२ चैत्र २०८२, सोमबार

५ भदौसम्मका लागि संसद बैठक स्थगित

३ भदौ, काठमाडौं । आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । सभामुख देवराज घिमिरेले बोलाएको दलका प्रमुख सचेतक तथा सचेतकहरुको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठकले संसद सञ्चालन गर्ने विषयमा सहमति जुटाउन नसकेपछि ५ भदौसम्मका लागि संसद बैठक स्थगित गरिएको हो । दुबै बैठकमा नेकपा […]

राजनीति

प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय दलको बैठक पनि निष्कर्षविहीन

३ भदौ, काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको राष्ट्रिय दलको बैठक बिना निष्कर्ष टुंगिएको छ । १० साउनदेखि संसद अवरुद्ध छ । सदन सञ्चालन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले संसदमा भएका प्रमुख दलहरुको बैठक बोलाएका थिए । सिंहदरबारमा भएको छलफलमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय […]

मुख्‍य समाचार समाचार समाज

बाढीले क्षति पुर्‍याएको कागबेनीको पुनःनिर्माण थालियो

३ भदौ, गलेश्वर । गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पुर्‍याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए पनि तिनै जोगिएका स्थानीयवासीलाई गाँस र बासको समस्या भएको छ । घरसहित बन्दोबस्तका सामान खोलाले बगाएपछि समस्यामा परेका कागबेनीवासीको सहयोगका लागि […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार

पर्यटक आकर्षित गर्न नारायणीमा डुंगा सफारी

३ भदौ, मध्यविन्दु (नवलपरासी बर्दघाट सुस्तापूर्व)। नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका-११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११ किलोमिटरमा डुङ्गा सञ्चालनको अनुमति पाएसँगै यहाँ आउने पर्यटकले नारायणी नदीमा डुङ्गा सफारीको आनन्द लिन पाउने भएका हुन् । चितवन […]

अर्थ मुख्‍य समाचार

भदौमै पाक्न थाले स्याङ्जाका सुन्तला

३ भदौ, गल्याङ। स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका-११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उनको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाज

अस्पतालबाटै शिशु गायब, डाक्टरसहित दुई जना पक्राउ

३ भदौ, विराटनगर । विराटनगरको ग्रीनक्रस अस्पतालबाट नवजात शिशुलाई गायब गरेको आरोपमा प्रहरीले सोही अस्पतालमा कार्यरत डाक्टर र अर्का एक व्यक्तिलाई पक्राउ गरेको छ । नवजात शिशु गायब गरेको आरोपमा सोही अस्पतालमा कार्यरत प्रसूति रोग विशेषज्ञ डाक्टर तपेश्वरलाल कर्ण र भोजपुरको हतुवागढी गाउँपालिका-४ घर भएका २७ वर्षीय गोबिन्द राईलाई प्रहरीले पक्राउ गरेको हो । डाक्टर […]

मुख्‍य समाचार राजनीति

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने पक्षमै छु : प्रचण्ड

३ भदौ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा नै रहेको बताएका छन् । आइतबार १७औं राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले लाल आयोगको प्रतिवेदन गोप्य राख्ने गरी आफूले कुनै निर्णय नगरेको बताएका हुन् । ‘लाल आयोगको प्रतिवदनसम्बन्धी कुरा उठेको छ र अर्को सचिव झिकेको कुरा छ […]

मुख्‍य समाचार समाज

रसुवामा दुई किलो सुन बरामद

३ भदौ, रसुवा । प्रहरीले रसुवामा दुई किलो सुन बरामद गरेको छ । नियमित चेकजाँचका क्रममा चेस्ट गार्डभित्र लुकाएर ल्याएको दुई किलो सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख डीएसपी सुवास बुढाथोकीले अनलाइनखबरलाई बताए । शनिबार साँझ भएको चेकिङका क्रममा शंका लागेर चेक गर्दा टिमुरेबाट स्याफ्रुवेशी गइरहेका २४ वर्षीया सुदीप शेर्पा पक्राउ परेका थिए […]

मुख्‍य समाचार राजनीति

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध ३ उजुरी, सोमबार छलफल

३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ भोलि (सोमबार)देखि सुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्तासँग छलफल गर्ने र त्यसलगत्तै श्रेष्ठसँग पनि छलफल गर्ने छ । समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग […]

राजनीति

राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

३ भदौ, काठमाडौं । संसद अवरोधबारे छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरुसँग छलफल गर्दैछन् । छलफल आज दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा हुँदैछ । संसदको अवरोध खुलाउने पहल अनुसार प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताहरुसँग छलफल गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । गत निर्वाचनमा […]

समाचार समाज

मौसम विभागले भन्यो : दुई दिनसम्म झरी पर्ने सम्भावना छैन

३ भदौ, काठमाडौं । मनसुनी प्रणाली कमजोर हुँदा दुई दिनसम्म झरी पर्ने सम्भावना नरहेको मौसमविद्ले जनाएका छन् । मौसमविद् बिनु महर्जनले भनिन्, ‘अहिले एक-दुई दिनमै अस्ति-अस्तिको जस्तो ठूलो सिस्टम आउने जस्तो देखिंदैन, पानी पर्ने क्रम अहिले जस्तो छ, लगभग त्यस्तै रहने देखिन्छ ।’ हाल मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ सरदर स्थानको आसपास रहेकाले र भारतको […]

राजनीति

बालुवाटार जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने सीआईबीको तयारी

३ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बालुवाटारस्थित ललितानिवास जग्गा हिनामिना सम्बन्धी अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको छ । यो प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई पनि मुछिए तापनि सीआईबीले उनीहरुको बयान नलिई अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरेको हो । तत्कालीन पूर्वप्रधानमन्त्री नेपाल र भट्टराईलाई […]