१७ आश्विन २०८३, शनिबार
बागमती मुख्‍य समाचार विशेष समाचार

श्रीमती हुँदा कहिल्यै ग्लानी भएन, तर पेसामा आत्मग्लानी भयो

काठमाडौं । नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् । बिहीबार काठमाडौंमा आयोजित महिला सरकारी वकील सम्मेलनलाई सम्बोधन गर्दै उनले पेसागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् । ‘विवाह गरेँ, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेसामा आउँदा भने पटक–पटक आत्मग्लानी भएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

 उर्जामन्त्री घिसिङको अभियानका लागि रोल्पाका ओलीले पठाए एकसय रुपैंयाँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र भत्किएका संरचनाहरु सबैले मिलेर बनाउनपर्ने भनेर आवाह्न गरेलगतै आर्थिक सहयोग संकलन हुन थालेको छ । त्यसका लागि रोल्पाका तेज विक्रम ओलीले एक सय रुपैंयाँ दिएर अभियान सुरु गरेका हुन् । जेन–जी प्रदर्शनका क्रममा आगजनी भएको संसद भवनको निरीक्षण गर्दै मन्त्री घिसिङले क्षति भएका सबै संरचना सबैले मिलेर बनाउनुपर्ने बताएका थिए । उक्त अभियानलाई साथ दिँदै रोल्पाका ओलीले रु १०० दिँदै सानो हात, ठूलो साथ भन्दै एक पटकको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुने बताएका छन् । ओलीले आफ्नो सामाजिक सन्जाल फेसबुकमार्फत लेख्दै भनेका छन् ः ‘एकपल्टको खाजा वा मोबाइल रिचार्ज बराबरको खर्च तर यसको परिणाम………?  देशको पुनर्निर्माण र भरोसाको पुनर्जन्म यहीँबाट हुनेछ । आजपनी हामी पराईको हात थापेर वा मागेर पुनः निर्माण गर्ने सपना देख्छौ भने परनिर्भर र पराधिन हुनुपर्नेछ! यसर्थ हामी स्वाभिमान र आत्मनिर्भर बन्नुपर्ने बेला भएको छ । सानो सहयोग पनि ठूलो परिवर्तनको जग हुन सक्छ । हामी तीन करोड नेपालीले हातेमालो गर्ने हो भने, देशलाई फेरि उठ्न बाट कसैले रोक्न सक्दैन । हामीले यत्ति भन्नु पर्छ कि, देश हामी सबैको हो, बनाउने पनि हामीले नै हो! यदि प्रत्येकले रु. १०० दियौंभने, एकैपल्टमा ३ अर्ब रुपैयाँ जुट्छ र हामी सबैको साझा लगानीमा पुनः ठडिने छ,सिंहदरबार ! एउटा खाता खोल्यौ – देशको लागि । अब, एउटा सन्देश फैलाऔं – जिम्मेवारीको । एउटा कदम चालौं – आशाको । अरु ‘कोही’ होइन, हामी सबै मिलेर गर्नुपर्छ’ ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

किसुनजी को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

काठमाडौं । पद, पैसा र ‘पावर’को मोह त्यागेर आदर्श, निष्ठा र कर्मलाई अँगाल्ने दुर्लभ राजनीतिज्ञ थिए कृष्णप्रसाद भट्टराई । नेपालको राजनीतिक इतिहासमा प्रधानमन्त्री र सभामुख जस्ता उच्च पदमा पुगेका भट्टराईको जीवनशैली, त्याग, तपस्या र इमान्दारिता आज पनि नेपाली राजनीतिमा प्रेरणाका स्रोत बनेका छन् । जहानियाँ राणा शासनको अन्त्य गरी प्रजातन्त्रको स्थापना गर्न नेतृत्वदायी भूमिका खेलेका […]

बागमती मुख्‍य समाचार विशेष समाचार

अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओम प्रकाश अर्यालले अहिलेको सरकारको मुख्य काम नै निर्वाचन गराउनु रहेको बताएका छन् । बिहिबार निर्वाचन आयोगमा भएको छलफलमा बोल्दै उनले निर्वाचन आगोगलाई कुनै पनि सरकारले र्निदेशन दिन नमिल्ने भन्दै  सरकारको तर्फबाट पनि सबैलाई समेटेर निर्वाचन गर्न पर्ने देखिएको बताएका छन् । उनले अहिले निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंका नराख्न र […]

बागमती मनोरन्जन मुख्‍य समाचार

अस्कर अवार्डमा नेपालबाट ‘अञ्जिला’ सिफारिस

काठमाडौँ, २ असोजः ‘द एकेडेमी अफ् मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गरेका छन् । नेपालस्थित अन्तरराष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’ अन्तर्गत ‘अन्तरराष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ । छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट […]

बागमती मुख्‍य समाचार विशेष समाचार

प्रहरी कार्यालयहरुको मर्मतमा जुटे स्थानीयवासी

भक्तपुर, २ असोजः जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् । जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले […]

बागमती मुख्‍य समाचार विशेष समाचार

जेनजी पुस्ताको आन्दोलन सफल भएको गृहमन्त्रीको दाबी

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगमा भएको छलफलका क्रममा पछिल्लो समयमा देखिएको विद्रोहले सरकारी तथा निजी सम्पत्तिमा गम्भीर क्षति पु¥याएको बताएका छन्  । उनले जेनजी युवा समूहद्वारा सञ्चालित आन्दोलन सफल भएको उल्लेख गर्दै त्यस विद्रोहको क्रममा निर्वाचन आयोगका केही कार्यालय समेत क्षतिग्रस्त भएको जानकारी दिए । गृहमन्त्री अर्यालले भने, ‘अहिले जुन खालको विद्रोह भयो, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

