१८ असार २०८३, बिहीबार
कोशी मुख्‍य समाचार समाचार समाज

दोहोरो कर प्रक्रियाले व्यावसायिक किसान मारमा

भोजपुर, ४ पुस : न दोहोरो तथा बहुकर प्रक्रियाका कारण समस्यामा परेका छन् । गाउँघरमै कृषि उद्यममा जोडिएका किसानले एउटै प्रकृतिको फार्मका लागि विभिन्न निकायमा छुट्टाछुट्टै शुल्क तिर्नुपर्दा आर्थिक भार बढेको गुनासो गरेका छन् । स्थानीय किसानका अनुसार कृषि फार्म दर्ता तथा नवीकरणका लागि वडा कार्यालय, गाउँपालिका वा नगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय र […]

बागमती मुख्‍य समाचार समाचार समाज

दुई फरार कैदीबन्दी पक्राउ

काठमाडौँ, ४ पुस : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गत भदौ २३ र २४ को आन्दोलनका क्रममा कारागार कार्यालय जगन्नाथ देवल सुन्धाराबाट फरार भएका दुई जनालाई पक्राउ गरेको छ । मानव बेचबिखन र अपहरण शरीर बन्धक डाका र सङ्गठित अपराध मुद्दामा सुन्धारा कारागारमा कैद भुक्तान गरिरहेका काठमाडौँ टोखाका श्यामलाल डङ्गोल र नुवाकोट शिवपुरीका विनोद गौतमलाई […]

बागमती मुख्‍य समाचार समाचार

उनान्तीस विद्यालयले राखे नेपालीपन झल्किने नाम

काठमाडौँ, ४ पुस : यस वर्ष काठमाडौँ महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन् । गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ । हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा, वैकल्पिक विद्यालय […]

बागमती मुख्‍य समाचार समाचार

स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ

काठमाडौँ, ४ पुस ः नेपाल प्रहरीले स्पा र होटलबाट आठ बालिकाको उद्धार गरेको छ । यौनजन्य कार्यमा बालिकालाई सहभागी गराएको आरोपमा पाँच जना पक्राउ गरेका प्रहरीको मानब बेचबिखन अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । ब्यूरोले बिहीबार सार्वजनिक गरेको जानकारीअनुसार अनुसन्धानका क्रममा उनीहरूले नाबालिकाहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाउने कार्य गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको छ । सोही […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौँ, ४ पुस : नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा हुने एकता सन्देश सभामा सहभागी हुन पार्टीमातहतका कमिटीलाई आह्वान गरेको छ । पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभालाई व्यवस्थित बनाउन मातहतका कमिटीलाई समन्वय तथा सहकार्य गर्न निर्देशन दिएको हो । बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौँ, ४ पुस : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थालेको छ । आसन्न निर्वाचनलाई मध्यनजर गरी नेपाल प्रहरीले जनशक्ति परिचालन तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । निर्वाचन आयोगबाट प्राप्त निर्णयहरूसमेतलाई आत्मसात् गरी उपलब्ध स्रोत […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन आउन ७६ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन कानुनमा संशोधन

काठमाडौँ, ४ पुस : समानुपातिकतर्फको निर्वाचन प्रणालीमा जनसङ्ख्याको आधारमा प्रतिशत निर्धारणका लागि सरकारले कानुनी प्रबन्ध गरेको छ । त्यसका लागि मन्त्रिपरिषद्ले अध्यादेश पारित गरी जारी गर्न राष्ट्रपतिसमक्ष पेस गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रमा भएको व्यवस्थाबमोजिम दलित, आदिवासी, जनजाति, खस आर्य, मधेसी, थारू, मुस्लिम समूहका लागि प्रतिशत निर्धारण गर्न अध्यादेशमार्फत कानुनी प्रबन्ध गरिन लागेको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ, ३ पुसः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले स्थानीय, प्रदेश र सङ्घीय तहमा स्वतन्त्र उम्मेदवारी दिएका तथा निर्वाचित जनप्रतिनिधिसँग समन्वय गर्न ‘स्वतन्त्र जनप्रतिनिधि समन्वय कार्यदल’ गठन गरेको छ । पार्टीको सचिवालय बैठकले सो कार्यदल गठन गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त कार्यदलको संयोजकमा केन्द्रीय सदस्य विष्णुकुमार श्रेष्ठ तथा सदस्यमा बोधनारायण श्रेष्ठ र […]

बागमती मुख्‍य समाचार समाचार

लुम्बिनी लायन्सको ट्रफी सेलिब्रेसन टुर यही पुस ५ गतेदेखि

काठमाडौँ, ३ पुसः नेपाल प्रिमियर लिग ९एनपिएल०को दोस्रो संस्करणको विजेता लुम्बिनी लायन्सले यही पुस ५ गतेदेखि लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा ट्रफी सेलिब्रेसन टुर सुरु गर्ने भएको छ । लुम्बिनी लायन्सले आज सार्वजनिक गरेको तालिकाअनुसार बाँके र बर्दियाबाट सुरु हुने टुर पुस १५ गते रुपन्देहीमा आए पूरा हुनेछ । तालिकाअनुसार पुस ५ गते नेपालगञ्जको बागेश्वरी मन्दिरदेखि […]

बागमती मुख्‍य समाचार समाचार

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल

काठमाडौँ, ३ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल र चीन लामो समयदेखिको असल छिमेकी रहेको उल्लेख गर्दै नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन् । आज यहाँ आयोजित चौथो संकरणको ‘चाइना–नेपाल मिडिया समिट’मा सम्बोधन गर्दै मन्त्री खरेलले नेपालको विकास र सद्भावका निम्ति चीन सरकारको निरन्तर सहयोगको सराहना गरे । उनले चीनले नेपालको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतले आदेश

काठमाडौँ । सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी(स्वपा)का सभापति रवि लामिछानेलाई उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार उनलाई उच्च अदालत बुटवलका न्यायाधीश बाबुदेव आचार्य र तेज नारायण पौडेलको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो । लामिछानेले बिगो बापतको रकम बुझाएर थुनाबाहिर बस्नु पाउँ भनी […]

बागमती मुख्‍य समाचार समाचार

अभौतिक सम्पदा संरक्षणका लागि सूचीकरण आवेदन खुला

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणका लागि सम्बन्धित व्यक्ति, समुदाय तथा संस्थालाई आवेदन दिन आग्रह गरेको छ । मन्त्रालयले बुधबार सावर्जनिक सूचना जारी गर्दै अभौतिक सांस्कृतिक सम्पदा (सूचीकरण तथा व्यवस्थापन) सम्बन्धी आन्तरिक दिग्दर्शन, २०८२ अनुसार यस आ.व. २०८२÷८३ का लागि सूचीकरण प्रक्रिया अघि बढाएको जनाएको हो । सूचना अनुसार […]