२९ असार २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि

काठमाडौँ, ११ साउनः यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाडीन् । मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ््दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । […]

गण्डकी मुख्‍य समाचार समाज

गण्डकीमा छ सय बढीमा डेङ्गी सङ्क्रमण

गण्डकी, ११ साउनः गण्डकी प्रदेशमा गत पुसयता छ सय नौ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ । वर्षायाम सुरु भएपछि डेङ्गी सङ्क्रमण बढ्दै गएको प्रदेशस्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गत जेठमा एक सय ६९ जनामा डेङ्गी देखिएकामा असारलाई लागेपछि हालसम्म एक सय ८५ जनामा उक्त रोगको सङ्क्रमण पुष्टि भएको हो । प्रदेशमा सबैभन्दा बढी […]

बागमती मुख्‍य समाचार समाचार

राहत शिक्षकहरुले सरकार र शिक्षक महासंघविरुद्ध आन्दोलन गर्ने

काठमाडौं । आफ्ना मागहरुप्रति सरकार सकारात्मक भए पनि शिक्षक महासंघले खलनायको भूमिका खेलेको विष्णु खत्री नेतृत्वको राहत शिक्षक राष्ट्रिय समितिले आरोप लगाएको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महासंघले आफूहरुलाई वेवास्ता गरी सरकारसँग सम्झौता गरेकाविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । नेपाल राहत शिक्षक राष्ट्रिय समितिका अध्यक्ष खत्रीले महासंघले ४२ हजार […]

बागमती मुख्‍य समाचार समाचार

‘सामाजिक सुरक्षाको अवधारणा र महत्वबारे बुझ्न जरुरी’

काठमाडौं । सञ्चारकर्मीहरूका लागि सामाजिक संरक्षण तथा सुरक्षा सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक सुरक्षा नागरिक समाज सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन र वि सोसियल मुभमेन्टको सहकार्यमा यही साउन ९ र १० गते काठमाडौँको बौद्धमा दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम भएको हो । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनताको खेत सुक्दैछन्, गाग्री रित्तिँदैछन अब मन्त्रालय निस्क्रिय बस्दैन : मन्त्री खड्का

काठमाडौं । सरकारद्वारा मधेश प्रदेशलाई सुख्खा संकटग्रस्त क्षेत्र घोषणा गरिएलगत्तै ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय अन्तर्गतका सबै विभाग तथा निकायलाई ढिलाइ नगरी तत्काल राहतको उपाय अबलम्बन गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमा आयोजना गरिएको आपतकालीन उच्चस्तरीय बैठकमा मन्त्री खड्काले जलस्रोत तथा सिंचाई मन्त्रालय अन्तर्गतका सचिवहरु सुरेश आचार्य एवं सरिता दवाडी, नेपाल विद्युत […]

बागमती मुख्‍य समाचार समाचार

ओलीले गरे बीपीको प्रशंसा ः बीपीले नेपाल र भारतका लागि योगदान गरेका छन 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइरालाले नेपालका लागि मात्रै नभइ भारतका लागि समेत काम गरेको बताएका छन् । आइतबार पर्यटन मन्त्रालयद्वारा आयोजित ’बीपी कोइराला राष्ट्रिय पुरस्कार’ समर्पण समारोह कार्यक्रममा बोल्दै उनले भारतीय नेताहरु कठिन समयमा हुँदा उनले लुकेर काम गरेको बताएका हुन् । उनले भने,‘बीपी कोइराला नेपालका लागि मात्रै होइनन् । भारतमा ‘अंगे्रज भारत छोड्दो’ भन्ने आन्दोलनमा पनि पर्नु भएको थियो । भारत स्वतन्त्र गराउनका लागि समेत र भारतीय नेताहरु कठिन समयमा हुँदा बीपीले लुकेर समेत उनले काम गरेका थिए । त्यसकारण नेपालका समाजवादीहरुको र भारतका समाजवादीहरुसँगको भावनात्मक सम्बन्ध हुनु एउटा महत्वपूर्ण कुरा थियो ।’ उनले राजनीतिमा कतिखेरको जेल परिन्छ भन्न नसकिने भएकाले राजनीतिमा पूर्वाग्रह, प्रतिशोध भइरहने बताए । साथै उनले राजनीतिको दौडमा, परिर्वतनको झन्डा बोक्नेहरुमध्ये बीपी कोइराला समेत एक नेता रहेको उल्लेख गरे ।  