उद्यमी व्यवसायीको मनोवल उकास्नेगरी सुरक्षाको प्रत्याभूति चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष उद्यमी व्यवसायीको मनोवल उकास्ने गरी सुरक्षाको प्रत्याभूति दिलाउन गृहमन्त्री ओमप्रकाश अर्याल समक्ष आग्रह गरेको छ । अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोलीले गृहमन्त्री अर्याल समक्ष सिंहदरवारमा आज भेटवार्ता गरेको हो । गृहमन्त्री अर्याललाई बधाई एवं सफल कार्यकालको शुभकामना दिने क्रममा चेम्बरले निजी लगानी सुरक्षित […]

बागमती मुख्‍य समाचार विशेष समाचार

त्रिपालबाटै मुद्दा सुनुवाई, देशभर २३ वटा अदालतमा क्षति

काठमाडौं । सर्वोच्च अदालतले त्रिपालबाटै भएपनि मुद्दा सुनुवाई भएको छ । बिहीबार सर्वोच्च अदालतको भवन बस्न लायक नभएपछि बाहिर त्रिपालबाटै भएपनि दुईवटा बन्दीहरुको मुद्दाको सुनुवाई गरिएको हो । गत भाद्र २३ र २४ गते भएको जेनजीहरुको आन्दोलनमा प्रदर्शनकारीहरुले सर्वोच्च अदालतमा पनि तोडफोड सहित आगजनी गरेका थिए । सुनुवाईपछि सर्वोच्च अदालतका सहप्रवक्ता एंव उपरजिस्ट्रार निराजन पाण्डेले भदौ २४ गते भएको आगजनी, ताडफोड र लुटपाटका कारण सर्वोच्च अदालतको भौतिक संरचना, आइटीका उपकरणहरु र सवारी साधनहरुमा निकै क्षति भएको भन्दै क्षतिको तथ्यांक निकाल्ने कार्य अझै भइरहेको बताए । यस्तै, उनले भौतिक संरचना नभएको कारण न्यायिक कामलाई रोक्न नमिल्ने भनेर फुल कोर्टबाट बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउने निर्णय भएको भन्दै सोही अनुसार पालबाट भएपनि काम अगाडि बढाएको बताए । उनले भने, ‘क्षति त भइहाल्यो तर न्यायिक कामलाई रोक्न मिल्दैन् । फुल कोर्टबाट एउटा के निर्णय भयो भने बन्दी प्रत्यक्षिकरणको रिट निवेदनबाट न्याय सम्पादनका कामहरुलाई अगाडि बढाउनेपर्छ भन्ने छ । त्यो निर्णय अनुसार निवेदन दर्ता गरेर सुनुवाई प्रक्रिया अगाडि बढाएका हौं । पालबाटै भएपनि हामीले काम गरिरहेका छौ ।’ साथै, हालसम्म देशभर सर्वोच्च अदालत लगायत, विशेष अदालत, उच्च अदालत र जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको पनि उनले जानकारी दिएका छन् । उनले भने, ‘अहिले देशभर सर्वोच्च अदालतलगायत विशेष अदालत, उच्च अदालत, जिल्ला अदालतहरु गरेर समग्रमा २३ वटा अदालतहरुमा क्षति भएको छ । क्षति भएको मध्य केही पूर्ण रुपमा क्षतिग्रस्त छ भने केहीमा सामान्य रुपमा क्षति भएको छ । पूर्ण रुपमा क्षति भएका अदालतको मुद्दालाई सबै जलेका छन् भने सामान्य क्षति भएका अदालतहरुका केही फाइलहरु बाँकी नै छन् । यसको तथ्यांक संकलन गर्ने क्रममा छौ ।’    

कोशी मुख्‍य समाचार विशेष समाचार समाचार

विराटनगरबाट एमाले नेताहरुको आवाज : नेतृत्वमा सुधार आवश्यक

विराटनगर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पार्टी नेतृत्वमा देखिएका कमीकमजोरी सच्याउँदै अगाडि बढ्नु अहिलेको आवश्यकता भएको बताएका छन् । एमाले विराटनगर महानगर कमिटीले बिहीबार आयोजना गरेको महानगर भेला तथा पार्टी कार्यालयमा झण्डात्तोलन कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले २४ गतेको आन्दोलन केवल जेनजेडको मात्र नभई विभिन्न स्वार्थ समूहको पनि […]

कोशी मुख्‍य समाचार समाज

लौकहीमा यात्रु बस र ट्रक ठोक्किँदा २ को मृत्यु, २२ बढी घाइते

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ पुलचोकस्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान यात्रु बस र सडक छेउमा रोकी राखिएको ट्रक ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने २२ भन्दा बढी घाइते भएका छन् । सुनसरी प्रहरी प्रवक्ता योगराज खतिवडाका अनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्रदेश १–०२–००२ ख ०९४९ नम्बरको यात्रु बसले सडक छेउमा बिग्रिएर रोकी राखिएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार

संसद् भवन जलेको नवौँ दिनमा सभामुख अवलोकनमा

काठमाडौं । सभामुख देवराज घिमिरेले जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको संसद भवनको अनुगमन गरेका छन् । आज (बिहीबार) संसद् भवन जलेको नवौँ दिनमा उनी अनुगमनमा निस्किएका हुन् । आन्दोल पछि उनी आज नै सार्वजनिक पनि भएका हुन् । अनुगमनमा नेकमा एमालेका निवर्तमान सांसद महेश बर्तौलालगायत अन्य सांसदहरु पनि सहभागि थिए । गत भदौ २४ गतेको […]