२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

१९ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज दिउँसो १ बजे विश्वासको मत लिँदैछन् । आइतबार बसेको प्रदेशसभाको कार्यव्यवस्था समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मतसम्बन्धी प्रस्तावलाई आज बागमती प्रदेशसभामा छलफल गराउने निर्णयसहित कार्यसूची तय गरेको थियो । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार उक्त बैठकले मुख्यमन्त्री जम्कट्टेलले आज बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने […]

मुख्‍य समाचार समाचार समाज

रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै प्रदर्शन गर्नेहरु पक्राउ

१९ चैत, काठमाडौं । रुसी सेनामा कार्यरत नेपालीको जीवन रक्षाको माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रुसी सेनामा रहेका नागरिकको जीवन रक्षाको लागि सचेतना अभियानकी अभियन्ता कृतु भण्डारी सहित १४ जनालाई प्रहरीले सोमबार बिहान नियन्त्रणमा लिएको हो । रुसी सेनामा गएर सम्पर्कविहीन भएकाहरुको खोजी, मृत्यु भएकाहरुको शव फिर्ता र अलपत्र […]

खेलकुद समाचार समाज

धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद पहिलो पटक हार्‍यो चेन्नाई

१९ चैत, काठमाडौं । ४२ वर्षीय विकेटकिपर महेन्द्रसिंह धोनीको उत्कृष्ट फिनिसिङका बाबजुद चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिग(आईपीएल) २०२४ मा दिल्ली क्यापिटल्ससँग २० रनले पराजित भएको छ । चेन्नाईको पहिलो हार र दिल्लीको पहिलो जित हो । १९२ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ६ विकेट गुमाउँदै १७१ रन बनायो । चेन्नाईका धोनी १६ बलमा […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’ सँग तेस्रो टी-२० खेल्दै, क्लिनस्विपबाट जोगिने सोच

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो तथा अन्तिम टी-२० अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग खेल्दैछ । खेल दिउँसो १ बजे त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल ए पहिलो खेलमा २१ रन र दोस्रो खेलमा ४० रनले पराजित भएको थियो । सिरिज गुमाइसकेको नेपाल अन्तिम खेलमा जितका साथ क्लिनस्वीप हुनबाट बच्न चाहन्छ […]

खेलकुद मुख्‍य समाचार

दिल्लीका कप्तान ऋषभ पन्तलाई १९ लाख जरिवाना

१९ चैत, काठमाडौं । दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा १२ लाख भारु (१९ लाख २४ हजार रुपैयाँ) जरिवाना लागेको छ । आइतबार राति चेन्नाई सुपर किंग्सविरुद्द खेलको क्रममा स्लो ओभर रेट(निर्धारित समयभन्दा बलिङ ढिलो सकेपछि ) जरिवानामा परेका हुन् । जारी आईपीएलमा स्लो ओभर रेटका कारण जरिवानामा पर्ने गुजरात […]

अर्थ मुख्‍य समाचार समाचार समाज

प्रस्तावित महालेखापरीक्षकको संसदीय सुनुवाइ प्रक्रिया अघि बढ्यो, आज सुनुवाइ समितिको बैठक बस्दै

१९ चैत, काठमाडौं । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक बिहान १०ः३० बजे बोलाइएको छ । आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन् । संसदीय सुनुवाइ प्रक्रियाबाट […]

मुख्‍य समाचार समाचार समाज

२७ निर्माण व्यवसायीसँग सातदिने स्पष्टीकरण माग

१९ चैत, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन सन्तोषजनक नभएका २७ निर्माण व्यवसायीहरुसँग सातदिने स्पष्टीकरण माग गरेको छ । सुरुमा ३० दिनभित्र स्पष्टीकरण दिन भन्दा पनि अटेर गरेपछि आज सार्वजनिक सूचना जारी गरी सात दिनभित्र लिखित स्पष्टीकरण माग गरिएको हो । स्पष्टीकरण माग गरिएका २७ निर्माण कम्पनीको सूचीमा भारतका […]

अर्थ मुख्‍य समाचार

कानुनी बाधा हटाएका छौं, नेपालको पूर्वाधारमा चिनियाँ लगानी गर्नुस् : उपप्रधानमन्त्री श्रेष्ठ

१८ चैत, छेन्दु । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमा जलविद्युत्, कृषि तथा पूर्वाधार क्षेत्रमा उच्च सम्भावना रहेको जनाउँदै ती क्षेत्रमा लगानीका लागि चिनियाँ पक्षसँग आग्रह गरेका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले आज सिचुवान प्रान्तीय जनसरकारका गभर्नर हुवाङ क्वाङसँगको भेटमा सिचुवानका लगानीकर्तालाई नेपालमा लगानीका लागि प्रोत्साहित गर्न आग्रह […]

अर्थ मुख्‍य समाचार समाचार समाज

पेट्रोलको भाउ लिटरमै ४ रुपैयाँले बढ्यो

१८ चैत, काठमाडौँ । पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ । सोमबारदेखि वृद्धि हुने मूल्यअनुसार पेट्रोलको प्रतिलिटर मूल्य रु एक सय ७५ पुगेको हो । नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आजको निर्णयअनुसार सोमबारदेखि नयाँ मूल्य लागू हुनेछ । निगमले नयाँ खरिद मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ ७६ पैसाले बढेर आएको हो […]

मुख्‍य समाचार समाचार समाज

मिलन लिम्बूलाई महासचिव पदबाट राजीनामा दिन फोनिजको निर्देशन

१८ चैत, काठमाडौं । नेपाल आदिबासी पत्रकार महासंघ(फोनिज)का महासचिव मिलन लिम्बुलाई राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम २ बाट उम्मेदवारी बनाउने घोषणा गरिसकेको छ। यद्यपि लिम्बुले फोनिजको पदबाट राजीनामा दिएका छैनन्। यही विषयमा फोनिजले असन्तुष्टि जनाउँदै लिम्बुलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छ। आइतबार अध्यक्ष गजुरधन राईको अध्यक्षतामा काठमाडौंमा बसेको आकस्मिक सचिवालय बैठकले उक्त निर्णय गरेको सचिव […]

अर्थ बैंक–वित्त मुख्‍य समाचार

नक्कली बिल र स्टिकरको अनुगमन गरी आवश्यक कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजस्व चुहावट रोक्दै अर्थतन्त्र सुदृढ गर्न नक्कली बिल जारी गर्ने र नक्कली स्टिकरको प्रयोग भइरहेको स्थितिबारे गम्भीरतापूर्वक अनुगमन गरी नियन्त्रणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित राजस्व वृद्वि तथा चुहावट नियन्त्रणसम्बन्धी बैठकमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र अर्थ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

मलाई भोट दिनुहोला है : मिलन, भेट भएकोमा खुसी छु : सुहाङ

१८ चैत, काठमाडौं । इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले एकअर्कालाई भोट मागेका छन् । आइतबार दिउँसो मिलन र सुहाङबीच इलाम बजारको अस्पताल लाइनमा भेट हुँदा उनीहरूले एकले अर्कोलाई भोट मागेका हुन् । घरदैलो गरिरहेका बेला सुहाङ र अस्पताल लाइनबाट आइरहेका मिलन विपरीत तर्फबाट […]