३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति

सुदूरपश्चिममा सत्तागठबन्धनका उम्मेदवारले दर्ता गरे उम्मेदवारी

२३ पुस, धनगढी । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय पुगेर सत्तारूढ गठबन्धनका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । अल्पसंख्यक तथा अपांगतातर्फ कांग्रेसका नारायणदत्त भट्ट (कैलाली), अन्यतर्फ बलदेव बोहरा (कञ्चनपुर) र महिलातर्फ माओवादी केन्द्रकी रेनु चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्‍य समाचार समाचार समाज

पूर्वमन्त्री खाँणविरुद्ध सर्वोच्च नजान महान्यायाधिवक्ता कार्यालयमा दबाब

२३ पुस, काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध सर्वोच्च अदालतमा निवेदन पेश नगर्न महान्यायाधिवक्ता कार्यालयमा राजनीतिक दबाब बढेको छ । महान्यायाधिवक्ता कार्यालयले दबाबकै कारण खाँणलाई ३० लाख धरौटीमा छाड्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा निवेदन दिएको छैन । महान्यायाधिवक्ता कार्यालयले पाटनको आदेश विरुद्ध सर्वोच्चमा निवेदन पेश गर्ने हो भने सुनुवाई भई खाँण फेरि थुनामै […]

मधेश मुख्‍य समाचार राजनीति

६ बुँदे मागसहित जनकपुरमा मिटरब्याज पीडितको प्रदर्शन

२२ पुस, काठमाडौं । मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर संघर्ष समिति, नेपालले जनकपुरमा ६ बुँदेमागसहित प्रदर्शन गरेको छ । जनकपुरधामको तिरहुतिया गाछीबाट निस्केको मिटरब्याज पीडितहरुको जुलुस नगरको विभिन्न भागमा प्रदर्शन गरेको छ । प्रदर्शन गर्दै मधेश भवन पुगेर उनीहरु मुख्यमन्त्री सरोजकुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत प्रधानमन्त्रीलाई ६ बुँदे मागसहित ज्ञापनपत्र बुझाएको संघर्ष […]

समाचार समाज

बरहथवामा आन्दोलनरत पक्षसँग ११ बुँदे सहमति

२२ पुस, जनकपुरधाम। सर्लाहीको बरहथवा घटना विषयमा ११ बुँदे सहमति भएको छ । अस्पताल स्तरोन्नति गर्नुपर्ने आन्दोलनरत्त पक्ष, मृतक पक्ष र प्रशासनबीच ११ बुँदे सहमति भएको हो । बरहथवामा बसेको छलफलबाट छानविन गरी दोषीलाई कारबाही गर्ने, उचित क्षतिपूर्ति दिने सहितको ११ बुँदे सहमति भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले जानकारी दिए । सहमतिसँगै […]

मुख्‍य समाचार समाचार समाज

जङ्गली हात्तीबाट गहुँबाली जोगाउन रातभर जाग्राम

२२ पुस, कञ्चनपुर । जङ्गली हात्तीको बथानबाट गहुँबाली जोगाउन शुक्लाफाँटा नगरपालिका-३ का किसान रातभर जाग्राम बस्न बाध्य भएका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आउने हात्तीको बथान भगाउन स्थानीय किसान खेतमै आगो बालेर रातभर जाग्राम बस्दै आएका छन् । झण्डै एक महिनादेखि नियमित रुपमा हात्तीको बथान स्थानीय किसानका खेतमा छिरेर गहुँबालीमा व्यापक नोक्सानी पुर्‍याउँदै आएको छ […]

मधेश मुख्‍य समाचार राजनीति

मधेसमा जसपाबाट राष्ट्रियसभाका लागि पूजा चौधरी उम्मेदवार

२२ पुस, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । चौधरीले गत मंसिरमा सम्पन्न प्रदेश चुनावमा रौतहट क्षेत्र नं. ३ (क) बाट प्रदेससभा सदस्यका लागि प्रत्यक्ष तर्फ चुनावी प्रतिस्पर्धा […]

