१३ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार समाचार

कोशी प्रदेशमा स्टार्टअप उद्यममा दुई अर्ब ५६ लगानी

काठमाडौँ, २२ पुसः स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण […]

मधेश मुख्‍य समाचार समाचार

महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिए

जलेश्वर महोत्तरी, २२ पुसः प्रतिनिधिसभा सदस्यको आसन्न निर्वाचनका लागि महोत्तरीमा ३४ हजार २५२ नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा २० हजार ५२ पुरुष, १४ हजार १९९ महिला र एक जना अन्य गरी ३४ हजार २५२ नयाँ मतदाता थपिएका हुन् । जिल्ला निर्वाचन […]

बागमती मुख्‍य समाचार समाचार

लागुपदार्थ सेवन गरिरहेका टिकट काउन्टरका सात जना कर्मचारी पक्राउ

काठमाडौँ, २२ पुसः काठमाडौँ महानगरपालिका १४ बल्खुस्थित सुमो तथा इभी भ्यानको टिकट काउन्टरमा कार्यरत सात जना कर्मचारी लागुऔषध सेवन गरेको अवस्थामा पक्राउ गरिएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जबाट आवश्यक प्राविधिक ल्याब टेक्निसियन तथा लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र प्रहरीवृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले परीक्षणमा लागुपदार्थ खाएको प्रमाणित गरेपछि निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर […]

मुख्‍य समाचार लुम्बिनी समाचार

मुहार फेर्दै डिभिजन वन कार्यालय बाँके

जानकी बाँके, २२ पुसः डिभिजन वन कार्यालय बाँकेले कार्यालयलाई आधुनिक, प्रविधिमैत्री डिजिटल र सेवामैत्री बनाउने लक्ष्यसहित भौतिक निर्माण, पुनःसंरचना र सौन्दर्यकरण बगैँचा निर्माण तीव्र रूपमा गरिरहेको छ । जीर्ण अवस्थामा रहेको कार्यालय परिसर निर्माण, मर्मतसम्भार गर्दै संरचनात्मक सुधार र दृश्यात्मक आकर्षण थप्ने कामको औपचारिक शुभारम्भ गरिएको हो । डिभिजन वन कार्यालयका सिनियर डिभिजन वन अधिकृत […]

बागमती मुख्‍य समाचार समाचार

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ, २२ पुसः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १५ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ४० पैसा र […]

गण्डकी मुख्‍य समाचार समाचार

एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन पोखरामा हुने

गण्डकी, २२ पुसः राष्ट्रिय ज्ञानमाला सङ्घ, नेपालको तत्वावधान एवं ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहार, नदीपुर पोखराको व्यवस्थापनमा यही पुस २६, २७ र २८ गते पोखरामा एघारौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन हुने भएको छ । सम्मेलनबारे जानकारी दिन सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय ज्ञानमाला सङ्घ नेपालका अध्यक्ष रमना श्रेष्ठले ज्ञानमाला सङ्घ, धर्मशिला बुद्ध विहारको व्यवस्थापनमा सम्मेलन […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न

काठमाडौँ, २२ पुसः दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरे। साथै उनले विद्यालयमा उत्कृष्ट काम गर्ने […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

निर्वाचन आउन ५८ दिन बाँकीः आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

काठमाडौँ, २२ पुसः सूचना प्रविधिको प्रयोगले आचारसंहिता कार्यान्वयनमा थपेका चुनौती नियन्त्रणका लागि प्रभावकारी संयन्त्रको निर्माण गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मबाट निर्वाचनका समयमा प्रवाह हुने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति तथा भ्रमपूर्ण जानकारीको नियन्त्रण गर्नेलगायत विषयमा विशेष संयन्त्र बनाएर नियन्त्रण गर्नुपर्नेमा जोड दिइएको हो । निर्वाचन […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

‘पपुलिष्ट र अपरिपक्कता भनेर गाली गर्नेहरुको चाङमा टेकेर समृद्धिको सपना पूरा गर्छौ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वैकल्पिक शक्तिहरुको एकतालाई पपुलिष्ट र राजनीतिक अपरिपक्कताहरुको एकताको संग्या दिएको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौंमा आयोजित रास्वपाको बृहत राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै उनले आफूहरु गालीको चाङमा टेकेर भएपनि देशको समृद्धिको सपना पूरा गरेर छोड्ने दाबी गरे । उनले भने, ‘हामीले विभिन्न आरोपहरु […]

बागमती मुख्‍य समाचार समाचार

राजनीतिक लक्ष्य प्राप्तीका लागि सरकारले ठेक्का तोड्दैछ : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले राजनीतिक लक्ष्य प्राप्तीका लागिमात्र सरकारले ठेक्का तोडेको आरोप लगाएका छन् । सोमबार काठमाडौंमा नेपाल आर्थिक पत्रकार महासंघ सेजनले आयोजना गरेको पूर्वाधार आयोजना ठेक्का तोडिनुको कारण र प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उर्जामन्त्री कुलमान घिसिङले राजनीतिक लक्ष्य प्राप्तीका लागि ठेक्का जसरीपनि तोड्ने अभिव्यक्ति दिएको आरोप लगाए । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताएका छन् । यस्तो ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा समेत व्यक्त गरे । राष्ट्रपति भवन शीतल निवासमा सोमाबार आयोजित विश्व कप ट्रफी सार्वजनिकीकरण समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले […]

बागमती मुख्‍य समाचार समाचार

ललितकलामा भिडियो आर्ट इन्स्टलेसन कार्यशाला

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा सोमवारबाट ‘भिडियो आर्ट इन्स्टलेसन कार्यशाला’ नक्सालमा सुरु भएको छ । कार्यशालाको उद्घाटन कार्यक्रममा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले भिडियो आर्ट इन्स्टलेसनको पृष्ठभूमि तथा यस कलाको विगत, वर्तमान तथा भविष्यसँगको तादात्म्यबारे प्रकाश पारेका छन् । उनले भिडियो आर्ट इन्स्टलेसनमा यसको कन्टेन्ट, कन्सेप्ट, टुल्स तथा टेक्निकको विषयबारे बोल्दै सामाजिक रूपान्तरणका लागि यो […]