२९ असार २०८३, सोमबार
गण्डकी मुख्‍य समाचार समाज

बस्ती जोगाउन गेग्रान पन्छाउँदै पालिका

मुस्ताङ, ९ साउनः यहाँको थासाङ गाउँपालिका २ स्थित कोवाङ लार्जुङ बीच भागमा बग्ने लाङ्क्यु खोलामा जल सतह उच्च हुँदा लार्जुङ बस्तीका करिब १८ घर बाढीको उच्च जोखिममा पर्ने गरेका छन् । धौलागिरि आइसफलको फेँदबाट बग्ने लाङ्क्यु खोलामा पानीको बाहव बढी हुँदा लार्जुङ बस्ती उच्च जोखिममा पर्ने गरेका हुन् । यस वर्षको मनसुन सरु भएदेखि हालसम्म […]

बागमती मुख्‍य समाचार राजनीति

पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा गुरुङको उम्मेदवारी

काठमाडौँ, ९ साउनः नेपाल पर्वतारोहण सङ्घ एनएमएको अध्यक्षमा वरिष्ठ पर्यटन व्यवसायी कुलबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन । पर्वतीय पर्यटनको दिगो विकासका लागि एनएमएमा आफूले उम्मेदवारी दिने उनले बताए। नेपाल लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घले आज यहाँ आयोजना गरेको ‘पर्यटन व्यवसायी तथा सदस्यबीचको छलफल’मा आगामी भदौ ७ गते हुन लागेको निर्वाचनमा लोकतान्त्रिक पर्यटन व्यवसायी सङ्घको तर्फबाट […]

बागमती मुख्‍य समाचार समाचार

एमाले निर्माणमा सक्रिय हुन विद्यादेवी भण्डारीको आह्वान

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले पार्टी निर्माणमा सक्रिय हुन सम्पूर्ण कार्यकर्ताहरुलाई आह्वान गरेकी छिन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका सम्पूर्ण एमाले पंक्ति एकजुट हुन आग्रह गरीन् । उनले भनिन्,‘ जननेता मदन भण्डारीले अगाडि सारेको पार्टी निर्माण सम्बन्धि अवधारणाको […]

बागमती मुख्‍य समाचार

शून्य समयः ‘सुक्खाग्रस्त घोषणा होइन, राहत देउ’

काठमाडौँ, ९ साउनः सङ्घीय संसद् प्रतिनिधिसभाको शून्य समयमा सांसदहरूले हालै मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेको विषयप्रति आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै पीडित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् । सांसद जावेदा खातुन जागाले मधेस प्रदेशमा खानेपानीको हाहाकार, सिँचाइ अभाव, खेतबारी सुक्दै गएको बताए । उनले सरकारबाट मधेसलाई विपद् सङ्कट क्षेत्र घोषणा […]

बागमती मुख्‍य समाचार राजनीति

पार्टीले गरेका कतिपय निर्णय अपरिपक्व छन् ः विद्यादेवी भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक अधिकार र स्वतन्त्रतालाई संकुचन गरेर पार्टीमा गरिएका अपरिपक्व निर्णयले दुःखी तुल्याएको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजर अन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने स्वतन्त्रलाई नियन्त्रण गरिएको भन्दै यस्तो निर्णयले निराश बनाएको बताइन् । उनले भनिन्,‘पार्टीको लोकतान्त्रिक मूल्य मान्यता समेतलाई नजरअन्दाज गरी राजनीतिमा संलग्न हुन पाउने मेरो संवैधानिक अधिकार र स्वतन्त्रलाई संकुचन वा नियन्त्रण हुनेगरी गरिएका अपरिपक्क निर्णयले मलाई दुःखी तुल्याएको छ । यसप्रकारको निर्णयले पार्टीको सान र प्रतिष्ठालाई गिराउने छ ।’ आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थाइ रुपमा प्रभावित तुल्याउन सकिएताप नि वास्तविकतालाई छोप्न नसक्ने पनि उनको भनाई छ ।  

बागमती मुख्‍य समाचार राजनीति

संविधानले मलाई सक्रिय राजनीतिमा आउन रोकेको छैन् : भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले संविधानका विभिन्न धाराले कहींकतै दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने नभनेको भन्दै पार्टीको सदस्यताबाट बन्चित गर्नुपर्ने कुनै कारण नभएको बताइन् । उनले भनिन्, ‘संविधानका विभिन्न धारा मर्म र भावना […]

