२ भाद्र २०८३, मंगलवार
राजनीति

कोशी मुख्यमन्त्री र मन्त्रीले लिए शपथ

२२ भदौ, विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङबाट उनले पद तथा शपथ लिएका हुन् । सर्वोच्च अदालतको परमादेश अनुसार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभाको सबभन्दा ठूलो दलको नेता कार्कीलाई संविधानको धारा १६८ (३) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्कीले आजै सानो […]

अर्थ मुख्‍य समाचार

मुस्ताङमा असोज नलागेसम्म स्याउन टिप्न नपाइने

२२ भदौ, मुस्ताङ ।  स्याउको गुणस्तर र स्वाद कायम राख्न हिमालपारिको जिल्ला मुस्ताङमा असोज १ गतेयता स्याउ टिप्न र बिक्री गर्न नपाइने भएको छ । चाँडै स्याउ टिपेर बजारमा पठाउँदा मुस्ताङको स्याउको गुणस्तर र स्वाद नहुने भएकाले भदौसम्म स्याउ नटिपी असोज लागेपछि मात्रै स्याउ टिपेर बजारमा पठाइने मुस्ताङका अन्तरपालिका बैठकमा निर्णय गरिएको छ । सोही […]

मुख्‍य समाचार राजनीति

टीआरसीमा सहमति जुटाउन संसदीय उपसमिति सक्रिय

२२ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन थप सात दिनको समय पाएको संसदीय उपसमिति सक्रिय भएको छ । अनौपचारिक छलफलमा रहेका समिति सदस्यहरु आइतबार औपचारिक छलफलमा जुट्दैछन् । उपसमिति सदस्य सन्तोष परियारका अनुसार आइतबार बिहान साढे ८ बजे उपसमितिको बैठक बोलाइएको छ । अब बस्ने बैठकले प्रतिवेदन लेखनको कार्य सुरु गर्ने जनाइएको छ […]

मुख्‍य समाचार राजनीति

पोखरा र भैरहवामा चीनबाट नियमित उडान गर्न एमाले महासचिव पोखरेलको आग्रह

२२ भदौ, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का नेताहरुलाई नेकपा एमालेका महासचिव शंकर पोखरेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सिधा नियमित उडानका लागि आग्रह गरेका छन् । चीन भ्रमणका क्रममा बेइजिङ पुगेका पोखरेलले शुक्रबार आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले नियमित उडानको आग्रह गरेका हुन् । उनले नियमित उडानको आग्रह गरिरहँदा पोखरा विमानस्थल चीनको […]

स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त

२२ भदौ, काठमाडौं ।  स्वीटजरल्याण्डका लागि आवासीय राजदूतमा रामप्रसाद सुवेदी नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा सुवेदीलाई आवासीय राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यसका साथै सुवेदीलाई संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोग, जेनेभा, वल्ड ट्रेड अर्गनाइजेशन (डब्लूटीओ) र  विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का लागि नेपालको स्थायी प्रतिनिधि पदमा समेत […]

राजनीति

कोशीमा कार्कीले आजै शपथ लिने, मन्त्रीपरिषद् पनि विस्तार गर्ने

२२ भदौ, विराटनगर । सर्वोच्च अदालतको परमादेशपछि नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आजै मुख्यमन्त्रीको शपथ लिने तयारी गरेका छन् । सर्वोच्च अदालतको परमादेश अनुसार कोशी प्रदेश प्रमुखको कार्यालयले उनलाई मुख्यमन्त्री नियुक्तिको तयारी थालेको छ । आज शुक्रबार नै साँझसम्म शपथग्रहण गर्ने तयारी भएको हो । बिहीबार सर्वोच्च अदातलले कोशी प्रदेश सभाको सबैभन्दा ठुलो […]

राजनीति

राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित

२२ भदौ, काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । भदौ २४ गते बिहान ११ बजेका लागि बोलाईएको बैठक अर्को सूचना जारी नभए सम्मका लागि स्थगित भएको छ । अर्को बैठकको मिति र समय राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले पछि निर्धारण गर्ने गरी अनिश्चितकालका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ […]

मुख्‍य समाचार समाज

त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण बढ्दै

२२ भदौ, उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट बजारलगायत त्रियुगा नगरपालिका क्षेत्रमा स्क्रब टाइफसको सङ्क्रमण देखा पर्न थालेको छ । जिल्लामा भदौको पहिलो साता एकजनामा सङ्क्रमण देखिएसँगै अहिले दैनिक बिरामीको सङ्ख्या वृद्धि हुन थालेको जिल्ला अस्पताल उदयपुरले जनाएको छ । भदौको पहिलो साता पहिलो पटक अस्पतालमा उपचार गर्न आएका एक जनामा स्क्रब टाइफसको सङ्क्रमण देखा परेको […]

मुख्‍य समाचार समाज

सुन तस्करी प्रकरणमा बाराबाट थप एकजना पक्राउ

२२ भदौ, काठमाडौं । सुन तस्करी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पछिल्लो पटक बाराका शिव कुमार सफरलाई प्रहरीले पक्राउ गरेको हो । उनीसँगै त्रिभुवन विमानस्थल भन्सारबाट बाहिरिएको ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेहरुको संख्या २७ पुगेको छ । गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद […]

कोशी प्रदेस समाचार राजनीति

कोशीमा सर्वोच्चले सच्याएको राजनीति र प्रतिपादन गरेका दुई नजीर

२२ भदौ, काठमाडौं । सर्वोच्च अदालतले बिहीबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनायो । अनि प्रदेशसभाको सबभन्दा ठूलो दलको संसदीय दलका नेता (हिक्मतकुमार कार्की)लाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न परमादेश दियो । यो फैसला सुनाउने क्रममा सर्वोच्च अदालतले सभाध्यक्षको भूमिका र सरकार गठन प्रक्रियाबारे गरेको दुई व्याख्या भने दीर्घकालीन महत्वका छन् । […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार

कृषिगणनाको नतिजा सार्वजनिक, कृषिकार्य गर्ने जग्गामा कमी

२१ भदौ, काठमाडौँ । राष्ट्रिय तथ्याङ्क कार्यालय (साविकको केन्द्रीय तथ्याङ्क विभाग)ले राष्ट्रिय कृषिगणना, २०७८ को नतिजा आज सार्वजनिक गरेको छ । कृषिगणना, २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार सात सय ८९ कृषक परिवारले २२ लाख १८ हजार चार सय १० हेक्टर जग्गामा कृषिकार्य गरेको देखिएको छ । अघिल्लो कृषिगणना, २०६८ अनुसार ३८ लाख […]

अर्थ मुख्‍य समाचार

५० प्रतिशतले सहकारीले बुझाउँदैनन् विवरण

२१ भदौ, काठमाडौँ  । काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित सहकारीमध्ये ५० प्रतिशतले मात्रै वार्षिक विवरण पेस गर्ने गरेका छन् । हाल कामपामा एक हजार नौ सय ५३ सहकारी  सञ्चालनमा  छन् । जसमध्ये नौ सय ५५ ले मात्रै नियमितरूपमा वर्षिक विवरण पेस गरेका कामपाले जनाएको छ । कामपा सहकारी विभागका प्रमुख बलराम त्रिपाठीले सञ्चालनमा रहेका ५० प्रतिशतले मात्रै […]