१२ असार २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गयो : ऐन महर

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा देखिएको उपस्थिति र व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठाएका छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले १४२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहितका चर्चित अनुहारहरूको उपस्थिति र १०–१२ हजारको भीडलाई ‘ठूलो कुरा’ मान्न नसकिने बताए ।

‘फेसबुक फ्यान फलोअर्स’ को आधारमा मात्रै पार्टी सञ्चालन हुन नसक्ने जिकिर गर्दै उनले चार हजार भन्दा बढी प्रतिनिधिहरू र सात दिनसम्म पनि महाधिवेशन नसक्नुलाई अस्वभाविक र कमजोर व्यवस्थापनको संज्ञा दिए ।

उनले महाधिवेशनमा देखिएको ढिलासुस्तीका कारण प्रत्यक्ष रूपमा जनताका कामहरू प्रभावित भएको भन्दै कडा आलोचना गरेका छन् ।

उनले भने, ‘अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन ।’

हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको उनको दाबी छ । यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको महरको ठहर छ ।

पूरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भन्दै जनतामा भ्रम छर्न खोजेको आरोप लगाउँदै महरले रास्वपाको कार्यशैलीमाथि प्रहार गरका छन् । हचुवामा निर्णय गर्ने र नेतृत्वको क्षमता प्रदर्शन गर्न नसक्ने प्रवृत्तिले कार्यकर्ता र जनतामा नकारात्मक प्रभाव पार्ने उनले बताए । छोटो समयमै ठूलो चर्चा बटुलेको रास्वपाले महाधिवेशन जस्तो महत्त्वपूर्ण अवसरमा देखाएको यस्तो दृश्यले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि प्रश्न उठाएको छ ।

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।