१९ आश्विन २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार

सङ्खुवासभामा डेङ्गी नियन्त्रण अभियान

खाँदबारी सङ्खुवासभा, ५ भदौः डेङ्गीको जोखिमलाई ध्यानमा राख्दै आज यहाँ ‘पानी जम्न नदिऔँ, लामखुट्टेको फुल नष्ट गरौँ’ नारासहित डेङ्गीविरुद्ध चेतनामूलक अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा सञ्चालित अभियानमा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब तथा सङ्घसंस्थाहरू सहभागी भएका थिए । उनीहरूले टोलको सरसफाइ, झाडी फाँड्ने, पानी जम्ने भाँडा […]

मधेश मुख्‍य समाचार समाज

सत्तरी लाख खर्चेर डिप बोरिङ

सिरहा, ५ भदौः खडेरीले रोपाइँ गर्न नपाएका किसानको सहायतार्थ गोलबजार नगरपालिका–२ निपनियामा रु ७० लाखको लागतमा डिप बोरिङ गरिएको छ । साथै १० हजार लिटर क्षमताको ट्याङ्की पनि निर्माण गरिएको छ । कमला सिँचाइ कार्यालययका अनुसार यो बोरिङबट ७० बिघामा सिँचाइ सेवा उपलब्ध हुनेछ । बुधबारदेखि प्रारम्भ भएको बोरिङ सेवाको पूर्वमन्त्री लीलानाथ श्रेष्ठले उद्घाटन गरे […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। आज सुनको मूल्य तोलामा एक हजार तीनसय रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक हजार तीनसय रुपैयाँले बढेर सुन तोलाको एक लाख ९४ हजार आठसय रुपैयाँमा किनबेच भइरहेको छ। हिजो तोलामा एक हजार ६ यस रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९३ हजार […]

बागमती मुख्‍य समाचार समाचार

ग्राभिटी रोपवेले मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन

बाजुरा । ग्राभिटी रोपवेले बडिमालिका नगरपालिका–५ मना गाउँका बासिन्दाको जीवनशैलीमा परिवर्तन ल्याएको छ । २०७३ सालमा निर्माण भएको बडिमालिका ग्राभिटि रोपवे मना गाउँका बासिन्दाको लागि वरदान सावित बनेको हो । भौगोलिक रूपमा विकट र भिरालो क्षेत्रमा अवस्थित मना गाउँका स्थानीयको लागि रोपवेले ठूलो सहयोग गर्दै आएको छ । गाउँका स्थानीयको सरसामान ओसारपसार गर्न ग्राभिटि रोपवे […]

बागमती मुख्‍य समाचार विशेष समाचार

लिपुलेक सम्झौता नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथि ठुलो चुनौती : डा. भट्टराईले

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालसंग कुनै परामर्श नगरी लिपुलेक नाका भएर भारत र चीनले पुनः व्यापार गर्ने सहमति गर्नु नेपाली राष्ट्रिय हितका निम्ति गम्भीर चिन्ता र चासोको विषय भएको बताएका छन् । सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले नेपालले दाबी गर्दै आएको, भारतले समेत विवादित मानेको र चीनले नेपालसँग परामर्श गरेर मात्र निर्णय गर्ने भनेको […]

मधेश मुख्‍य समाचार विशेष समाचार

सर्लाहीमा महिला अधिकारकर्मीको धर्ना जारी, बहुविवाहलाई प्रोत्साहन दिने कानून सहदैनौं

सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा महिला अधिकारका लागि दबाब अभियान अन्तर्गत धर्ना जारी छ। जिल्ला महिला अधिकारकर्मीहरूले दुई दिनदेखि सहीद चोकमा धर्ना बसेका हुन्। धर्नामा सहभागीहरूले ‘बहुविवाह सहदैनौं’, ‘नारी शोषण बन्द गर’, ‘महिलाको संवैधानिक अधिकार सुनिश्चित गर’, ‘मेरो शरीर मेरो अधिकार’ जस्ता नारा लेखिएका पर्चा बोकेका थिए। सरकारले बहुविवाहलाई बढावा दिने गरी नयाँ कानून ल्याउन […]

बागमती मुख्‍य समाचार समाज

सेलेघाट–रामेछाप–साँघुटार सडकको समस्या समाधान गर्ने सडक आयोजना र निर्माण कम्पनी प्रतिबद्ध

रामेछाप । रामेछापबाट ओखलढुङ्गा जोड्ने सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पार्दा सो सडकमा गुड्ने यातायात साधन र यात्रुले हैरानी खेपेको विषयलाई लिएर भएको छलफलमा निर्माण कम्पनीले समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको छ। पुरानो संरचना भत्काएर लथालिङ्ग पारिदिँदा रामेछाप र ओखलढुङ्गाको लिखु किनार हुँदै काठमाडौं आउजाउ गर्ने सवारी साधन सञ्चालनमा कठिनाइ भएको थियो। अवस्था गम्भीर […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

युक्रेनी सैन्य केन्द्रहरुमा रुसको आक्रमण, १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको दाबी

काठमाडौं । युक्रेनी सैन्य केन्द्रहरुमा रुसले आक्रमण गर्दा १३०० भन्दा बढी युक्रेनी सैनिक मारिएको रुसले दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको प्रतिवेदन अनुसार, विगत २४ घण्टामा, रुसी सेनाले खार्कोभ, जापोरिजिया र खेरसन सैनिक केन्द्रहरूमा आक्रमण गरेको छ । जसमा १,३०० भन्दा बढी युक्रेनी सैन्य कर्मचारीहरू मारिएका छन् र घाइते भएका छन् । […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजानिक गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ६१ पैसा कायम भएको छ। यस्तै,युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हालमनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कमजोर रहेको छ । यद्यपी बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा […]

बागमती मनोरन्जन मुख्‍य समाचार

जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ प्रिमियर सम्पन्न ,भोलीदेखि प्रदर्शनमा

काठमाडौं । चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को ग्राण्ड  प्रिमियर शो सम्पन्न भएको छ। चलचित्रले प्रिमियरमा पुगेका अधिकांशको मन जितेको छ । बुधबार नयाँ बानेश्वर स्थित वान सिनेमाजमा आयोजना गरिएको प्रमियरमा चलचित्र हेर्न पुगेका अधिकांश व्यक्तिहरु भावुक भएर फर्किए । प्रिमियरमा अग्रज कलाकार शुनिल थापा, वरिष्ठ छायांकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार सूचना प्रविधि

अन्तर्राष्ट्रिय ब्राण्ड बिल्डिङ्ग, मार्केटिङ्ग र कम्युनिकेशन कन्फ्रेन्स– ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुँदै

काठमाडौं । ब्राण्ड बिल्डिङ्ग, ब्राण्ड पोजिसनिङ्ग, मार्केटिङ्ग, स्टोरीटेलिङ्ग सँगै क्रियटिभ दुनियाका व्यवसायिक व्यक्ति तथा जिज्ञासुहरु सहभागी हुने ब्राण्ड्स एण्ड वियोण्ड–२०२५ आयोजना हुने भएको छ । कार्यक्रमको आयोजना यहि भाद्र १९ र २० गते ललितपुरको द प्लाजामा हुने भएको छ । ब्राण्ड गफले दोस्रो संस्करणको रुपमा सञ्चालन गर्न लागेको यो अन्तर्राष्ट्रिय कन्फ्रेन्स सन् २०२४ मा पहिलो […]