९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरता जरुरी छ’

काठमाडौं । असार १५ राष्ट्रिय धान दिवस तथा असार १५ को अवसरमा नेपाली कांग्रेसका सभापति गगन थापाले शुभकामना व्यक्त गर्दै किसानको सम्मान, कृषि आधुनिकीकरण र खाद्य आत्मनिर्भरतामा जोड दिएका छन् । शुभकामना सन्देश जारी गर्दै थापाले नेपाल कृषि प्रधान देश भएकाले कृषि राष्ट्रको सभ्यता, संस्कृति र अर्थतन्त्रको प्रमुख आधार रहेको उल्लेख गरेका छन् । उनले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेर २ लाख ८२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार सुनको मूल्य तोलामा २ लाख ८३ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि घटेको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

धितोपत्र बोर्डका अध्यक्ष भट्टले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष भट्टलाई अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले औपचारिक रूपमा शपथ ग्रहण गराएका हुन् । असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । शपथपछि अर्थमन्त्री वाग्लेले पुँजी बजारमा लगानीकर्ताको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं । राष्ट्रियसभा बैठक आज (सोमबार) बस्ने भएको छ । बैठक सोमबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १३३क को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८३’ सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति नियुक्तिका लागि अन्तर्वार्ता र प्रस्तुतिकरणको तालिका सार्वजनिक 

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न स्वास्थ्य विज्ञान प्रतिष्ठानका रिक्त उपकुलपति पदमा नियुक्तिका लागि छनोट भएका उम्मेदवारहरूको अन्तर्वार्ता तथा प्रस्तुतिकरणको तालिका सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले सूचना जारी गर्दै छनोट भएका उम्मेदवारहरूले तोकिएको कागजातहरूको सक्कल प्रति साथमा लिई असार १६ र १७ गते हुने अन्तर्वार्तामा अनिवार्य रूपमा उपस्थित हुन आग्रह गरेको हो । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

जहाँ धान फल्दैन, त्यहाँ कसरी मनाइन्छ असार १५ ?

काठमाडौं । नेपालमा आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर विविध कार्यक्रम गरी मनाइँदैछ । तर, यो हिलो र रोपाइँको रन्को तराईका फाँट र पहाडका गरामा मात्र सीमित छैन; जहाँ धान फल्दैन, त्यहाँ पनि रैथाने स्वाद र मौलिकताका साथ धान दिवस उत्तिकै बडो उत्साहका साथ मनाइँदैछ । धान दिवस नेपालमा प्रत्येक वर्ष असार १५ […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो । यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आज राष्ट्रिय धान दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय धान दिवस मनाइँदै छ । प्रत्येक वर्ष असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाउने गरिन्छ । कृषि प्रधान देश नेपालको अर्थतन्त्र, खाद्य सुरक्षा, संस्कृति र किसानको जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । धान खेतीको महत्वलाई उजागर गर्न यो दिवस मनाउने गरिन्छ । धान नेपालीको मुख्य खाद्यान्न बाली हो । नेपालको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सांस्कृतिक पर्व असार १५ः धान दिवससहित दही चिउरा खाएर मनाइँदै

काठमाडौँ, १५ असारः प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार

हामी लडेका छौँ, मरेका होइनौँ, फेरि उठेर प्रतिगमनलाई पराजित गर्छौँ :ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले निर्वाचनमा धक्का खाए पनि समाप्त नभएको भन्दै फेरि उठेर प्रतिगमनलाई पराजित गर्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै ओलीले जननेता मदन भण्डारीले छोटो समयमै नेपाली कम्युनिष्ट आन्दोलनमा असाधारण योगदान दिएको बताए। ‘उहाँको जीवनकाल छोटो रह्यो। छोटो समयमै उहाँले असाधारण […]

बागमती मुख्‍य समाचार विशेष समाचार

निजी च्याट सार्वजनिक भएपछि सुजन चापागाईंले मागे माफी, फेक सामग्री फैलाएको भन्दै कानुनी कदम चाल्ने

काठमाडौं । गायक सुजन चापागाईं यतिबेला सामाजिक सञ्जालमा सार्वजनिक भएका निजी च्याटका स्क्रिनसट र भिडियोका कारण विवादमा परेका छन् । पछिल्ला दिनहरूमा टिकटक, इन्स्टाग्राम र रेडिटलगायत प्लेटफर्ममा उनीसँग सम्बन्धित भनिएका विभिन्न च्याट सामग्री भाइरल बनेका छन् । सार्वजनिक भएका केही च्याटमा दोहोरो अर्थ लाग्ने तथा अनुपयुक्त शब्दहरूको प्रयोग भएको देखिन्छ । साथै केही किशोरीहरूले पनि […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ, १५ असारः मुलुकका केही स्थानमा मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण भू–भाग, गण्डकी प्रदेशको केही भू–भाग र लुम्बिनी प्रदेशको पूर्वी भू–भागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव कायम भने अन्य भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ […]