१२ श्रावण २०८१, शनिबार
मधेश मुख्‍य समाचार राजनीति

मधेसमा जसपाबाट राष्ट्रियसभाका लागि पूजा चौधरी उम्मेदवार

२२ पुस, काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राष्ट्रियसभा सदस्य निर्वाचनमा रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

चौधरीले गत मंसिरमा सम्पन्न प्रदेश चुनावमा रौतहट क्षेत्र नं. ३ (क) बाट प्रदेससभा सदस्यका लागि प्रत्यक्ष तर्फ चुनावी प्रतिस्पर्धा गरेकी थिइन् ।

आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा जसपाले मधेस प्रदेसमा एक सिट पाउने सहमति जुटेको थियो ।

जसपाले सत्ता गठबन्धनसँग मिलेर राष्ट्रिय सभामा साझा उम्मेदवार बनाउने सहमति गरेको थियो। जसअनुसार जसपालाई मधेसको महिला क्लस्टर परेको थियो ।

माघ ११ मा हुने राष्ट्रिय सभा चुनावका लागि सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्