१७ चैत्र २०८२, मंगलवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नेपाल–भारत आर्थिक सहकार्यलाई परिणाममुखी बनाउन ढकालको आह्वान

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल–भारत आर्थिक सहकार्यलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन् । भारतको राजधानी नयाँ दिल्लीमा सुरु भएको ‘दोस्रो इन्डो–नेपाल व्यापार महोत्सव २०२६’ लाई शुक्रबार सम्बोधन गर्दै उनले दुई देशबीचको व्यापार र लगानी सहकार्यलाई व्यवहारिक उपलब्धिमा रूपान्तरण गर्न आग्रह गरेका हुन् । अध्यक्ष ढकालले नेपाल–भारतबीच सहज भन्सार प्रक्रिया, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

अन्तर्राष्ट्रिय मातृभाषा दिवस : भाषिक विविधताको संरक्षणमा जोड

काठमाडौं । आज विश्वभर अन्तर्राष्ट्रिय मातृभाषा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भाषिक अधिकार, सांस्कृतिक पहिचान तथा बहुभाषिकताको संरक्षणमा सचेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष फेब्रुअरी २१ मा यो दिवस मनाइन्छ । सन् १९५२ मा तत्कालीन पूर्वी पाकिस्तान (हाल बङ्गलादेश) मा बङ्गाली भाषालाई मातृभाषाका रूपमा मान्यता दिन माग गर्दा आन्दोलनरत विद्यार्थीमाथि गोली चलाइएर हत्या गरिएको […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

सङ्घीयता विरोधी शक्तिबाट सचेत रहन मधेशी जनतालाई उपेन्द्र यादवको आग्रह

सप्तरी । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी दलहरूले प्रदेश संरचना खारेज गरी मधेशी जनतालाई पुनः अधिकारविहीन बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन् । सप्तरी क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका यादवले डाक्नेश्वरी नगरपालिका–८ पट्टीमा शुक्रबार आयोजित जनसभालाई सम्बोधन गर्दै सङ्घीयता विरोधी शक्तिहरूबाट सचेत रहन मधेशी जनतालाई आग्रह […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

गौर–६ सवगढामा सामाजिक सद्भाव कायम राख्न ६ बुँदे सहमति : विथोल्नेलाई कानुनी कारबाही गरिने

रौतहट । रौतहटको गौर नगरपालिका वडा नं. ६ सवगढामा केही समयदेखि देखा परेको विवाद समाधान गर्दै गाउँमा धार्मिक तथा सामाजिक सद्भाव कायम राख्न स्थानीय प्रतिनिधि र समाजसेवीहरूबीच ६ बुँदे सहमति भएको छ । फागुन ८ गते (हिजो) बसेको सर्वपक्षीय बैठकले गाउँको शान्ति सुरक्षा र आपसी भाइचारालाई मजबुत बनाउने निर्णय गरेको हो । बैठकले गाउँको सामाजिक […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् । प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी हुन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी छन् । जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, ९ फागुनः नेपाल राष्ट्र बङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ९२ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौँ, ९ फागुनः नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचना प्रकाशित गरी बानेश्वर वितरण केन्द्रको कार्यक्षेत्रभित्र पर्ने सिनामङ्गल चोक तथा तिलगङ्गा क्षेत्रमा बिजुली कटौती हुने जनाएको छ । तिलगङ्गा आँखा अस्पताल अगाडि रहेको पोल ढल्केकोले त्यसलाई व्यवस्थितकार्य गर्नका लागि ११ केभी क्षमताको प्रसारण लाइन सटडाउन गर्न लागेको […]

मुख्‍य समाचार राजनीति समाचार समाज सुदूरपश्चिम

बाजुरामा घरदैलोमै मतदाता शिक्षा, मतदानप्रति बढ्यो जनचासो

बाजुरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै बाजुरामा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । जिल्लाका नौवटै स्थानीय तहमा यतिबेला मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । जिल्ला निर्वाचन कार्यालय बाजुराले मतदाताले सही तरिकाले मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरेको हो । यतिबेला जिल्लाका हरेक […]

पर्यटन बागमती मुख्‍य समाचार समाचार

पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड बनाउने कांग्रेसको प्रतिज्ञा

काठमाडौं । पर्यटन क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्र, रोजगारी र उद्यमशीलताको मुख्य आधार बनाउने लक्ष्यसहित नेपाली कांग्रेसले दिगो पर्यटन विकाससम्बन्धी विस्तृत प्रतिज्ञा सार्वजनिक गरेको छ । पार्टीले आगामी १० वर्षभित्र वार्षिक ३० लाख विदेशी पर्यटक भित्र्याउने तथा पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनको १५–२० प्रतिशतसम्म पु¥याउने लक्ष्य लिएको जनाएको छ । कांग्रेसले नेपालको प्राकृतिक, सांस्कृतिक र आध्यात्मिक […]

बागमती मुख्‍य समाचार समाचार समाज

आज सुनको मूल्य स्थिर रहदा चाँदीको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार (हिजो) पनि सोही मूल्यमा सुनको कारोबार भइरहेको थियो । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी १० रुपैयाँले घटेर प्रतितोला ५ […]

मधेश मुख्‍य समाचार राजनीति

सर्लाहीमा चुनावी भेटघाटका क्रममा डा. यादवमाथि दुव्र्यवहार, जसपाद्वारा निष्पक्ष छानबिनको माग

मलंगवा (सर्लाही) । सर्लाही क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार डा. जेपी यादवमाथि बागमतीमा दुव्र्यवहार भएको घटनालाई लिएर जनता समाजवादी पार्टी (जसपा), नेपालले आपत्ति जनाएको छ । बिहिबार जिल्ला सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा डा. यादवले चुनावी भेटघाटका क्रममा बुधबार दिउँसो आफूमाथि असभ्य व्यवहार गरिएको बताएका हुन्। उनका अनुसार ति व्यक्तिले अपमानजनक शब्द […]

कोशी मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन सुरक्षा : फागुन १८ रातिदेखि कोशीमा भारत–नेपाल सीमा बन्द

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइने भएको छ । निर्वाचनको निष्पक्षता र शान्तिपूर्ण वातावरण सुनिश्चित गर्न सीमा नाका ७२ घण्टाका लागि पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको हो । नेपालतर्फका कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लाका सुरक्षा प्रमुख तथा भारततर्फका किशनगञ्ज जिल्ला, […]