गौरा–बलानपट्टि सडक निर्माण गरिँदै
बोदेबरसाईन सप्तरी, ९ भदौः यहाँको बोदेबरसाईन नगरपालिका–३ गौरा, सारस्वर, मधुवन हुँदै बलान बिहुल गाउँपालिकाको बलानपट्टि जोड्ने सडक निर्माण हुने भएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच मधेस प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंहले उक्त सडकको शिलान्यास गरे । सिंहले जनताको सहयोगका कारण आफू निर्वाचित भएकाले जनताको हित र अधिकार तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताए । […]











