११ श्रावण २०८१, शुक्रबार
मुख्‍य समाचार राजनीति समाचार समाज

मलाई भोट दिनुहोला है : मिलन, भेट भएकोमा खुसी छु : सुहाङ

१८ चैत, काठमाडौं । इलाम २ उपचुनावमा एमालेबाट उम्मेदवार बनेका सुहाङ नेम्बाङ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उम्मेदवार बनेका मिलन लिम्बुले एकअर्कालाई भोट मागेका छन् ।

आइतबार दिउँसो मिलन र सुहाङबीच इलाम बजारको अस्पताल लाइनमा भेट हुँदा उनीहरूले एकले अर्कोलाई भोट मागेका हुन् ।

घरदैलो गरिरहेका बेला सुहाङ र अस्पताल लाइनबाट आइरहेका मिलन विपरीत तर्फबाट आइरहँदा उनीहरूबीच चुनाव बेला जम्काभेट गराएको हो ।

भेटमा उनीहरूले करिब १औ मिनेटजति कुरा गरेका थिए । उनीहरूले एकले अर्काको प्रशंक हुँसमेत भन्‍न छुटाएनन् । ‘मलाई भोट दिनुहोला है, यहींको उम्मेदवार हुँ,’ सुहाङसँग ठट्टा गर्दै मिलनले भने ।

‘ल खुसी लाग्यो यहाँ भेट भएकोमा,’ सुहाङले भोट दिन्छु भन्ने कुरै थिएन । बरू औपचारिक शिष्टाचार साटे । उनले मित्रवत् स्वस्थ प्रतिष्पर्धाका लागि शुभकामना पनि दिए ।

मिलनले इभाङ पुग्दा आफ्नो घर पुगेर आमाले पकाएको खाना खाइदिन प्रस्ताव राखे । सुहाङले फर्काए, ‘अवश्य, म तपाईंको घरमा पुग्ने छु । आमालाई भेट्ने छु ।’

१५ वैशाखको उपचुनावका लागि दुवै उम्मेदवार घरदैलोमा छन् । रास्वपा सभापति रवि लामिछाने शनिबार मिलनको उम्मेदवारी घोषणा गर्न इलाम पुगेका थिए । एमाले नेता रामबहादुर थापा, प्रदीप ज्ञवाली लगायत नेताहरू इलाम आउजाउ गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्