२० आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५  का  ग्लोकल २० अन्डर २० सार्वजनिक

काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकल प्रा.लि ले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ । यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूमध्येबाट गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई […]

खेलकुद बागमती मुख्‍य समाचार

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ । खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ

काठमाडौं ।  युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् ।  नेपाल न्यूज बैंकसँग युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए । उनले भने, ‘नेपाली […]

बागमती मुख्‍य समाचार समाचार

आज दिनको १ बजे प्रतिनिधि सभाको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । मंगलबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री के.पी. शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको चौथो वार्षिक प्रतिवेदन आ.व. २०८०÷०८१’ पेस गर्ने कार्यसूची रहेको छ । यस्तै, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय […]

बागमती मुख्‍य समाचार समाचार

आज संघीय संसद अन्तरगत दुई समितिको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तरगत अर्थ समिति र राष्ट्रिय सभा अन्तरगत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागिएको हो । आज बस्ने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने […]

बागमती मुख्‍य समाचार समाचार

आज राष्ट्रिय सभाको बैठक बस्दैँ

काठमाडौं । संघीय संसद अन्तरगत आज राष्ट्रिय सभाको बैठक दिन १ः१५ बजे बस्ने भएको छ । मंगलबार बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । साथै, राष्ट्रिय सभा अध्यक्षले पूर्व स्वास्थ्य राज्यमन्त्री एवं संविधान सभाका सदस्य खड्गबहादुर बस्यालको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

बागमतीका मुख्यमन्त्री बानियाँ आज विश्वासको मत लिँदै

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसको समर्थनमा सरकार गठन गरेका बानियाँले संवैधानिक प्रावधान अनुसार विश्वासको मत लिन लागेका हुन् । यही साउन २० मा मुख्यमन्त्री पदमा नियुक्त बानियाँले ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको […]

मुख्‍य समाचार राजनीति समाचार

प्रतिष्ठान र संस्थाहरु ठगी खाने भाँडो हुनु हुँदैन : अध्यक्ष ओली

ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलले पार्टी सम्बद्ध प्रतिष्ठान र फाउण्डेशनहरु व्यक्तिगत स्वार्थमा नभई पार्टीको आन्दोलन र समग्र हितमा केन्द्रित हुनुपर्ने बताएका छन् । सोमबार मदन–आश्रित स्मृति प्रतिष्ठानको नवनिर्वाचित अध्यक्ष प्रदीपकुमार ज्ञवालीको सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका अध्यक्ष ओलीले स्थापित नेताको सम्मानमा खोलिएका  र पार्टीसँग जोडिएका […]

मुख्‍य समाचार समाचार समाज

उज्यालो युवा क्लबद्वारा सामाजिक सेवा : विद्यालय जाने बाटो मर्मत

सल्यान । सल्यानको दार्मा गाउँपालिका–५ बछेलाबाट सञ्चालित उज्यालो युवा क्लबले सामाजिक कार्यमा अग्रसरता देखाएको छ । क्लबले वर्षाका कारण विद्यालय जाने बाटो बिग्रेको र विद्यार्थीहरुलाई विद्यालय आउजाउमा समस्या भएपछि बाटो मर्मत गरेको हो । बर्खाको समयमा हिलो र झाडिले ढाकेको उक्त बाटोका कारण बालबालिकालाई विद्यालय आउजाउ गर्न निकै कठिनाइ भइरहेको थियो। बाटोको अवस्था बिग्रिए पनि […]

बागमती मुख्‍य समाचार समाचार

अष्ट्रेलियाका राजदूत र ऊर्जामन्त्री खड्काबीच भेट : नयाँ सम्भावनाबारे छलफल

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्कासँग अष्ट्रेलियाका नेपालस्थित राजदूत महामहिम लिआन जोनस्टनले शिष्टाचार भेट गरेका छन् । ऊर्जा मन्त्रालयमा भएको भेटमा मन्त्री खड्काले नेपाल सरकार र मन्त्रालयको तर्फबाट राजदूत जोनस्टनलाई स्वागत गर्दै नेपाल–अष्ट्रेलियाबीचको कूटनीतिक सम्बन्ध यस वर्ष ६५ औं वर्षमा प्रवेश गरेको प्रसंग स्मरण गरे । उनले नेपाललाई प्रदान हुँदै आएको अष्ट्रेलियाली सहयोगप्रति […]

मधेश मुख्‍य समाचार समाचार

धेरै मुद्दा फछ्र्यौट गर्ने न्यायाधीश घिमिरे सम्मानित

वीरगञ्ज पर्सा, २६ साउन ः पर्सा जिल्ला अदालतले गत आर्थिक वर्ष २०८१र ८२ मा सात हजार दुई सय ४४ वटा मुद्दा फछ्र्यौट गरेको छ । अदालतले गत आवमा अघिल्लो आवको जिम्मेवारी सरेका र नयाँ दर्ता भएकामध्ये कूल १२ हजार छ सय ३५ मुद्दामध्ये ५७ दशमलव ३३ प्रतिशत मुद्दा फछ्र्यौट गरेको हो । न्यायाधीश दीपक खनालले […]

कोशी मुख्‍य समाचार समाचार

पर्यटकीयस्थल गङ्गा खोला संरक्षण गर्न श्रमदान अभियान

भोजपुर, २६ साउनः यहाँको रामप्रसादराई गाउँपालिका– ६ बैकुण्ठेका स्थानीय श्रमदानमार्फत धार्मिक पर्यटकीय क्षेत्र गङ्गा खोलाको संरक्षण जुटेका छन् । यस स्थानको संरक्षण तथा विकास गर्ने लक्ष्यले स्थानीयवासी श्रमदान अभियानमा जुटेका हुन् । वडा कार्यालयको पहलमा ‘गङ्गा खोला संरक्षण श्रमदान’ अभियानमार्फत गङ्गा खोला आसपासमा वृक्षरोण गर्ने, फूल रोप्ने, बाटो मर्मत गर्ने, झाडी हटाउने, मुहानको सरसफाइ गर्ने […]