१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

सुनसान बन्दै रामेछापको साँघुटार बजार

रामेछाप । कुनै बेला अत्यन्त चल्तीको ओलढुंगासँग जोडिएको रामेछापको पुरानो बजार साँघुटार अहिले सुनसान जस्तो देखिएको छ । रामेछापको लिखु खोला किना, पूर्वको ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, भोजपुरदेखिका मानिसहरूको राजधानी काठमाडौं आउजाउ गर्ने मुख्य नाकाको रूपमा रहेको साँघुटार बजार समयसँगै कोल्टो बन्दै गएको छ । विसं १९६४ साल तिर सँघुटारबाट ओखलढुङ्गा तर्न लिखु खोलामा झोलुङ्गे पुल […]

बागमती मुख्‍य समाचार समाचार

मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । शुक्रबार दिउँसो देशभर साधारणतया बदली रहने पूर्वानुमान छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी तराई भू–भागको थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्तै कोशी प्रदेश, बागमती […]

अर्थ बागमती मुख्‍य समाचार

शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर […]

खेलकुद बागमती मुख्‍य समाचार

टप टी–२० सिरिजमा पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा शुक्रबार नेपालले पाकिस्तानको सामना गर्दैछ । सिरिज अन्तर्गत समूह चरणको अन्तिम अर्थात् छैटौं खेलमा नेपालले पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । यो खेल नेपाली समयअनुसार शुक्रबार दिउँसो ३ः१५ बजे सुरु हुनेछ । नेपालले सिरिजका पाँच खेल खेलिसकेको छ । जसमध्ये दुई खेलमा विजयी हुँदा […]

बागमती मुख्‍य समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पारित गर्ने कार्यसूची छ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सो विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गर्ने कार्यसूची तय गरिएको सङ्घीय संसद् सचिवालयले तय गरेको […]

बागमती मुख्‍य समाचार समाचार

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं । शुक्रबार विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे समितिको बैठक कक्ष सिंहदरवार संसद भवनमा बस्दैछ । बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।    

मधेश मुख्‍य समाचार समाचार

मधेश प्रदेशमा लगानी सम्मेलनबारे छलफल

जनकपुर । मधेश प्रदेश सरकारले लगानी सम्मेलनका तयारी अघि बढाएको छ । यसै सन्दर्भमा प्रदेश जनकपुरधाममा बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंह, उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री वसन्तकुमार कुशवाहा, निति आयोगका सदस्य राजकुमार सिंह र मुख्यमन्त्रीका आर्थिक सल्लाहकार अशोक बैधलगायतको उपस्थितिमा विशेष छलफल भएको छ । सम्मेलनको मुख्य उद्देश्य प्रदेशका धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक र प्राकृतिक स्रोतहरूको परिचय […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसनुसार आज गोलभेंडा ठूलो (नेपाली) प्रतिकिलो ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३३, आलु रातो प्रतिकिलो ४९, आलु रातो (भारतीय) प्रतिकिलो २८, आलु रातो (मुडे) प्रतिकिलो ४४, आलु सेतो प्रतिकिलो ३७, […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

इजरायलले सबै बन्धकहरू छुटाउन वार्ता सुरु गर्ने घोषणा

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजामा रहेका सबै बन्धकहरूको रिहाइका लागि वार्ता सुरु गर्ने घोषणा गरेका छन् । साथसाथै, उनले गाजाको उत्तर क्षेत्रमा रहेको गाजा सहरमा इजरायली सेनाको ठूलो कारबाही गर्ने योजना पनि स्वीकृत गरिएको बताएका छन् । बिहीबार राति गाजाको लागि जिम्मेवार सैन्य मुख्यालयको भ्रमणका क्रममा नेतान्याहुले भने, ‘हामीले गाजा सहर नियन्त्रणमा लिन […]

मधेश मुख्‍य समाचार राजनीति

जनताको भावना अनुरूप नै मुलुकको विकासका लागि वर्तमान स्थायी सरकार बनेको हो : मन्त्री खड्का

लहान । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले स्व. प्रदीप गिरीको योगदानका लागि इतिहासले सदैव सम्मानका साथ स्मरण गर्ने बताएका छन् । सामाजवादी चिन्तक र नेपाली काँग्रेसका नेता स्व. प्रदीप गिरीको तेस्रो स्मृति दिवसका अवसरमा बिहीबार लहानमा आयोजित स्मृति दिवसमा बोल्नु हुँदै मन्त्री खड्काले सो कुरा बताएका हुन् । स्व. गिरीलाई स्मरण गर्नु हुँदै मन्त्री […]

खेलकुद मुख्‍य समाचार

नेपाली महिला टोली आज भुटानसँग खेल्दै

काठमाडौं । नेपाल महिला फुटबल टोलीले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आयोजक भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुवै टोली प्रतियोगिताको पहिलो खेलमा पराजित भएका छन् । नेपालले पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय सभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा शुक्रबार दिउँसो १२ः१५ बजे बस्दैछ । आजको बैठकमा गृह मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । त्यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण)विधेयक, […]