१२ श्रावण २०८१, शनिबार
मुख्‍य समाचार समाचार समाज

साउनको अन्तिम सोमबार पशुपतिसहितका शिवालयमा भीड

२९ असार, काठमाडौं । चान्द्रमासअनुसार साउनको अन्तिम सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यसवर्ष अधिकमास परेकाले भक्तजनको चान्द्रमासअनुसारको अन्तिम सोमबारदेखि नै भीड लागेको हो ।

साविकअनुसार बिहान ४ बजे पशुपतिनाथ मन्दिरका ढोका खोल्दा भक्तजनको भीड लागिसकेको पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले दिए ।

अहिले पनि पशुपति क्षेत्रमा पूजा, आराधना एवं दर्शनका लागि हजारौँ भक्तजन लामबद्ध छन् । पशुपतिसँगै देशभरका शिवालयमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । शिवालयमा विशेषगरी साउने सोमबारको व्रत लिने महिलाको भीड लागेको छ ।

राजधानीका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवस्थानलगायत महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

यसवर्ष सौरमासअनुसार साउन १ गते सोमबार मात्र अधिकमास नपर्ने सोमबार रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

वर्षेझरीको पर्वाह नगरी शिवभक्तहरु पशुपति मन्दिरमा पूजा गरी प्रसाद ग्रहण गर्न पुगेका छन् । साउन महिनाका हरेक सोमबार शिवको पूजाआजा गरे सुख, शान्ति र अटल सौभाग्य मिल्ने धार्मिक विश्वास गरिन्छ । त्यसैले साउनको सोमबार शिवको प्रियबार भएको भन्दै यसै दिन शिवभक्तहरु शिव मन्दिरहरुमा पुग्छन् ।

यो वर्ष साउनमा पाँच वटा सोमबार परेको छ । आज साउनको अन्तिम सोमबार हो । 

आजको दिन शिवलाई शुद्ध जल चढाउने चलन छ । बोल बम तीर्थालुहरु सुन्दरीजलबाट जल ल्याएर पशुपतिमा अर्पण गर्छन् । उनीहरु खाली खुट्टा सुन्दरीजलदेखि पशुपतिसम्म पैदल यात्रा गर्छन् ।

हेर्नुहोस् थप तस्वीरहरू:

Avatar

रातो कागज

About Author

Leave a comment

Your email address will not be published. Required fields are marked *