२ भाद्र २०८३, मंगलवार
मुख्‍य समाचार समाज

प्रसूतिगृहमा आजबाट अनलाइन टिकटको व्यवस्था, जनरलतर्फ ४५० शय्या निःशुल्क

२० भदौ,  काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजबाट अनलाइन टिकटको व्यवस्था सुरू गरेको छ । अस्पतालले ६४औं वार्षिकोत्सव मनाउँदै आजबाट लागू हुनेगरी बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरू गरिएको अस्पतालले जनाएको हो । अस्पतालले बुधवारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउण्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ । […]

मुख्‍य समाचार राजनीति

कूटनीतिक किचलो बढेपछि अन्तर्राष्ट्रिय समितिले परराष्ट्रमन्त्रीलाई बोलायो

२० भदौ, काठमाडौं । संसदको अन्तर्राष्ट्रि सम्बन्ध तथा पर्यटन समितिले परराष्ट्रमन्त्री एनपी साउदलाई छलफलका लागि बोलाएको छ । बिहीबार बस्ने समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका तथा चीन भ्रमण, नेपालको नयाँ नक्सा र चिनियाँ राजदूतको विवादास्पद टिप्पणीलगायत विषयमा जानकारी लिन मन्त्री साउदलाई समितिमा बेलाइएको हो । समिति सभापति राजकिशोर यादवले बिहीबारको बैठमा यी सबै […]

खेलकुद

ताप्लेजुङ गोल्डकपमा टिकट बिक्रीबाट ११ लाख संकलन

२० भदौ,  काठमाडौं । ताप्लेजुङमा जारी ‘ताप्लेजुङ गोल्डकप’मा हालसम्म टिकट बिक्रीबाट रु ११ लाख २१ हजार रकम संकलन भएको छ । सर्वसाधरणलाई खेल हेर्न प्रवेश शुल्कवापतको टिकटबाट सो रकम सङ्कलन भएको हो । सोमबार र मङ्गलबार भएको सेमिफाइनल खेलबाट रु चार लाख ६५ हजार सङ्कलन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए । […]

मुख्‍य समाचार समाज

पाटनको कृष्ण मन्दिरमा भक्तजनको घुइँचो

२० भदौ, ललितपुर । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लागेको हो । हिन्दू धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रुपमा मानिन्छ । भाद्र कृष्ण अष्टमीकै दिन भगवान् श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व […]

मुख्‍य समाचार समाज

आज श्रीकृष्ण जन्माष्टमी’ पर्व मनाइदै

२० भदौ, काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति जाने चलन छ । यसैगरी राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ […]

समाज

गोविन्द चौधरीको हत्या गर्ने मधेश प्रदेश सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि जेल चलान

१९ भदौ, जनकपुरधाम । मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादव पुर्पक्षका लागि थुनामा परेका छन् । उनलाई सप्तरी जिल्ला अदालतको आदेशमा सप्तरी कारागार चलान गरिएको सप्तरीका एसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । सप्तरी क्षेत्र नं. ४ (ख)बाट प्रत्यक्ष निर्वाचित सांसद यादवलाई प्रहरीले कर्तव्यज्यान मुद्दामा सोमबार दिउँसो राजविराज नगरपालिका ७ बाट पक्राउ गरेको थियो । […]

राजनीति

एकसाथ ५८ सहसचिवको सरुवा, को कहाँ पुगे ?

१९ भदौ, काठमाडौ । सरकारले एकै साथ ५८ जना सहसचिवहरुको अन्तरमन्त्रालय र अन्तरनिकायगत सरुवा भएको छ । मन्त्रिपरिषद बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो । संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ […]

समाज

सुनकाण्डमा पक्राउ परेका खरेल सुन ओसारपसारमा संलग्न व्यक्ति

१९ भदौ, काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा पक्राउ परेका टोखाका सुमन खरेल नेपाल–भारतमा सुन ओसारपसारमा संलग्न व्यक्ति भएको खुलेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खरेल सुन ओसारपसारमा संलग्न रहेको आधार फेला पारेपछि भारतबाट पक्राउ गरेर ल्याएको हो । चिनियाँ नागरिक एलेक्स भनिने याओ पुचिङसँग उनको सम्बन्ध देखिएको प्रहरी […]

अर्थ कोशी प्रदेस समाचार समाज

बरमझियाको पेडा : नाम होस् तर बदनाम नहोस्

१९ भदौ, सप्तरी । ‘आमै! एउटै व्यक्तिका यति धेरै पसल’ जो कोही एक छिन् त अल्मलिन्छन् नै । जसरी पहिलो पटक बरमझिया पुग्दा हामी पनि अल्मलियौँ । लहरै रहेका सयभन्दा बढी पसल तर नाम उस्तैउस्तै । ‘बुढो बाजेको पेडा पसल’, ‘असली बुढो बाजेको पेडा भण्डार’, ‘असली बुढो वैद्यनाथ बाजेको पेडा पसल’, ‘उही पुरानो वैद्यनाथ बाजेको […]

राजनीति

६० किलो सुन प्रकरण : पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग सीआईबीले लियो बयान

१९ भदौ, काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बयान लिएको छ । महाराजगञ्जस्थित ब्यूरोमा पुगेर उनले बयान दिएको प्रहरी उच्च स्रोतले अनलाइनखबरलाई बतायो । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो । ३ साउनमा राजश्व अनुसन्धान विभागले सुन […]

गण्डकी प्रदेस समाचार

पोखरा महानगरले हटायो बसपार्कका ग्यारेज

१९ भदौ, पोखरा । पोखरा महानगरपालिकाले बसपार्कको जग्गा ओगटेर बनेका एक दर्जनभन्दा बढी गाडी ग्यारेज बन्द गरिदिएको छ । एक महिनाअगाडि नै सार्वजनिक सूचना जारी गरी बसपार्क क्षेत्रका ग्यारेज, कवाडखाना हटाउन आग्रह गरे पनि अटेर गरेकाले बन्द गराएको महानगरपालिकाले जनाएको छ । ‘बसपार्कको क्षेत्रमा बनेका ग्यारेज, मेटल सेन्टरहरुले ठूलो क्षेत्रफल खाएका थिए । गाडीहरु मर्मत […]

१३ निर्माण कम्पनी सरकारको कालो सूचीमा

१९ भदौ, काठमाडौं । सरकारले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १३ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । तीन निर्माण कम्पनीलाई २ वर्ष, दुई निर्माण कम्पनीलाई २ वर्ष, एक निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य सात निर्माण कम्पनीलाई एक वर्षसम्मका लागि कालो सूचीमा […]