१ बैशाख २०८३, मंगलवार
कोशी मुख्‍य समाचार समाचार

लायन्स क्लब अफ धरान बुढासुब्बाद्वारा धरान शाखालाई खाद्यान्न सहयोग

धरान। लायन्स क्लब अफ धरान बुढासुब्बाले मानवसेवा आश्रम धरान शाखालाई २७ हजार ९ सय ५० रुपैयाँ बराबरको खाद्यान्न सहयोग प्रदान गरेको छ। लायन्स क्लब इन्टरनेशनलद्वारा प्रायोजित हङ्गर रिलीफ सेवा सप्ताह (३ जनवरीदेखि ११ जनवरी २०२५)  को अवसरमा धरान–१६ स्थित मानवसेवा आश्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो।

सेवा कार्यक्रम लायन्स क्लब अफ धरान बुढासुब्बाका अध्यक्ष लायन हदन्द्र लिम्बू एमजेएफको अध्यक्षतामा तथा जीएटी जिल्ला प्रमुख लायन रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा धरानका विभिन्न तहमा आबद्ध लायन्स नेताहरू, क्लबका पदाधिकारी, सदस्यहरू तथा लियो सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा आश्रमलाई ४ सय के.जी. चामल, २५ के.जी. मसुरो दाल, २० के.जी.चिनी, २० के.जी. चिउरा, १० के.जी भुजा तथा ४० लिटर खाने तेल वितरण गरिएको थियो। उक्त सेवा कार्यका लागि आवश्यक आर्थिक सहयोग क्लबका प्रथम महिला उर्मिला मानन्धर लिम्बूको योगदानबाट प्राप्त भएको हाे।

थप समाचारहरु

समाचार

अझै ५ दिन गर्मी बढ्ने अनुमान, घर बाहिर ननिस्किन सुझाव

आज बुधबार सबैभन्दा बढी गर्मी नवलपुरको दुम्कौलीमा महसुस भएको छ । दुम्कौलीमा आज अधिकतम तापक्रम ४३.८ डिग्री सेल्सियस मापन गरिएको
समाचार

बजेट नसच्याए सरकार दुर्घटनामा पर्छ : माधव नेपाल

२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बजेट नसच्याए सरकार दुर्घटनामा पर्ने बताएका छन् । आइतबार प्रतिनिधि