२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार समाज

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ढुक्क भएर लगाउन आग्रह

२१ भदौ, काठमाडौँ । यही भदौ २७ गतेदेखि किशोरीमा लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ ढुक्क भएर लगाउन आग्रह गरिएको छ । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले एचपिभी खोपबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महाशाखाका निर्देशक डा विवेककुमार लालले खोपको प्रभावकारिता रहेकाले ढुक्क भएर लगाउन आग्रह गरे । उनले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले […]

मुख्‍य समाचार राजनीति

संघीय निजामती र शिक्षा ऐन संसदमा दर्ता गर्ने सरकारको निर्णय

२१ भदौ, काठमाडौं । सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०लाई संघीय संसदमा पेश गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० पनि संघीय संसदमा पेश गर्नेनिर्णय गरेको छ । संघीयता कार्यान्वयनमा नै समास्या पर्ने अवस्था आइसक्दा समेत संघीय निजामती र शिक्षा ऐन आउन […]

राजनीति

कोशीका मुख्यमन्त्री थापा पदमुक्त, हिक्मत कार्कीलाई नियुक्त गर्न परमादेश

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी […]

कोशीका मुख्यमन्त्री उद्धव थापा पदमुक्त

२१ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत बदर गरेको छ । साथै मुख्मन्त्री थापा पदमुक्त भएका छन् ।

राजनीति

चिनियाँ राजदूतलाई सचेत गराउन परराष्ट्रलाई संसदीय समितिको निर्देशन

२१ भदौ, काठमाडौं । चिनियाँ राजदूत छन सङले नेपाल–भारत व्यापारका विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधपुछ गरेर सचेत गराउन परराष्ट्र मन्त्रालयलाई संसदीय समितिले निर्देशन दिएको छ । बिहीबार बसेको संसद अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिले यसै विषयमा जानकारी लिन परराष्ट्रमन्त्री एनपी साउदलाई बैठकमा बोलाएको थियो । बैठकमा समितिका अधिकांश सदस्यले चिनियाँ राजदूत छनको अभिव्यक्तिको विरोध गर्दै […]

राजनीति समाज

संयुक्त अभ्यासका लागि काठमाडौं आइपुगे अमेरिकी सेना

२१ भदौ, काठमाडौं । अमेरिकी सेनाको एउटा टुकडी संयुक्त अभ्यासका लागि बन्दोबस्तका सामग्रीसहित वायुसेनाको विमानमार्फत नेपाल आएको छ । नेपाली सेनासँग काठमाडौंमा संयुक्त अभ्यास गर्नका लागि अमेरिकी सेनाको टुकडी आज काठमाडौं ओर्लिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको अमेरिकी वायु सेनाको विमान त्यसको भोलिपल्ट […]

मुख्‍य समाचार राजनीति

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

२१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् । बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यी दुई घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गरेका थिए । त्यस आधारमा सभामुखले जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् […]

मुख्‍य समाचार राजनीति

प्रधानमन्त्रीलाई एमालेको सुझाव : अमेरिकाबाट सिधैं चीन जाने निर्णयमा पुर्नविचार गर्नुहोस्

२१ भदौ, काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरुबारे संसदमा छलफल चलाउन माग गरेको छ । नेकपा एमालेको तर्फबाट बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै एमाले सांसद रघुजी पन्तले चीन जानु अगाडि संसदमा आफ्नो प्राथमिकताबारे संसदलाई जानकारी गराउन र सांसदहरुको सुझाव लिन आग्रह गरे । ‘प्रधानमन्त्रीको चीन भ्रमणको […]

महेन्द्र यादवमाथिको आक्रमणलाई लिएर कांग्रेसले माग्यो गृहमन्त्रीसँग जवाफ

२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको घटनाका सम्बन्धमा उपप्रधान तथा गृहमन्त्री नारायाणकाजी श्रेष्ठसँग जवाफ माग गरेको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा विशेष समय र शून्य समय लिएर कांग्रेसका सांसदहरुले पार्टीकै तर्फबाट सरकारको ध्यानाकर्षण गरेका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले यादवमाथिको आक्रमणलाई थामथुम पार्ने प्रयास भएको […]

मुख्‍य समाचार राजनीति

उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित

२१ भदौ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परेकाहरुले थुनामुक्त हुन उच्च अदालत पाटनमा दिएको निवेदनमाथिको सुनुवाइ स्थगित भएको छ । थुनामा परेका आरोपितहरुको कानून व्यवसायीहरुको निवेदनका आधारमा सुनुवाइ स्थगित भएको हो । उक्त निवेदन न्यायाधीशहरु सुभाष पौडेल र दीपेन्द्र अधिकारीको इजलासमा परेको थियो । नक्कली शरणार्थी प्रकरणमा मुछिएर जिल्ला अदालत काठमाडौंको आदेशले […]

मुख्‍य समाचार राजनीति

महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति राप्रपा सदस्यको नभएको प्रष्टीकरण

२१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्ति आफ्नो पार्टीको सदस्य नरहेको प्रष्टीकरण दिएको छ । बिहीबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै राप्रपाका महामन्त्री धवल शम्शेर राणाले आफ्नो पार्टीले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । ‘यो विषय प्रष्टै होस् त्यो व्यक्ति (आक्रमणकारी) हाम्रो पार्टीसित कुनै पनि […]

राजनीति

चिनियाँ राजदूततर्फ संकेत गर्दै वर्षमानले भने : सरकारले सचेत गराओस्

२१ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले नेपालको आन्तरिक मामिलामा टिप्पणी गर्ने छुट कुनै पनि कूटनीतिज्ञहरुलाई नभएको बताएका छन् । नेपालको घरेलु मामिलामा टिप्पणी गर्नेहरुलाई सरकारले सचेत गराउनु पर्ने उनको भनाइ छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले भने, ‘को राजदूतले, कहाँको राजदूतले भन्योभन्दा पनि हाम्रो आन्तरिक मामिलामा कसैले […]