बागमती मुख्‍य समाचार समाचार

सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने

काठमाडौं,  राज्य व्यवस्था तथा सुशासन समितिद्वारा गठित सौर्य जहाज दुर्घटना छानबिन उपसमितिका संयोजक राजेन्द्र पाण्डेले सौर्य एरलाइन्सलाई खारेज र विमान चालकलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पीडत परिवारद्वारा गठित म्याप मेमोरियल सोसाईटीले आयोजना गरेको कार्यक्रममा पाण्डेले एरलाइन्सका मालिक दिपक पोखरेल प्रधानमन्त्री केपी ओलीको संरक्षणमा रहेकोसमेत आरोप लगाए । वागमती प्रदेशका पूर्व–मुख्यमन्त्रीसमेत रहेका पाण्डेले गम्भीर लापरबाहीको कारण सौर्य एयर दुर्घटना भएको बताएका छन् । शक्तिको आडमा सौर्यका मालिक पोखरेलले चलाउनै नमिल्ने थोत्रो जहाज जबजस्त चलाएको आरोप लगाउँदै भने, ‘दिपक पोखरेल केपी ओलीका भित्रिया झापाली भएकाले सौर्य एयरलाई उन्मुक्ति दिन खोजिदै छ ।’ १८ जना नागरिकको ज्यान लिएको दुर्घटनामा संलग्न दोषीउपर कारबाहीको लागि आफू नेतृत्वको समितिले पर्यटन मन्त्रालयलाई निर्देशन दिने पनि जानकारी दिए । पाण्डेले अत्याधिकरुपमा लापरबाही तथा जहाज मालिकको व्यापारिक स्वार्थका कारण नेपालमा जहाज दर्घटना हुने गरेको ठोकुवा गरे । सौर्य दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको ठोकुवा गर्दै पाण्डेले भने, ‘मर्मत गर्न भनिएको जहाजमा पाइलटसहति १९ जना किन बोकियो, सौर्यसँग असम्बन्धित चार वर्षको बालक र उर्जा मन्त्रालयमा कार्यरत प्रिजा खतिवडालाई कर्मचारी बनाउनु हदैसम्मको अवैधानिक कार्य हो ।’ ‘विमानभित्र अत्याधिक प्रज्वलनशील पदार्थ बोक्नु, हाल्न नहुने लोड हाल्नु, क्यानको अनुमति बिना ‘फेरी’ जहाज उडाउनु, ८ किलोमिटरसम्मको भिजिबिलिटी हुँदाहुँदै पनि दुर्घटना हुनुलाई सामान्यरुपमा लिन मिल्दैन’ पाण्डेले थपे । अधिवक्ता अर्जुन खड्काले पीडित परिवारको निरन्तर दबाबले ढिलै भएपनि रतिशचन्द्र लाल सुमनको नेतृत्वको आयोगले प्रतिवेदन सरकारलाई बुझाएकोमा सुखद विषय भएको बताए । खड्काले आयोगको निष्कर्षकै आधारमा पनि नेपालको कानुन अनुसार दोषीलाई कारबाही गर्न मिल्ने प्रावधान रहेको जानाए । जहाज दुर्घटनामा तीन सन्तती गुमाएका पत्रकार प्रकाश खतिवडाले दुर्घटनाका दोषीलाई कारबाही गर्न न्यायिक जाँच आयोग गठन गर्न माग गरेका छन् । आयोगले घटना भएको ४३ दिनमा सरकारलाई बुझाएको प्रारम्भिक प्रतिवेदनको निष्कर्ष र अन्तिम प्रतिवेदन निष्कर्ष तथ्यगत फरक परेकाले सो अवस्थामा गैरसैनिक हवाई उडान जाँच नियमावली २०७१ को नियम २३ बमोजिम न्यायीक जाँज आयोग गठन गर्नुपर्ने माग खतिवडाले गरेका हुन् । ‘३४ दिनदेखि बिमानस्थलमा थन्किएको जहाज मर्मत नगरि किन उडाइयो ? काठमाडौँमा बिग्रेर थन्किएको जहाज पोखरामा मर्मत गर्न लानुको औचित्य के ? मर्मत गर्न लगिएको गैर व्यावसायीक ‘फेरी’ उडानमा नियम विपरित मर्मतसँग असम्बधीत  यात्रु किन बोकियोे ? सरकारले विधि मिचेर किन जाँच अनुसन्धान आयोग गठन गर्यो ?’ खतिवडाले प्रश्न गरे । छानविन समितको सदस्य सचिव मुकेश डंगोल क्याप्टेन मनिष शाक्यको आफन्त रहेकोले पनि उनले चालकलाई प्रतिवेदनमा जोगाउन खोजेको पीडित खतिवडाले आरोप लगाएका छन् । सो कार्यक्रममा म्याप मेमेरियल सोसाईटीले सो दुर्घटनामा दिवंगत खतिवडाका छोरी प्रिजा खतिवडा, ज्वाँई मनुराज शर्मा र नाती अधिराज शर्माको नाममा १ लाख राशीको मनुराज,अधिराज,प्रिजा स्मृति पुरस्कार घोषणा गर्दै खतिवडाले प्राविधिक, निजामति कर्मचारी र पत्रकारिता विधामा प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने जानकारी गराए । कार्यक्रममा शिक्षा पत्रकार समूहका पूर्वअध्यक्ष भूपराज खड्का, पीडित परिवारका सदस्यहरु सञ्जीव भण्डारी, सुसिल दाहाल, धिरज ढकाल, समिर खतिवडालगायतका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो । सोसाईटीका संरक्षक उषा पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार धनराज वास्तविकले गरेका थिए ।  

