२७ असार २०८३, शनिबार
बागमती मुख्‍य समाचार समाचार

आजदेखि  अष्ट्रेलियन एजुकेशन फेयर २०२५ सुरु, ५ दिनसम्म चल्ने

काठमाडौँ । अष्ट्रेलियन एजुकेशन फेयर २०२५ आजदेखि सुरु भएको छ । अध्ययनका लागि अष्ट्रेलिया जाने बिद्यार्थीहरुलाई लक्षीत गर्दै काठमाडौँको नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेशन कन्सलट्यान्सीले फेयरको आयोजना गरेको हो । फेयरमा अष्ट्रेलियाका विभिन्न कलेजहरुका प्रतिनिधीहरुकै उपस्थितीमा कुन शहरका कुन विश्वबिद्यालयमा जाँदा बिद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइने तथा हरेक अप्ठ्यारा परिस्थितीहरुको सामना कसरी गर्ने भन्ने विषयमा समेत विश्वबिद्यालयका  प्रतिनिधि र काउन्सलरहरुले जानकारी दिने  गोरेटो एजुकेशन कन्सलट्यान्सीका सिनियर काउन्सलर प्रकाश रेग्मीले जानकारी दिए । ५ दिनसम्म चल्ने फेयरमा अष्ट्रेलियामा रहेका विश्वबिद्यालयहरुको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरहरुबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा पनि जानकारी दिइनेछ । फेयरमा उपस्थित हुने बिद्यार्थीहरुमध्ये १० भन्दा बढी बिद्यार्थीलाई आईएलट्स, टोफेलको निशुल्क व्यबस्था गरिने आयोजकले जनाएको छ ।  फेयरमा राष्ट्रिय स्तरका कलाकारहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।  

मधेश मुख्‍य समाचार समाचार

बलान नदीमा डुबेर बालक बेपत्ता

सिरहा, २७ साउनः यहाँको सखुवानन्कारकट्टी गाउँपालिका–३ स्थित परीयारपुरका शिवकुमार यादवका १४ वर्षीय घनश्याम यादव बलान नदीमा डुबेर बेपत्ता भएका छन् । सोमबार बिहान नुहाउने क्रममा डुबेका घनश्यामको खोजी कार्य जारी रहे पनि साँझसम्म फेला परेका छैनन् । बिहानैदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी सहित खोजतलासमा तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालन गरिएको सशस्त्र प्रहरी […]

बागमती मुख्‍य समाचार समाचार

प्रधानमन्त्रीद्वारा युवा दिवसको शुभकामना

काठमाडौँ, २७ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय युवा दिवसको शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज दिवसका अवसरमा सामाजिक सञ्जालमार्फत युवाहरूलाई शुभकामना दिएका हुन् । “आज अन्तरराष्ट्रिय युवा दिवस । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले युवाहरूको योगदान, अधिकार र अवसरको सम्मान गर्ने दिनका रूपमा हरेक वर्ष अगस्ट १२ लाई युवा दिवस घोषणा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा युवाहरुले आफूलाई उभ्याउनु पर्छ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली युवाहरुले सामाजिक न्यायसहितको समृद्ध नेपालका पक्षमा आफूलाई उभ्याउने विश्वास लिएको बताएका छन् । मंगलबार अन्र्तराष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना दिदैँ उनले गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौती हल गर्दै दिगो विकासका लक्ष्य प्राप्ती तथा त्यसपछिको अवस्थाका लागि युवा समुदायको पहलकदमीलाई आत्मसात गर्दै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज अन्तर्राष्ट्रिय युवा दिवस विश्वभर मनाइँदैछ

काठमाडौं । आज अन्तर्राष्ट्रिय युवा दिवस संसारभर विभिन्न कार्यक्रमहरु गरि मनाइँदैछ । हरेक वर्ष  अगस्त १२ का दिन व्यक्ति, परिवार, समुदाय, राष्ट्र र विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउनका लागि संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यसवर्ष पनि अन्तर्राष्ट्रिय युवा दिवस २०२५को ‘दिगो विकास लक्ष्य र त्यसभन्दा बाहिरका लागि स्थानीय युवा कार्यहरू’ भन्ने नाराका साथ […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर १३९ रुपियाँ ९६ पैसा र बिक्रीदर १४० रुपियाँ ५६ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपियाँ २० पैसा र बिक्रीदर ९१ रुपियाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपियाँ ६१ पैसा […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : मधेस, कोशी र बागमती प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर नेपालको तराई नजिक रहेको छ । जसका कारण आज देशभर मौसम बदली रही देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । यस्तै, आज दिउँसो देशभरको मौसम सामान्य बदली रही देशका पहाडी भू–भागका अधिकांश स्थान र मधेस प्रदेशलगायत अन्य […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

तेक्वान्दो निर्णायक काजाकिस्तान प्रस्थान

काठमाडौं । काजाकिस्ताको अस्तानामा हुने काजाकिस्तान खुला तेक्वान्दो प्रतियोगिता (जि १) मा निर्णायकको भूमिका निर्वाह गर्न २ अन्तर्राष्ट्रिय निर्णायक त्यसतर्फ प्रस्थान गरेको छन् । अगष्ट १३ देखि १६ तारिखसम्म हुने प्रतियोगितामा विक्रम खड्गी र विकेश विडारीले निर्णायकको भूमिका निर्वाह गर्ने छन् । दुवैलाई एसियाली तेक्वान्दो युनियन (एटीयू) बाट छनोट भएको बताइएको छ । खड्गी र […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (मंगलबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २५ रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ […]

बागमती मुख्‍य समाचार समाचार

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५  का  ग्लोकल २० अन्डर २० सार्वजनिक

काठमाडौं । नेपालको प्रतिष्ठित ग्लोकल टीन हिरो २०२५ को आयोजक ग्लोकल प्रा.लि ले यस वर्षका ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक गरेको छ । यस वर्षको छनोट नेपालभरका युवाहरूको असाधारण प्रतिभा, दूरदृष्टि र नेतृत्व क्षमता प्रदर्शन गर्ने उत्कृष्ट आवेदकहरूमध्येबाट गरिएको हो । किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई […]

खेलकुद बागमती मुख्‍य समाचार

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बहादुर बुढा

काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को फ्रेन्चाइज टोली काठमाडौं स्पाइकरको नयाँ मुख्य प्रशिक्षकमा लोकबहादुर बुढा नियुक्त गरिएको छ । खेलाडी र प्रशिक्षकको भूमिकामा लामो समयदेखि काम गर्दै आएका लोक पहिलो पटक फ्रेन्चाइज भलिबल लिगमा प्रशिक्षक बनेका हुन् । यसअघि पहिलो संस्करणमा काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक समेत […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अन्तर्राष्ट्रिय युवा दिवस : नेपालमा केही हुँदैन भन्ने गलत भाष्य हटाउनुपर्छ

काठमाडौं ।  युवा अभियन्ता एवम अधिकारकर्मी तिलोत्तम पौडेलले नेपाली युवाहरुमा नेपालमा केही पनि सम्भव छैन भन्ने भाष्य सिर्जना हुँदै गएको बताएका छन् ।  नेपाल न्यूज बैंकसँग युवा दिवसको अवसरमा कुरा गर्दै उनले अन्तिम विपल्प भनेको बिदेश जाने हो, नेपालमा कसैले पनि केही गर्न सक्दैन भन्ने खालको गलत भाष्य निर्माण भइरहेको बताए । उनले भने, ‘नेपाली […]