत रु ११ करोड ७६ लाख ८५ हजार सङ्कलन गरेको छ । कार्यालयले आव २०८०र८१ को तुलनामा गत आवमा मात्र ९२ दशमलव ५० प्रतिशत बढीले राजस्व चुहावटबापतको धरौटी रकम सङ्कलन गरेको हो । जबकि कार्यालयले अघिल्लो आवमा भने रु छ करोड ११ […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

निर्मला हत्या प्रकरणका सात वर्ष : अनुसन्धान जारी

दोधारा चाँदनी कञ्चनपुर, ११ साउनः भीमदत्त नगरपालिका–२ स्थित उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । विसं २०७५ साउन १० गते साथीको घरमा गृहकार्य गर्न गएकी बालिका पन्तको शव साउन ११ गते घरनजिकैको उखुबारीमा भेटिएको थियो । घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरु अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार […]

मधेश मुख्‍य समाचार विशेष समाचार

मुस्लिम समुदायले वर्षाका लागि गरे प्रार्थना

रौतहट । रौतहटका मुस्लिम समुदायले वर्षाका लागि इस्तिस्का (पानीको प्रार्थना) गर्दै नमाज पढ्न थालेका छन । परोहा नगरपालिका र गुजरा नगरपालिका लगायतका मुस्लिम समुदायले वर्षाको लागी भगवान (अल्लाह) समक्ष पानीको माग गर्दै प्रार्थना गरेका हुन । रौतहट सहित मधेस प्रदेशमा खडेरीको चपेटा र चापाकल सुकेर जल संकट गहिरिँदै गएका बेला उनीहरुले धार्मिक परम्पराअनुसार इस्तिस्का नामाज […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विशेष समाचार

गाजामा इजरायली हवाइ राहत

काठमाडौं । इजरायली सेनाले गाजा क्षेत्रमा हवाइमार्फत् राहत सामग्री खसालेको छ । आइतबार बिहान वक्तव्य जारी गर्दै इजरायल रक्षा बलले गाजामा बढ्दो भोकमरीकोबीच सात प्याकेट राहत सामग्री हवाईमार्गबाट खसालिएको जनाएको हो । आईडीएफका अनुसार जसमा पीठो, चिनी र प्याकिङ खाद्यान्न थिए । इजरायलले ‘जानाजान भोकमरी गराइएको’ भन्ने आरोप असत्य भएको दाबी समेत गरेको छ । […]

मुख्‍य समाचार समाचार

रामेछापको भटौली खोलाको पुल कटानको जोखिममा, संरक्षण नगरे बगाउने खतरा

रामेछाप । सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ, सुनापति तथा काठमाडौंसँग जोड्ने वैकल्पिक मार्गमा पर्ने भटौली खोलाको पक्की पुल कटानको जोखिममा परेको छ । मन्थली नगरपालिका–७ र खाँडादेवी गाउँपालिका–४ पकरबास जोड्ने उक्त पुल खोलाको बाढीले कटान गर्दा जोखिममा परेको हो। भटौली खोलामा आएको बाढीले पुलको पकरबासपट्टि रहेको पिलरमा सिधै ठोक्किन थालेको खाँडादेवी–४ का वडाध्यक्ष कृष्णप्रसाद पौडेलले […]

अर्थ विशेष समाचार सुदूरपश्चिम

डीडीसीले मंसिरदेखि किसानलाई दूधको भुक्तानी गर्न सकेन, ६ करोड रकम भुक्तानी गर्न बाँकी

कंचनपुर । दुग्ध विकास संस्थान (डीडीसी)ले किसानको दूधको पैसा भुक्तानी गर्न सकेको छैन । कंचनपुरका सातवटा सहकारी र ३४ वटा कृषि फार्मको ६ करोड भुक्तानी गर्न बाँकी छ । संस्थानले गत मंसिरदेखि संकलन भएको दूधको भुक्तानी गर्न नसकेको हो । संस्थानले समयमा भुक्तानी गर्न नसक्दा आफूहरु मर्कामा परेको साथी कृषि सहकारी संस्थाका अध्यक्ष कृष्णदत्त पनेरुले […]

अर्थ मुख्‍य समाचार

आव २०८१ / ०८२ सवारी कारबाहीबाट खोटाङमा झण्डै ५० लाख राजस्व संकलन

खोटाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले आर्थिक वर्ष २०८१/८२ मा सवारी कारबाहीबाट ४९ लाख ३१ हजार ५०० राजस्व संकलन गरेको छ । गत वर्षको साउन १ गतेदेखि असार मसान्तसम्ममा ट्राफिक नियम उल्लंघन गर्ने पाँच हजार ७४७ वटा सवारीसाधन कारबाहीमा पर्दा उक्त राजस्व रकम संकलन भएको हो । जिल्लामा सञ्चालित तीन हजार ११५ वटा कार, […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्ज नाकाबाट दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात

वीरगञ्ज पर्सा, ९ साउनः वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्षमा रु एक अर्ब ६४ करोड मूल्य बराबरका साना–ठूला दुई हजार ३३७ थान विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार कार्यालयले गत आवमा विद्युतीय सवारीसाधनको आयातबाट रु एक अर्ब ८० करोड ४५ लाख राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले […]

बागमती मुख्‍य समाचार समाचार

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डेबीच मझगाउँ विमानस्थलबारे छलफल

काठमाडौंँ ९ साउनः गृहमन्त्री रमेश लेखक र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेबीच आज कञ्चनपुरको मझगाउँ विमानस्थल पुनःनिर्माण एवं स्तरोन्नतिका विषयमा गृह मन्त्रालयमा छलफल भएको छ । विसं २०५६ यता बन्द रहेको मझगाउँ विमानस्थलको पुनःनिर्माण गरी चाँडो पुनः सञ्चालनमा ल्याउने विषयमा मन्त्री लेखक र पाण्डेबीच छलफल भएको हो । उनीहरुसँगै बैठकमा नागरिक उड्डयन प्राधिकरण, […]

बागमती मुख्‍य समाचार

‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक’ स्वीकृत

काठमाडौँ, ९ साउनः ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट स्वीकृत भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तद्वारा प्रस्तुत गरिएको उक्त विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरिएको घोषणा गरेका हुन । विधेयकको छलफलमा भाग लिँदै सांसद योगेशकुमार भट्टराईले पछिल्लो समय नेपालमा आँखा […]