१३ असार २०८३, शनिबार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रतिपक्ष कमजोर हुँदा सडकबाट आवाज उठाइरहेका छौं : दुर्गा प्रसाईँ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले वर्तमान राजनीतिक परिस्थितिमा प्रतिपक्ष कमजोर बनेको भन्दै आफूहरू सडकबाट जनताको आवाज उठाइरहेको बताएका छन् । विशेष पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले देशमा प्रभावकारी प्रतिपक्ष नभएको दाबी गरे । उनले दलहरू भ्रष्टाचारका कारण बोल्न नसक्ने अवस्थामा पुगेको र विभाजित हुँदै गएको आरोप लगाए । […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

धनगढी । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए । दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित […]

खेलकुद समाचार समाज

आईपीएल क्रिकेटमा दिल्लीविरुद्ध कोलकाताको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले सहज जित निकालेको छ । शुक्रबार राति दिल्लीमा सम्पन्न खेलमा दिल्ली क्यापिटल्सलाई ८ विकेटले हराउँदै कोलकाता विजयी भएको हो । दिल्लीले दिएको १ सय ४३ रनको लक्ष्य कोलकाताले १४ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गरेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ज्येष्ठ नागरिकको ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वरिष्ठ नागरिकको ज्ञान, अनुभव र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। मनमोहन स्मृति प्रतिष्ठानद्वारा आयोजित दुईदिने ‘अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक सम्मेलन’लाई सम्बोधन गर्दै उनले पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरे । राष्ट्रपति पौडेलले मनमोहन अधिकारीका नाममा स्थापित प्रतिष्ठानले समाजका ज्येष्ठ नागरिकको ज्ञान र सीप नयाँ पुस्तामा कसरी हस्तान्तरण गर्न […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सर्लाहीका सुकुम्बासी पनि आन्दोलित, सरकारविरुद्ध नाराबाजी

सर्लाही । सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् । बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

कांग्रेसको देशव्यापी चुनावी समीक्षा धनगढीबाट सुरू हुँदै

धनगढी । नेपाली कांग्रेसले सुरू गरेको देशव्यापी चुनावी समीक्षा तथा प्रशिक्षण कार्यक्रम आज सुदूरपश्चिमको धनगढीबाट सुरू हुँदैछ । विहान १० बजेदेखि सुरू हुने चुनावी समीक्षा कार्यक्रममा सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत कांग्रेसका पदाधिकारीको सहभागिता रहने सहमहामन्त्री प्रकाश रसाईलीले बताए । दुई दिनसम्म चल्ने कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका सांसद, पराजित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज कानुन दिवस मनाइँदै

काठमाडौं । आज कानुन दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपालमा प्रधान न्यायालय स्थापना भएको दिनलाई कानुन दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा प्रधान न्यायालय ऐन, २००८ बने पनि त्यसको लागू भने विसं २००९ वैशाख २६ गतेबाट लागू भएको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ गतेको दिनलाई कानुन दिवसका रूपमा मनाउने […]

बागमती मुख्‍य समाचार समाचार

पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित हल्का वर्षा

काठमाडौँ, २६ वैशाख : नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती र गण्डकी प्रदेशलगायत कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भु–भागमा साधारणतया बादल लागेको छ । बाँकी तराई भू–भागमा आंशिक बादल लागेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सत्ता कब्जाको दिशामा सरकार अघि बढ्यो : पूर्व महान्यायाधिवक्ता बडाल

काठमाडौं । पूर्वमहान्याधिवक्ता रमेश बडालले वर्तमान सरकार सत्ता कब्जाको दिशातर्फ उन्मुख भइरहेको आरोप लगाएका छन् । नेपाल बार एसोसिएसनको संवैधानिक समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सरकार स्थापित संयन्त्रलाई कमजोर बनाउने बाटोमा लागेको टिप्पणी गरे । उनले विगतमा सरकार परिवर्तन भए पनि राज्य सञ्चालनको विधि र संस्थागत निरन्तरता कायम रहने गरेको उल्लेख गर्दै अहिले भने […]

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

झापामा रगतको माग उच्च

झापा, २६ वैशाखः नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण रिएक्टिभ फेला परेको छ । सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

एकता छोटो समयका लागि मात्रै हो भन्ने आशंका नगर्नुहोला : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुदन किराँती पक्षबाट आएका सबैलाई हार्दिक स्वागत गर्दै एकले अर्कालाई स्वीकार गरेर अघि बढ्ने समझदारी बनेको जानकारी दिए । शुक्रबार आयोजित राजनीतिक एकता तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले सुदन किराँतीसहितको टोलीलाई स्वागत गर्दै अब आपसी समर्थन र सहकार्यका साथ अगाडि बढ्ने बताएका हुन् । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रधान न्यायाधीश सिफारिसविरुद्ध जेठ ४ गतेसम्म उजुरी दिन सकिने

काठमाडौं । सङ्घीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश डा. मनोज कुमार शर्माविरुद्ध आगामी जेठ ४ गतेसम्म उजुरी दिन सकिने निर्णय गरेको छ। शुक्रबार बसेको समितिको बैठकले संवैधानिक परिषद्बाट प्रधान न्यायाधीशका लागि सिफारिस भएका डा. शर्माको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउँदै उजुरी आह्वान गर्ने निर्णय गरेको हो। समितिका सभापति बोध नारायण श्रेष्ठले संवैधानिक परिषद्बाट […]