१७ आश्विन २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार

साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौँ । साफ यू–१७ च्याम्पियनसिप अन्तर्गत नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै छ । बिहीबार कोलोम्बो रेसकोर्स स्टेडियममा हुने उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ७ बजेदेखि शुरु हुदैछ । यसअघि खेलेको खेलमा नेपालले श्रीलंकालाई २–० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको छ । सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल प्रहरीका ४८ जना एसपीको सरुवा

काठमाडौं । नेपाल प्रहरीमा ४८ जना वरिष्ठ प्रहरी अधिकृत (एसपी)को सरुवा गरिएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरेलगत्तै सरुवा प्रक्रिया अघि बढाएका छन् । सरुवा भएका एसपीहरूको जिम्मेवारी स्थानान्तरण प्रहरी प्रधान कार्यालय मार्फत प्रभावकारी रूपमा लागू हुँदैछ। सूचीअनुसार कपिलवस्तुमा सन्तोष आचार्य, दाङमा दिपक श्रेष्ठ, पाल्पामा दिपेन्द्र पञ्जियार थारुलाई खटाइएको छ । पर्सामा सुदिपराज पाठक, […]

बागमती मुख्‍य समाचार समाचार

गणेशमान सिंहको २८औँ स्मृति दिवस आज मनाईँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रमगरी मनाइँदैछ । नेपाली राजनीतिमा त्याग र साहसको प्रतिकका रूपमा पनि उलाई चिनिने गरिन्छ । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा पनि उनले आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सार्दै […]

कर्णाली मुख्‍य समाचार समाचार

प्रतिगामीहरू गणतन्त्र उल्टाउन खोज्दैछन् मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य यामलाल कँडेलले ७० वर्ष लामो संघर्षपछि ल्याइएको गणतन्त्र र संविधान प्रतिगामीहरूले उल्टाउन लागिरहेको बताएका छन् । गणतन्त्र जोगाउन नागरिकको सचेतनापूर्वक खवरदारी जरुरी भएको उनको भनाई छ । नेकपा एमाले वीरेन्द्रनगर नगर कमिटीले ुधबार आयोजना गरेको भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले  राजनीतिक परिस्थिति खतरनाक मोडतर्फ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा

हेटौँडा । मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ । प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो । भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आज तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) न्यूनतम मूल्य प्रतिकिलो ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो २६, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३७, गोलभेँडा सानो (भातरीय) प्रतिकिलो २५, आलु रातो प्रतिकिलो ५०, आलु […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा टौखेलमा दीप प्रज्वलन

काठमाडौं । जेनजी आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ । बुधबार साँझ ललितपुरको गोदावरी स्थित टौखेलमा स्थानीहरुले मृतकको सम्झना दीप प्रज्वलन गरेका हुन् । जेन–जी पुस्ताको आन्दोलनमा ज्यान गुमाएका शहीदहरूको सम्झनामा बुधबार देशैभर शोक मनाइएको थियो । सुशासन र भ्रष्टाचार निवारणको माग गर्दै भदौ २३ आन्दोलनमा उत्रेका जेन–जी पुस्तामाथि सरकारले निर्मम दमनका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजि आन्दोलन : प्रदेश सभाको भवन ध्वस्त, सेवा क्यान्टिनबाट सञ्चालन

हेटौंडा । बागमती प्रदेशमा जेनजि पुस्ताको आन्दोलनले प्रदेश सभा सचिवालयलाई नै कार्यविहीन बनाइदिएको छ। असोज २४ गते भएको प्रदर्शन र झडपका क्रममा प्रदेश सभाको नयाँ तथा पुरानो दुवै भवनमा तोडफोड र आगजनी हुँदा सम्पूर्ण संरचना जलेर नष्ट भएको हो। हाल प्रदेश सभा सचिवालयका कर्मचारीहरूले भवन नभएकै कारण क्यान्टिनबाट सेवा प्रवाह गरिरहेका छन्। सचिवालयका एक अधिकारीका […]

मधेश मुख्‍य समाचार विशेष समाचार

जेनजी आन्दोलनका शहीदप्रति जनकपुरधामवासीद्वारा दिप प्रज्जवलन गरी श्रद्धाञ्जली अर्पण

जनकपुर । जेनजी आन्दोलनको क्रममा सहिद भएका युवा तथा सम्पूर्ण व्यक्तिहरुकोप्रति जनकपुरधामवासीले सामूहिक रुपमा श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधबार साँझ जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीको डिलमा हजारौँको संख्यामा दीप प्रज्वलन गरी जनकपुरधामवासीले मौन धारण गरेर श्रद्धाञ्जली अर्पण गरेका हुन । जनकपुरधामका स्थानीय, व्यवसायी, विद्यार्थी, सामाजिक अभियन्ता,मधेश प्रदेशका नेता, सांसद, सञ्चारकर्मीहरु र सर्वसाधारण नागरिकहरुको उल्लेख्य उपस्थितिमा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

आजदेखि शेयर बजार नियमित रुपमा सञ्चालनमा आउँदै

काठमाडौं — जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको शेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि उक्त दिन सरकारले जेनजी […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

आउने निर्वाचन हाम्रो लागि अग्निपरीक्षा हो : सिके राउत

काठमाडौँ ।  जनमत पार्टीका अध्यक्ष सिके राउतले फागुन २१ गते निर्वाचन मिति घोषणा भइसकेको अवस्थामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने र थकाउने षड्यन्त्र भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै  समयको अभाव भएको बेलामा पार्टी भित्र विभिन्न कार्य गरेर नेता कार्यकर्ताको ध्यान भट्काउने षड्यन्त्र भएको भन्दै यसमा बहस गरेर समय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रधानमन्त्री कार्की र भारतका प्रधानमन्त्री मोदीबीच टेलिफोन वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन वार्ता गर्ने भएकी छिन् । स्रोतका अनुसार उनले बिहीबार बिहान ११ः३० बजे मोदीसँग टेलिफोन वार्ता गर्दै छिन् । त्यस्तै उनले आज दिउँसो १ बजे चिनिया राजदूतसँग शिष्टाचार भेट र २ः३० बजे चिनिया राजदूतसँग शिष्टाचार भेट गर्ने छिन् ।