१७ आश्विन २०८३, शनिबार
कर्णाली मुख्‍य समाचार विशेष समाचार समाचार

जेन–जी आन्दोलनमा कर्णाली प्रदेशसभामा करोडौको क्षती

सुर्खेत । भ्रष्टाचारविरुद्ध युवाहरूले गरेको आन्दोलनका क्रममा कर्णाली प्रदेश प्रदेश सभामा ठूलो भौतिक क्षति भएको छ ।   आन्दोलनमा उत्रिएका युवाहरूले भदौ २४ गते कर्णाली प्रदेशसभालाई कब्जामा लिएर पूर्ण रूपमा ध्वस्त पारेका थिए । आगजनी र तोडफोडका कारण प्रदेशसभा भित्रका भौतिक संरचनाका साथै महत्वपूर्ण कागजात पूर्ण रूपमा नष्ट भएका छन् । प्रदेशसभा परिसरमा तोडफोड र […]

कोशी मुख्‍य समाचार विशेष समाचार

कोइराला निवासको खरानीमाथि उभिएर युवाहरु भन्छन् ः विचार कसैले मार्न सक्दैन्’ 

विराटनगर । जेनजी आन्दोलनमा अराजक समूहले आगो लगाउँदा १२० वर्षको राजनीतिक इतिहास बोकेको विराटनगरस्थित कोइराला निवासका अधिकांश सामग्री र संरचना खरानीमा परिणत भए । सोही निवासमा टेकेर राजनीतिको सुरुतात गर्नेदेखि लोकतन्त्रमा आस्था राख्नेहरु निवासको अवस्था हेर्न र बुझ्न दैनिकजसो भीड जम्मा भइरहेको छ । नेपाल विद्यार्थी संघका मोरङ जिल्ला सभापति सरोज पोखरेल भन्छन्, ‘भौतिक संरचना मरेको हो । तर लोकतन्त्रप्रति विश्वास, संघर्षको विचार र जनताको अधिकारप्रतिको चेतना कहिल्यै मर्दैन ।’ यो निवास नेपालका तीन प्रधानमन्त्री मातृकाप्रसाद, बीपी र गिरिजाप्रसाद कोइरालाको जन्मथलो मात्रै थिएन यो स्वतन्त्रता, लोकतन्त्र र समानताको आन्दोलनको जीवित प्रतिक थियो । नेतृ विजयता अधिकारी भन्छिन्, ‘आँखा अगाडि हाम्रो धरोहर खरानी भयो । प्रहरी र दमकल ढिलो आए । तर यो विचारलाई कसैले पनि खरानी बनाउन सक्दैन । त्यस्तै, पूर्वउपमेयर इन्दिरा कार्कीको मन भारी छ, ‘मन्दिर सरहको स्थल गुम्यो । तर हामीसँग अझै इतिहासको आत्मा बाँकी छ ।’ पूरानो संरचना पूर्ण रूपमा नष्ट भएपनि पछिल्लो भाग केही अंश बाँकी छ । यहाँ बस्दै आएका कांग्रेस नेता डा.शेखर कोइरालाले पुनर्निर्माण थालिसकेका छन् । तर, अझ ठूलो पुनर्निर्माण भने विश्वास र विचारलाई जोगाइराख्नुमा छ ।  

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती जडान

कञ्चनपुर, २ असोजः वन्यजन्तु नियन्त्रणका लागि शुक्लाफाँटा नगरपालिका–७ मा ५८ स्वचालित सेन्सरयुक्त बत्ती जडान गरिएका छन् । बत्ती जडान भएपछि बस्तीमा पसेर क्षति गर्ने जङ्गली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ । समितिका अध्यक्ष भरतबहादुर विष्टका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

मेरो घर मात्र होइन राजनीतिक मन्दिर जलाइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ०४६ सालको जनआन्दोलनमा कार्यगत एकता गर्दै अन्य दलहरुलाई पनि समावेश गराएर राष्ट्रिय एकताका लागि खेलेको आफ्नो नीजि निवास जलाइएकोमा दुःख व्यक्त गरेका छन् । विहीबार आफ्नो जलेको घरको अवलोकन गर्दै उनले नेपाली कांग्रेसका इमानदार नेताहरुको घर जलाउनुको कारण ०४६ सालमा कांग्रेसले खेलेको भूमिकालाई मेटाउन रहेको बताए […]

अर्थ मधेश मुख्‍य समाचार समाचार

दुई महिनामा ३९ अर्ब १५ करोड राजस्व सङ्कलन

वीरगञ्ज पर्सा, २ असोजः वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको दुई महिनामा रु ३९ अर्ब १५ करोड ५५ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार विभागले चालु आवको दुई महिनासम्म कार्यालयलाई रु ४३ अर्ब तीन करोड राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेकामा सो अवधिमा लक्ष्यको ९० दशमलव ९९ प्रतिशत राजस्व सङ्कलन गरेको हो । वीरगञ्ज […]