मुख्‍य समाचार राजनीति

माओवादीले टुंग्यायो राष्ट्रिय सभाको उम्मेदवार

२२ पुस, काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सभाको उम्मेदवारहरु टुंगो लगाएको छ । आइतबार बसेको पदाधिकारी बैठकले ६ जनाको नाम तय गरेको हो । माओवादी प्रवक्ता अग्नि सापकोटाले भने, ‘मोटामोटी नाम टुंगो लागेको छ । केहीबेरमा गठबन्धनको बैठक बस्छ । त्यसपछि अन्तिम रुप दिन्छौं ।’ अर्का एक पदाधिकारीका अनुसार कोशीबाट चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, […]

बैंक–वित्त

सुदूरपश्चिममा एमालेले टुंग्यायो राष्ट्रिय सभा उम्मेदवार

२२ पुस, धनगढी । नेकपा एमालेले सुदूरपश्चिम प्रदेशमा चुनाव हुने राष्ट्रियसभाका तीन जना उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रदेश कमिटीले गरेको सिफारिसका आधारमा केन्द्रीय सचिवालय बैठकले तीन जना उम्मेदवारको नाम टुंगो लगाएको एमाले सुदूरपश्चिमका अध्यक्ष कृष्णप्रसाद जैसीले जानकारी दिए । उनका अनुसार अन्यतर्फ कञ्चनपुरका ईश्वरी खरेल, महिलातर्फ कैलालीकी सावित्री घिमिरे र अपांगतातर्फ कैलालीकै रामचन्द्र […]

समाचार समाज

सर्लाहीको बरहथवामा आज पनि कर्फ्यू

२२ पुस, मलङ्गवा (सर्लाही) . जिल्ला प्रशासन कार्यालय सर्लाहीले बरहथवा नगरपालिकामा आइतबार दिउँसोदेखि सोमबार विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । यही पुस २० गते शुक्रबार बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिलाई लिएर भएको विरोध प्रदर्शनका कारण सार्वजनिक तथा निजी सम्पत्ति र संरचनामा भएको तोडफोड, आगजनी तथा हुलदङ्गालगायतका सार्वजनिक शान्ति सुरक्षा भङ्ग हुनसक्ने […]

मुख्‍य समाचार समाचार समाज

विमानस्थलबाट १ किलो ३०० ग्राम सुन बरामद

२२ पुस, काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो तीन सय ग्राम अवैध सुनसहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फ्लाइ दुबईको उडान नम्बर एफजेड ५७३ बाट गएराति १ बजे काठमाडौँ आएकी ५४ वर्षीया श्रीलङ्काली नागरिक कान्थी माथी कावस्कर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा प्रमुख तथा प्रहरी नायब महानिरीक्षक अर्जुन चन्दले जानकारी दिए […]

अर्थ समाचार समाज

अलैँचीको भाउ प्रतिमन ८५ हजार पुग्‍यो

२२ पुस, इलाम । अलैँचीको भाउ बढेपछि इलामका किसान खुसी भएका छन् । ‘कालो सुन’ भनेर चिनिने अलैँची चार वर्षयताकै उच्च मूल्यमा बिक्री हुन थालेको छ । ‘अलैँचीको भाउ यति धेरै आउँछ भन्ने लागेको थिएन, आउँदो सालदेखि त जङ्गल फाँडेर सबै अलैँची रोपिन्छ’, सूर्योदय नगरपालिका-१ की इन्दिरा अधिकारीले भने, ‘कालो सुन भन्थे साँच्चै, सुनजस्तै बहुमूल्य […]

अर्थ मुख्‍य समाचार समाचार समाज

त्रिपक्षीय सम्झौतामार्फत नेपालको बिजुली बङ्गलादेश लगिने

२२ पुस, काठमाडौँ । नेपाल र भारतबीच ऊर्जा क्षेत्रको साझेदारीका विभिन्न आठ वटा विषयमा महत्वपूर्ण छलफल भई सहमति भएको छ । भारतीय विदेशमन्त्री डा एस जयशङ्करको नेपाल भ्रमणको सन्दर्भमा प्रसारण लाइन तथा ऊर्जा क्षेत्रका विषयमा महत्वपूर्ण सहमति भएका हुन् । विदेशमन्त्रीको भ्रमणका क्रममा दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ । आगामी १० वर्षमा […]