१७ आश्विन २०८३, शनिबार
मुख्‍य समाचार

मन्त्रीहरुले लिए उपचाररत घाइतेहरुको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात तथा शहरी विकास मन्त्री कुलमान घिसिङ र गृहमन्त्री तथा कानुन मन्त्री ओमप्रकाश अर्यालले आन्दोलनको क्रममा घाइते प्रहरी तथा नागरिकको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् । बुधबार नेपाल प्रहरी अस्पतालमा  पुगेर उनीहरुले उपचाररत घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । उक्त अस्पतालमा १६ जना […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

तीन मन्त्रीहरुले गरे क्षतिग्रस्त संसद भवनको निरिक्षण

काठमाडौं । सरकारका तीन मन्त्रीहरुले जेनजी आन्दोलनमा क्षतिग्रस्त संसद भवनको निरिक्षण गरेका छन् । बुधबार अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले संसद भवनको  निरिक्षण गरेका हुन् । जेनजी आन्दोलनमा ध्वस्त संसद भवनको निरीक्षण गर्दै ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले जलेका र  […]

अन्तर्राष्ट्रिय समाचार

मोदीको ७५औं जन्मदिन : विकास कार्यक्रम र राहुलको ‘हाइड्रोजन बम’ घोषणाले भारतमा हलचल

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज (सेप्टेम्बर १७) आफ्नो ७५औं जन्मदिन विशेष कार्यक्रमसहित मनाउँदै छन्। सन् १९५० मा गुजरातको वडनगरमा जन्मिएका मोदीले यस वर्ष मध्य प्रदेशको धार जिल्लामा जन्मदिन मनाउने कार्यक्रम तय गरेका छन् । मोदीले धारमा प्रधानमन्त्री मित्र योजनाअन्तर्गत देशको पहिलो मेगा टेक्सटाइल पार्कको उद्घाटन गर्नेछन्। भारतीय सञ्चारमाध्यमका अनुसार, यस परियोजनाले हजारौं युवालाई […]

मुख्‍य समाचार समाचार

कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गतेदेखि सञ्चालन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा तालिका सार्वजानिक गरेको छ । जसनुसार परिक्षा असोज ७ र ८ गते सञ्चालन गरिने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि आन्दोलनका कारण परीक्षा तालिका संशोधन गरी बोर्डले नयाँ तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार असोज […]

मनोरन्जन मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि कुन–कुन गीतहरुले पाए महत्वपूर्ण स्थान ?

काठमाडौं । गत भाद्र २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा खिचिएका भिडियोहरुमा अधिकांश राष्ट्रिय गीतहरुले महत्वपूर्ण स्थान पाएका छन् । सामाजिक सञ्जालहरुमा विशेषगरी काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र गायक सुजन चापागाईँले गाएको गीतहरुले बढि स्थान पाएका छन् । जसमा टिकटकमा, बालेन शाहले गाएको गीत ‘म नेपाल हाँसेको हेर्न चाहान्छु’बोलको गीत र गायक […]

मुख्‍य समाचार समाचार

आज विश्वकर्मा बाबाको पूजा आराधना गरी विश्वकर्मा पूजा पर्व मनाउँदै

काठमाडौं । आज विश्वकर्मा बाबाको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउँदै छ । हरेक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको विधिपूर्वक पूजा गरी यो पर्व मनाइने गरिन्छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको मूर्ति वा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका […]

मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी  आन्दोलन : ‘जहाँ नातेदार पुगेनन्, त्यहाँ पुगिन् आशिका’

काठमाडौं । जेनजी आन्दोलनको अत्यास लाग्दो र कष्टप्रद परिदृश्यमा, जहाँ सडक र अस्पताल दुबैतिर पीडा र रगतको लस्कर थियो, त्यहीँ एक युवतीले चुपचाप आफ्नो पिठ्युँमा बोकिसकेकी थिइन् मानवताको जिम्मेवारी । उनी हुन्, आशिका तामाङ । जेनजी आन्दोलनका घाइतेहरुको चिच्याहट र आर्तनादले अस्पतालका पर्खालहरु थर्किरहेका बेला, कोही आफन्त नभएका युवाहरु, आमाहरु, दाजुभाइहरु, ती अचेत शरीरहरुको स्याहार […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