बागमती मुख्‍य समाचार समाचार

संविधान दिवसमा टेलिकमको अफर

काठमाडौँ, २ असोजः संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ । यसअन्तर्गत रु […]

गण्डकी मुख्‍य समाचार समाज

सुनसान ‘कर्लिम गाउँ’

ढोरपाटन बागलुङ, २ असोजः “यति धेरै जग्गाजमिन सबै बाँझो भयो, गाउँभरिका घर सबै रित्तिए, दुःख पर्दा सहायता दिने छिमेकी पनि छैनन्, बागलुङ काठेखोला गाउँपालिका–५ कर्लिमका तिलबहादुर कँडेल भन्छन् । उहाँलाई अचेल एक्लो महसुस हुँदै गएको छ । कँडेललाई छरछिमेकी गाउँबाट बसाइँसराइ गरेर सहर झरेपछि कर्लिम गाउँ रित्तो बनेकामा निकै दुःख लागिरहेको छ । कुनै बेला […]

कोशी मुख्‍य समाचार समाचार

प्राविधिक शिक्षामा जोड दिँदै भोजपुरका सामुदायिक विद्यालय

भोजपुर, २ असोजः भोजपुरका सामुदायिक विद्यालयहरूले प्राविधिक शिक्षामा जोड दिएका छन् । शिक्षालाई व्यावहारिकसँगै रोजगारमूलक बनाउने लक्ष्यले प्रविधिमैत्री शिक्षामा जोड दिन थालिएको हो । भोजपुरका अधिकांश माध्यमिक तहका अधिकांश सामुदायिक विद्यालयले व्यावहारिक र जीवन उपयोगी शिक्षा दिँदै आएका छन् । प्राविधिक शिक्षा लिन चाहने विद्यार्थीका लागि कक्षा ९ बाट कक्षा १२ सम्म यो शिक्षा लिने […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

‘चाडपर्व छोडेर काम खोज्न भारत’

दोधारा चाँदनी कञ्चनपुर, २ असोजः हिन्दू नेपालीहरूको महान् चाड दसैँ आउन एक साता मात्रै बाँकी छ । यतिबेला दसैँ मनाउनका लागि देश विदेशबाट आफ्नो घर फर्किंदैछन् । सुदूरपश्चिममा भने दसँैको मुखमा काम खोज्दै भारत जानेहरूको लर्को छ । विगतमा यस बेलासम्म रोजगारीका लागि भारतमा रहेका नेपालीहरू यहाँको गड्डाचौकी नाका भएर घर फर्किने क्रम बढिसकेको हुन्थ्यो […]

कोशी मुख्‍य समाचार समाचार

धार्मिक तथा सांस्कृतिक सम्पदाहरुको जगेर्ना जरुरी

टक्सार भोजपुर, २ असोजः विसं १८७२ मा तत्कालीन राजा गीर्वाणयुद्ध विक्रम शाहको पालमा नेपालमै एक मात्र टक काट्ने स्थल भोजपुरको ऐतिहासिक टक्सार बजार स्थापना गरिएको इतिहास छ । यो सहरका मुख्य पहिचानका रूपमा यहाँ ऐतिहासिक धार्मिक तथा सांस्कृतिक महत्त्वका मठमन्दिरहरू रहेका छन् । टक्सार बजार र आसपासमा २० वटाभन्दा बढी धार्मिक तथा सांस्कृतिक स्थलहरू छन्, […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

जनजीवन पुरानै लयमा फर्किंदै

सिरहा, २ असोजः जेनजी प्रदर्शनपछि अस्तव्यस्त बनेको सिरहाको जनजीवन र सरकारी सेवा प्रणाली बिस्तारै लयमा फर्किंदैछ । जिल्ला प्रशासन कार्यालयले गत भदौ २६ मा सबै कार्यालयलाई समन्वय गरी २९ गतेदेखि सेवा सुरु गर्न निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीका अनुसार बुधबारदेखि जिल्ला प्रशासन कार्यालयले पूर्ण सेवा सञ्चालनमा ल्याएको छ । उनका अनुसार […]

गण्डकी मुख्‍य समाचार समाचार

कालीगण्डकी करिडोरः २३४ किमी कालोपत्र, ३६ वटा पुल निर्माण

गलकोट बागलुङ, २ असोजः राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक काम भएको छ । आयोजना सुरु भएको १६ वर्षमा करिडोरअन्तर्गत उक्त खण्डमा पर्ने २९३ किमीमध्ये २३४ किमी सडक कालोपत्र, ३६ वटा पुल निर्माणसम्पन्न भएका छन्भने छवटा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । गैँडाकोट–राम्दी–मालढुङ्गा सडक योजना पाल्पाको तथ्याङ्कअनुसार […]