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

सङ्कटग्रस्त घोषणापछि प्रधानमन्त्री ओली मधेस भ्रमणमा

जनकपुरधाम, ९ साउनः मन्त्रिपरिषद्को बैठकले मधेस प्रदेशलाई सुक्खाग्रस्त घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली आज बिहानैदेखि महोत्तरी र बाराको भ्रमणमा छन् । उनले सो क्षेत्रको हवाई अनुगमन तथा निरीक्षण गरेका छन् । मधेस प्रदेशका आठ जिल्लामा अहिले खानेपानी तथा सिँचाइको सङ्कट उत्पन्न भएको छ । यसबारे स्थलगत रुपमा जानकारी लिन उनी यहाँ आएका हुन् । […]

खेलकुद बागमती मुख्‍य समाचार

एलिसन स्पोट्र्सले काठमाडौंमा ‘दोस्रो महिला फुटसल च्याम्पियनसीप’ गर्ने

काठमाडौं । एलिसन स्पोट्र्स प्रालिको आयोजनामा काठमाडौंको पेप्सीकोलामा ‘दोस्रो महिला फुटसल च्याम्पियनसिप–२०८२ आयोजना हुने भएको छ । नेपाली महिलाहरुलाई फुटबल तथा फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही भाद्र १८ गते आयोजना हुने प्रतियोगितामा नेपालभरका कुनैपनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो टिम बनाएर सहभागिता जनाउन सक्ने आयोजकले जनाएको छ । लिग कम नकआउट आधारमा खेलाइने प्रतियोगितामा […]

गण्डकी मुख्‍य समाचार समाज

कास्कीमा दुग्ध उत्पादक किसानलाई अनुदान

कास्की, ९ साउनः कास्कीमा गत आर्थिक वर्ष २०८१र८२ मा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत दुग्ध उत्पादक किसानलाई रु दुई करोड चार लाख ९२ हजार अनुदान वितरण गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कास्कीले दूध उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम अन्तर्गत पहिलो चरणमा प्रतिलिटर रु पाँच र दोस्रो चरणमा प्रतिलिटर रु तीनका दरले […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

मधेस प्रदेशमा तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने : प्रधानमन्त्री ओली

जलेश्वर, ९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल ५०० ‘डिप बोरिङ’ जडान गरिने घोषणा गरेका छन् । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमाथिको पुल र वडा नं ६ मा निर्मित प्रसूति गृहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशमा तत्कालै […]

मधेश मुख्‍य समाचार

प्रधानमन्त्रीद्वारा मटिहानीको पुल र प्रसूति गृह भवनको उद्घाटन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीको मटिहानी नगरपालिकामा बिग्ही नदीमा निर्माण गरिएको ५० मिटर लामो पुलको उद्घाटन गर्नुका साथै प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । शुक्रबार महोत्तरीको मटिहानी पुगेर प्रधानमन्त्री ओलीले करिब ७ करोड ५८ लाख लागतमा कालिका कन्सट्रक्सन प्रालि भरतपुरले निर्माण गरेको मटिहानीलाई जनकपुरसँग जोड्ने सडक सञ्जाल अन्तर्गतको ५० मिटर लामो बिग्ही पुलको उद्घाटन गरे । त्यस्तै, प्रधानमन्त्री ओलीले मटिहानी नगरपालिका–६ मा निर्माण सम्पन्न भएको प्रसूति गृह भवनको पनि उद्घाटन गरेका छन् । एक करोड अठासी हजार रुपैंयाँ लागतमा निर्माण भएको सो भवनमा अपरेशन, डिलेभरी, एनआइसीयू, ओपिडी, फार्मेसी लगायतका सुविधा रहेको छ । कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, श्रममन्त्री शरतसिंह भण्डारी, प्रदेश प्रमुख सावित्री भण्डारी, मुख्यमन्त्री सतिशकुमार सिंह, भौतिक पूर्वाधारमन्त्री सरोज कुमार यादव, शिक्षा मन्त्री रानी शर्मा तिवारीलगायतको उपस्थिति रहेको थियो । प्रधानमन्त्री ओली मटिहानीको उद्घाटन पश्चात महोत्तरीकै बलबा नगरपालिका पुगेका छन् ।