मधेश मुख्‍य समाचार

कलैया उपमहानगरले सामुदायिक विद्यालयको स्तर सुधार्न योजनाबद्ध पहल गर्ने

वीरगञ्ज पर्सा, ११ साउनः कलैया उपमहानगरले चालु आर्थिक वर्षमा यहाँका सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नका लागि विशेष योजना बनाएर कार्यान्वयन गर्ने भएको छ । उपमहानगरले गत वर्षको एसइई परीक्षामा नतिजा खस्किएसँगै सामुदायिक विद्यालयको पठनपाठन र स्तर सुधार्नेतर्फ विशेष कार्यक्रम अघि बढाउने भएको हो । कलैया उपमहानगरका प्रमुख विनोदप्रसाद साहले आज वीरगञ्जमा कारखाना समूहले आयोजना […]

बागमती मुख्‍य समाचार राजनीति

राष्ट्रियसभा शून्य समयः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ, ११ साउनः राष्ट्रियसभाको आजको बैठकमा सदस्यहरुले तराईमा पानी नपर्नाले भएको समस्यादेखि लिएर सरकार मन्त्रीहरुले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने सम्मका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। बैठकको शून्य समयमा सांसद सावित्री मल्लले तराई क्षेत्रमा वर्षायाममा पनि पानीको स्रोत सुक्दै गएकोे अवस्थामा सरकारले आठ जिल्लालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेर मात्र नहुने र त्यसका लागि राहतका आवश्यक काम […]

बागमती मुख्‍य समाचार समाचार

हात्ती प्रजनन केन्द्रमा ३३ वर्षमा ६८ छावा जन्मिए

चितवन, ११ साउनः चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा हालसम्म ६८ वटा छावा जन्मिएका छन् । विसं २०४४ मा भारत, थाइल्याण्ड र मेनमारबाट २० वटा हात्ती ल्याएर केन्द्र सुरु गरिएको थियो । केन्द्रमा ती देशबाट छ वटा भाले र १४ वटा पोथी हात्ती ल्याइएको थियो । विसं २०४९ चैतमा पहिलोपटक यहाँका […]

बागमती मुख्‍य समाचार राजनीति

संसद भवन निर्माणको म्याद थपिएको र मन्त्री अनुपस्थित भएकोमा आक्रोश

काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक अर्को दिन बस्नेगरी सारिएको छ । आइतबार उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह अनुपस्थित भएपछि सिंहदरवारस्थित निर्माणाधिन संघीय संसद भवन निर्माणका विषयमा हुने भनिएको छलफल पर सारिएको हो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद् हितराज पाण्डेले समितिको महत्वपूर्ण छलफलमा मन्त्रीलाई […]

मधेश मुख्‍य समाचार समाज

मधेशमा डिपबोरिङ जडान सुरु

जनकपुरधाम, ११ साउनः लामो समयदेखि आकासे पानी नपरेपछि मधेश प्रदेश सुख्खाग्रस्त क्षेत्र हुँदा कृषियोग्य जमिनमा सिँचाइ तथा खानेपानीको सङ्कट उत्पन्न भएपछि प्रदेश सरकारले डिपबोरिङ जडान गर्ने योजना सुरु गरेको छ । प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयको नेतृत्वमा मधेश प्रदेशका प्रत्येक वडामा एउटाका दरले डिपबोरिङ जडान गर्ने योजना ल्याइएको हो । ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री […]

गण्डकी पर्यटन मुख्‍य समाचार

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

गलकोट बागलुङ, ११ साउनः नेपालको एक मात्रै सिकार आरक्ष क्षेत्र ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा बर्सेनि वृद्धि भइरहेको छ । ढोरसिकार आरक्ष कार्यालय बागलुङका अनुसार ढोरपाटन घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्यामा गत एक वर्षमै आठ हजारले वृद्धि भएको छ । ढोरपाटन सिकार आरक्ष कार्यालयका रेञ्जर सागर सुवेदीका अनुसार आर्थिक वर्ष २०८०र८१ मा १५ हजार ५७३ पर्यटक […]