१३ आश्विन २०८३, मंगलवार
गण्डकी मुख्‍य समाचार समाचार समाज

गोरखामा च्याउ खाँदा एकाघरका चार जना बिरामी

गोरखा, २२ पुस : यहाँ परालको टौवामा उम्रिएको च्याउको तरकारी बनाएर खाँदा एका परिवारका चार जना बिरामी परेका छन् । मकवानपुर जिल्ला बागमती नगरपालिका–१३ घर भई हाल गोरखा नगरपालिका–१४ स्थित प्युघरमा डेरा गरी बस्दै आएकी ३० वर्षीया हीरा पहरीको परिवार विषालु च्याउ खाएर बिरामी परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए […]

कर्णाली मुख्‍य समाचार समाचार

मुगुमा सामाजिक न्याय र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि तीन समूहबीच साझा सहमति

मुगु । मुगुमा सामाजिक न्याय, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको साझा उद्देश्यसहित विभिन्न अनौपचारिक संगठन तथा नागरिक समूहबीच नैतिक समन्वयता पत्रमा सहमति भएको छ। लोकतान्त्रिक मूल्य–मान्यता, मानव अधिकार, पारदर्शिता र उत्तरदायित्व सुदृढ गर्ने लक्ष्यसहित मुगुका जेनजी समूह, सुपो अभियान तथा छाउल्या सेवा समाजबीच साझा समझदारी भएको हो। समझदारी पत्रमा सामाजिक अन्याय, भ्रष्टाचार, शक्ति दुरुपयोग तथा […]

कोशी मुख्‍य समाचार समाज

झापामा जङ्गली हात्ती मृत फेला

बनियानी झापा, २२ पुस : यहाँको बुद्धशान्ति गाउँपालिका–३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा आज बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बुधबारेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छभने […]

कोशी बागमती मुख्‍य समाचार समाचार समाज

तीन सातादेखि बन्द रहेको जलविद्युत् उत्पादन पुनः सुरु

ताप्लेजुङ, २२ पुस : गत मङ्सिर अन्तिम सातादेखि बन्द रहेको ७३ मेगावाट क्षमताको सानिमा मिडल तमोर हाइड्रोपावरको विद्युत् उत्पादन पुनः सुरु भएको छ ।पावरहाउस विद्युतगृह लगायतमा देखिएको प्राविधिक समस्या समाधान भएपछि पुनः विद्युत् उत्पादन सुरु भएको कार्यालयका प्रशासन प्रमुख तथा वातावरण अधिकृत करण गौतमले जानकारी दिए । केही उपकरणमा प्राविधिक समस्या देखिएकै समयमा प्रत्येक वर्ष […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द

महेन्द्रनगर, २२ पुसः केही दिनयता अत्यधिक चिसो बढेर जनजीवन कष्टकर बनेपछि सोमबार कञ्चनपुरको तीनवटा पालिकाले विद्यालयको पठनपाठन बन्द गरेका छन् । चिसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या हुन थालेपछि यहाँका लालझाडी गाउँपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाले विद्यालय बिदा गरेका हुन् । विशेषगरी बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएको स्थानीयको भनाइ छ । चिसो बढेसँगै […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

स्ट्रबेरीखेती बिक्री गरेर एकवर्षमा रु २१ लाख आम्दानी

घोराही दाङ, २२ पुसः अध्ययनको क्षेत्र कृषि प्राविधिक ,व्यवसाय स्ट्रबेरीखेती भुइँऐसेलु । अध्ययन र व्यवसाय मिलेपछि कैलालीका किसान दशरथ साउदको घोराहीमा रहेको स्ट्रबेरीखेती फस्टाएको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको उनको स्ट्रबेरीखेतीमा कपिलवस्तुका भाष्कर पङ्गेनीले साथ दिएका छन् । स्ट्रबेरीखेतीमा प्राविधिक पक्ष साउद आफैँले हेर्नुहुन्छ । चार वर्षअघिदेखि स्ट्रबेरीखेतीमा होमिनुभएका २७ वर्षीय उनले गत वर्षमात्र […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको आज पनि मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो । यसैगरी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मदुरोलाई क्याप्चर गरेको घटना अन्तर्राष्ट्रीय कानुन विपरित

काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् । ‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्जमा कफ्र्युकायमै, दिउँसो १ बजेसम्म थपियो

रौतहट । धनुषामा भएको घटनालाई लिएर उत्पन्न विवादका कारण अशान्त बनेको वीरगञ्जमा जारी कफ्र्युको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आज (मङ्गलबार) दिउँसो १ बजेसम्मका लागि कफ्र्युलाई निरन्तरता दिएको हो । यसअघि प्रशासनले सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको थियो । […]

बागमती मुख्‍य समाचार समाचार

आमचोकमा रु तीन करोड लगानीमा चियाखेती

भोजपुर, २२ पुस : यहाँको आमचोक गाउँपालिकाले स्थानीय आयआर्जन वृद्धि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित बृहत चियाखेती विस्तार कार्यक्रम सञ्चालन गरिरहेको छ । गाउँपालिकाले आर्थिक विकासलाई दिगो बनाउने लक्ष्यसाथ योजनाबद्ध रूपमा चियाखेती विस्तार थालेको हो । गाउँपालिका तथा आमचोक चिया तथा कफी सहकारीका सेयर सदस्यहरूको संयुक्त लगानीमा हालसम्म चियाखेतीका लागि रु तीन करोड लगानी भइसकेको […]

मुख्‍य समाचार राजनीति लुम्बिनी समाचार

जसपा नेपालद्वारा रुपन्देहीमा उम्मेदवार सिफारिस

देवदह रुपन्देही, २२ पुस : जनता समाजवादी पार्टी जसपा नेपालले रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रका लागि सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवार सिफारिस गरिएको जसपा नेपालका अध्यक्ष सियाराम यादवले बताए । उनका अनुसार क्षेत्र नं १ बाट मोहम्मद असलम खान, चन्द्रभान तिवारी, कान्छा कोहार र क्षेत्र […]

मधेश मुख्‍य समाचार समाचार समाज

प्रहरीद्वारा सर्लाहीमा गाँजाखेती फडानी अभियान

बरहथवा सर्लाही, २२ पुसः लालबन्दी नगरपालिकास्थित चुरे क्षेत्रमा गरिएको अवैध गाँजाखेती प्रहरीले नष्ट गरेको छ । लालबन्दी नगरपालिका–१४ र १५ स्थित विभिन्न गाउँमा क्षेत्रमा लगाएको गाँजा प्रहरीले सोमबार नष्ट गरेको हो । चुरे क्षेत्रको शिर कालिन्जोर, सिरुडाँडा, ब्लोन टोललगायत स्थानमा रूपमा लगाएको दुई लाख बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]