१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार राजनीति

कर तिरेर सुन ल्याउन दिनुपर्छ : देउवा

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुन तस्करी नियन्त्रणका लागि कर तिरेर सुन ल्याउन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

सोमबार कांग्रेस संसदीय दलको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले कर तिरेर सुन ल्याउन दिनुपर्ने बताएका बैठकमा सहभागी एक नेताले बताए ।

हाल नेपालमा नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुमार्फत दैनिक १० किलो सुन बजारमा पठाउने गरेको छ । व्यवसायीहरुले यति सुनले आन्तरिक माग पनि नधान्ने भन्दै कोटा बढाउन माग गर्दै आइरहेका छन् ।

देउवाले कर तिरेर जति पनि सुन ल्याउन दिएमा तस्करी नियन्त्रण हुने धारणा राखेका ती नेताले बताए ।

 

प्रतिक्रिया दिनुहोस्