९ आश्विन २०८३, शुक्रबार
बागमती मुख्‍य समाचार विशेष समाचार

आजको मौसम : कोशी प्रदेशका पहाडी र तराई भूभागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भूभाग, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भूभागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा ३-४ दिनमा मनसुन बिस्तार […]

बागमती मुख्‍य समाचार विशेष समाचार

नेपालमा रहेको  प्रशस्त पूँजीलाई लगानीमा बदल्न अमेरिकी क्रस रिभर बैंकले थाल्यो छलफल 

काठमाडौं । अमेरिकाको अत्याधुनिक वित्तीय पूर्वाधार निर्माणमा अग्रणी संस्था क्रस रिभर बैंकले नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्न एक अभियान सुरु गरेको छ। हाल नेपालमा रहेका उक्त बैंकका दुई वरिष्ठ अधिकारीहरूले शुक्रबार होटेल म्यारियटको एक सभा कक्षमा नेपालका प्रमुख वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरु, निजी इक्विटी तथा भेञ्चर क्यापिटल लगानीकर्ता, जलविद्युत् विकासकर्ता, फिनटेक उद्यमी, गैरआवासीय नेपाली लगानीकर्ता तथा […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

राप्रपालाई समाप्त पार्न देशी–विदेशी शक्तिको घेराबन्दी छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको महाधिवेशन आगामी मंसिर २६, २७ र २८ गते काठमाडौंमा नै हुने बताएका छन् । काठमाडौं जिल्ला अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले महाधिवेशन तोकिएकै मितिमा हुने र त्यो परिवर्तन हुने कुनै सम्भावना नरहेको बताए । उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन मंसिर […]

बागमती मुख्‍य समाचार विशेष समाचार

भारतमा सडकको नाम नै ‘डोनाल्ड ट्रम्प एभेन्यु’, ट्रम्पले दिए धन्यवाद

एजेन्सी । भारतको हैदराबादमा एउटा सडकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नामबाट नामाकरण गरिएको छ । हैदराबादस्थित अमेरिकी वाणिज्य दूतावाससँग जोडिएको सडकलाई ‘डोनाल्ड ट्रम्प एभेन्यु’ नामकरण गरिएको हो । सो सडकमा हालै भारतका लागि अमेरिकी राजदूत सर्जियो गोर र तेलंगानाका उपमुख्यमन्त्री मल्लु भट्टी विक्रमार्काले संयुक्त रूपमा एक स्मारकको अनावरण गरेका थिए । अमेरिकाको स्वतन्त्रताको २५०औँ वार्षिकोत्सवको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले सरकारले पेट्रोल र डिजेलको प्रयोग घटाउन विद्युतीय गाडीमा सहुलियत दिनु पर्नेमा उल्टो विद्युतीय गाडीमा कर लगाएर उल्टो बाटोमा हिँडेको बताए । त्यस्तै शिक्षा र स्वास्थ्यमा भ्याट लगाउने कुरा पनि जनविरोधी […]

बागमती मुख्‍य समाचार विशेष समाचार

याङ्गो प्रो द्वारा बागमती प्रदेशको राजधानी हेटौँडामा सेवा विस्तार

हेटौँडा । राइड शेयरिङ प्लेटफर्म याङ्गो प्रोले बागमती प्रदेशको राजधानी हेटौँडामा आफ्नो सेवा विस्तार गरेको छ । सेवा विस्तारसँगै हेटौँडा क्षेत्रमा यात्रुहरूले मोबाइल एपमार्फत सहज रूपमा सवारी बुक गर्न सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेवा सञ्चालनसँगै सुरक्षित, भरपर्दो तथा सहज यात्रालाई प्राथमिकता दिइनेछ । साथै स्थानीय स्तरमा रोजगारी तथा सेवा पहुँच […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोलीमा नरहने पुष्टि गरेका छन् । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका छन् । ती दुई जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि अल्पसूचीमा समावेश उम्मेदवारहरूको अन्तर्वार्ता तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रम आजदेखि प्रारम्भ भएको छ । विश्वविद्यालयका उपकुलपति छनोट तथा सिफारिस समितिद्वारा स्वीकृत पूर्वनिर्धारित कार्यतालिका अनुरूप तीनवटै विश्वविद्यालयका उम्मेदवारहरूको अन्तर्वार्ता तथा मूल्याङ्कन प्रक्रिया समानान्तर रूपमा सञ्चालन गरिएको हो । उच्च शिक्षाको गुणस्तरीय रूपान्तरण, विश्वविद्यालयहरूको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा भनेकै रवि, रवि भनेकै रास्वपा : एमाले महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको चुनावी परिणामलाई लिएर टिप्पणी गर्दै रास्वपा अझै संगठनात्मक रूपमा परिपक्व राजनीतिक दल बन्न बाँकी रहेको बताएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै महासचिव पोखरेलले रास्वपाले विगतमा उठाएको ‘नो भोट’ को मुद्दा स्मरण गराउँदै महाधिवेशनको नतिजामाथि व्यंग्य गरेका हुन्। उनले लेखेका छन्, ‘हिजो ‘नो […]

बागमती मुख्‍य समाचार विशेष समाचार

एआइको युगमा मानिसका प्रश्नहरू अझै उस्तै छन्

एक हप्ता विश्वका अग्रणी एआइ (कृत्रिम बुद्धिमत्ता) विशेषज्ञ, क्लाउड आर्किटेक्ट, स्टार्टअप संस्थापक र प्रविधि नेताहरूसँग बिताएपछि पनि मेरो मनमा सबैभन्दा गहिरो छाप छोड्ने संवाद त्यो थियो । जसमा एआइको चर्चा नै भएको थिएन । त्यो संवाद कुनै सम्मेलन हलमा भएको थिएन । त्यो ३५ घण्टाको रेलयात्रामा भएको थियो । सियाटलमा आयोजित ‘एडब्लुएस एम्ब्यासडर ग्लोबल समिट […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आजको मौसमः कोशीमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनको प्रभाव क्रमशः विस्तार हुँदै गएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै क्षेत्र तथा गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा मनसुन सक्रिय रहेको छ । साथै, आगामी चारदेखि पाँच दिनभित्र गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका बाँकी क्षेत्रमा पनि मनसुन फैलिने […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार

फिफा विश्वकप : इराकमाथि सेनेगलको ५–० को शानदार जित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा इराक १० खेलाडीमा सीमित भएपछि सेनेगलले त्यसको पूरा फाइदा उठाउँदै ५–० को प्रभावशाली जित निकालेको छ। फराकिलो जितसँगै सेनेगलले नकआउट चरण पुग्ने सम्भावना जीवित राखेको भए पनि अन्तिम निर्णय अन्य समूहका नतिजामा निर्भर रहनेछ। टोरन्टोमा शनिबार बिहान सम्पन्न खेलमा इराकले १३औँ मिनेटमै रेबिन सुलाकाले […]