जेनजी आन्दोलनपछि बागमती प्रदेश सरकार हराएको प्रतिपक्ष दलको आरोप

मकवानपुर । जेनजी आन्दोलनको नौ दिन पुग्दा बागमती प्रदेश सभा र अधिकांश मन्त्रालय अझै प्रभावित छन्। भौतिक संरचना र अभिलेख नष्ट, प्रशासनिक काम ठप्प भएका छन् । प्रमुख प्रतिपक्षी दलका नेता शालिकराम जमकट्टेलले मुख्यमन्त्री र मन्त्रीहरू संवेदनशील घडीमा बेपत्ता भएको आरोप लगाउँदै भने, ‘आज प्रदेश सरकार खोज्नुपर्ने अवस्था आएको छ।’ एकीकृत समाजवादीका नेता कृष्णप्रसाद शर्मा […]

बागमती मुख्‍य समाचार समाज

दोलखामा ट्याक्टर दुर्घटना : एक जनाको मृत्यु, तीन घाइते

रामेछाप । दोलखाको विगु गाउँपालिकामा आज(मंगलबार) बिहान भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । दुर्घटनामा विगु गाउँपालिका–६ आलम्पुका करिब ५५ वर्षीय मकर थामीको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जानकारी दिएको छ । सोही ट्याक्टरमा सवार आलम्पुका ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पलबहादुर थामी र १५ वर्षीय […]

बागमती मुख्‍य समाचार विशेष समाचार

आर्यघाटमा मृतकका आफन्त विक्षिप्त, शुभेच्छुक भावविह्वल

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको आज(मंगलबार) राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । टिचिङ अस्पतालबाट शवयात्रा गरी पशुपति आर्यघाटमा उनीहरुको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । ज्यान गुमाएका सहिदमध्ये चार जनाको आज पशुपतिमा अन्त्येष्टि गरिएको हो । सो क्रममा पशुपति आर्यघाटमा मृतकका परिवारहरुको रुवाबासी चलेको थियो । आफन्त गुमाएकाहरु ठूलो संख्यामा आर्यघाटमा भेला […]

