२२ बैशाख २०८३, मंगलवार
मुख्‍य समाचार राजनीति

माधवकुमार नेपाललाई भेट्‍न कोटेश्वर पुगे प्रधानमन्त्री प्रचण्ड

२१ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न उनको निवास कोटेश्वर गएका छन्।

दुई नेताबीच सरकारमा जानेबारे छलफल जारी रहेको एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले बताए ।

बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलिरहँदा प्रधानमन्त्री प्रचण्ड नारायणकाजी श्रेष्ठलाई लिएर माधव नेपाललाई भेट्न गएका हुन्।

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसलगायतका दलसँगको गठबन्धन तोडेर एमालेसमेतका दलसँग नयाँ गठबन्धन बनाएपछि एकीकृत समाजवादीलाई पनि त्यसमा सामेल गर्ने प्रयास गरेका छन्।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *

थप समाचारहरु

राजनीति

विश्वासको मत लिनुअघि नै कोशी सरकारको हैसियत कामचलाउ

२८ असार, विराटनगर । प्रदेशसभामा विश्वासको मत परीक्षण गर्नुअगाडि नै कोशीका मुख्यमन्त्री उद्धव थापा नेतृत्व सरकारको हैसियत कामचलाउ बन्न पुगेको
राजनीति

सामाजिक सञ्जाललाई मर्यादित बनाउन कानुन ल्याउँछौं : सञ्‍चारमन्त्री शर्मा

२८ असार, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सामाजिक सञ्जाललाई मर्यादित बनाउन ठोस कदम चाल्ने बताएकी छन् ।