बागमती मुख्‍य समाचार समाचार

सुपथ पसल पुगेका उपभोक्ता भन्छन् ः भाटभटेनी र अन्य पसलभन्दा सस्तो लाग्यो

काठमाडौं । जेनजी आन्दोलनका कारण देशमा विषम परिस्थिति निम्तिएपनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सहुलियत मूल्यको पसलहरु संचालनमा ल्याएको छ । कम्पनीले दाल चामल तथा अन्य खाद्यन्नका सामग्रीहरु धमाधम विक्री गरिरहेको छ । वातावरण अनुकुल नभएकाले उपभोक्ताहरुको उपस्थिति नभएपनि कम्पनीले सेवा विस्तार गरेको हो । दशैंकै मुखमा मुलुकमा अस्थिरता निम्तिएकाले उपभोक्ताले चासो नदेखाएकोमा कम्पनीका कर्मचारीहरुले दुखेसो व्यक्त गरेका छन् । नेपालको स्थिति सोचे जस्तो नभएको र विगतमा जस्तो उपभोक्तहरुको भीडभाड नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी वागमती प्रदेशकी प्रमुख धर्मकुमारी राजवंशीले बताइन् । उनले आन्दोलनका कारण उपभोक्तहरुको मनमा डर बसेकाले व्यापार कम्पनीलाई प्रभाव परेको बताइन् । ‘हरेक बर्ष चाडपर्वलाई लक्षित गर्दै सहुलियत सुपथ मूल्यमा सामानहरु विक्री वितरण गर्ने गरेका छौं, यसपाली पनि पूर्वतयारीका साथ विक्री सुरु गरेका हौं । तर मुलुकको अवस्था सोचेजस्तो भएन । त्यसैले भव्यताकासाथ उद्घाटन गर्न सकिएन । आन्दोलनका कारण उपभोक्ताहरु त्रासमा छन् । जसको प्रभाव परिरहेको छ’ उनले भनिन्  । उनले अन्य स्थानमा पनि सूपथ मूल्य संचालनमा ल्याउने तयारी गरिरहेको जानकारी दिइन् । उपत्यकामा रामशाहपथ, नख्खु,  थापाथली र दक्षिणकालीमा पसल संचालनमा आएको जानकारी दिइन् । ‘हाम्रो कार्यालय मार्फत चारवटा शाखाहरु रामशाहपथ, नख्खु,  थापाथली र दक्षिणकालीबाट पनि सन्चालन भइरहेको छ । गोदावरी र चाँगुनारायण साथै रसुवाबाट पनि सन्चालन गर्ने लक्ष्यमा छौं । सबै पूर्वाधार अनुरुप सन्चालन गर्नपर्ने भएकाले पहिलो हप्ता भित्र नै रसुवादेखि गोदावरीसम्म सन्चालन गर्नेछौं,’ उनले भनिन् । हालको अवस्था सहज नभएको र यातायातको सुविधा नभएकाले पनि विक्रीमा असर परेको सुनाइन् । उनले चामल, दाल गेडागुडी, मसलाजन्य सामान रैथाने बालीहरुमा प्रति केजी १० रुपैयाँसम्म छुटमा साथै चिउरा एवम आँटालगायतका पिठो भने प्रतिकेजी सात रुपैंयाँसम्मको छुटमा विक्री गरिरहेको बताइन् । उनले यस बर्ष विसम परिस्थितिका कारणले दशैँमा खसी–बोका वितरण गर्न नसकिने बताइन् । सुपथ मूल्यमा सामान खरिदका लागि आएका उपभोक्ता प्रेम कृष्ण श्रेष्ठले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दिएको सेवा सुविधा सहज भएको साथै सस्तो रहेको बताए । ‘सँधै सुपथ पसलहरुबाटै सामान लाने गरेको छु । सस्तो महंगो भनेको त्यस्तै हो तर सबै सामग्र एकै ठाउँमा पाइन्छ । आजसम्म भाटभटेनी या अन्त गएर सामान खरिद गरेको छुइन् । हरेक बर्ष यसरी पसल संचालन गरे राम्रो हुनेथियो,’ उनले भने । त्यस्तै अर्का उपभोक्ता ठाकुर राम पहरीले दशैंको बेला मात्र नभई अरुबेला पनि आउने गरेको र सरकारले चाडपर्वलाई विषेश जोड दिएर सहुलीयत मूल्यमा विक्री वितरण गर्दा खुशी लागेको पनि बताए । त्यस्तै अर्का उपभोक्ता भवानी सापकोटाले सँधै भाटभटेनीमा किन्ने गरेकोमा महंगो भएको भन्दै यहाँ सस्तोमा पाउने  थाहा पाएर आएको समेत बताइन् । ‘पहिला पहिला भाटभटेनीमा लिने गरेका थियौँ । तर यहाँ सस्तोमा पाइने थाहा पाएर आएको हुँ । कम्पनीले सँधै यसरी सुविधा दिए राम्रो हुनेथियो ।’  

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

अध्यक्ष दाहालको सहभागितामा पार्टी कार्यालय सरसफाइ

काठमाडौँ, ३१ भदौः जेनजी प्रदर्शनकका क्रममा तोडफोड र आगजनी भएको नेपाल कम्युनिष्ट माओवादी माओवादी केन्द्रको पार्टी कार्यालय अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा सरसफाइ गरिएको छ । पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयको तीन तलामा छरपस्ट अवस्थामा रहेका फोहरलगायतका सामग्री एक ठाउँमा केन्द्रित गरिएको कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । त्यसअघि अध्यक्ष दाहालले क्षतिग्रस्त पार्टी कार्यालयको अवलोकन […]