२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार समाज

भारत लगेर युवती बेचेको आरोपमा दुई युवक पक्राउ

१८ चैत, काठमाडौं । भारत लगेर एक युवतीलाई बेचबिखन गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भइ काठमाडौं तार्केश्वर नगरपालिका–५ बस्दै आएका २५ वर्षीय अर्जुन भनिने चन्द्रबहादुर तामाङ र दुप्चेश्वर–३ घर भइ तोर्केश्वर–७ बस्दै आएका ३० वर्षीय किरण तामाङ छन् । उनीहरुलाई मावन बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले तार्केश्वर […]

अर्थ मुख्‍य समाचार समाचार समाज

राजस्व छलीमा कोटिभिटीविरुद्ध साढे १० अर्बको मुद्दा, अहिलेसम्मकै ठूलो मागदाबी

१८ चैत, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीको आरोपमा १० अर्ब ३६ करोड ४५ लाख रुपैयाँ बराबरको मागदाबी गर्दै मुद्दा दायर गरेको छ । कोटिभिटी नेपाल प्रालिविरुद्ध मुद्दा दायर गरेको विभागले जनाएको छ । विभागले यस कम्पनीविरुद्ध ५ अर्ब १८ करोड २२ लाख ६१ हजार ३२१ रुपैयाँ बिगो र त्यति नै जरिबानाको दाबी गर्दै […]

मुख्‍य समाचार समाचार समाज

कास्कीको भदौरेमा जीप दुर्घटना, २ जनाको मृत्यु

१८ चैत, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ भदौेरेमा जीप दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने १० जना घाइते भएका छन् । दुर्घटनामा घाइते भएको पोखरा महानगरपालिका २३ का ५२ वर्षीय जयराम सुनार र ५५ वर्षीय लक्ष्मण सुनारको मृत्यु भएको हो । पोखरा बजारदेखि भदौरे जाँदै गरेको ग १ ज ५५४७ […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

गुजरातलाई ८ विकेटले हराउँदै नेपालको विजयी सुरूवात

१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराउँदै विजयी सुरूवात गरेको छ । जितको लागि ९९ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा अनिल शाह ३५ बलमा ३ चौका र १ छक्कासहित ३२ रनमा नट आउट रहे । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नयाँ समीकरणपछि अर्थतन्त्रमा उत्साह देखिएको छः प्रधानमन्त्री प्रचण्ड

१८ चैत, काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता समीकरणमा परिवर्तन भएसँगै अर्थतन्त्रमा उत्साह पैदा भएको बताएका छन् । पार्टीका मधेस प्रदेशका केन्द्रीय सदस्य एवं वैकल्पिक केन्द्रीय सदस्य र सल्लाहकारहरूको बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय अर्थतन्त्रले सकारात्मक लय लिएको बताए । ‘पछिल्लो समय अर्थतन्त्रले सकारात्मक […]

मधेश मुख्‍य समाचार समाचार समाज

अनलाइनमार्फत ठगी गरेको आरोपमा वीरगञ्जबाट ३ चिनियाँ पक्राउ

१८ चैत, पर्सा । पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गरेको आरोपमा ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको हुनान प्रान्तमा बस्‍ने ३३ वर्षीय लिउ गुइ चाइ, हुवेइ प्रान्तका २६ वर्षीय वाङ बोहाङ र हुबेई प्रान्तका ३६ वर्षीय सियाङ जियाओ रहेका छन् । उनीहरूलाई प्रहरीले वीरगञ्जको विभिन्‍न स्थानबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय […]

खेलकुद मुख्‍य समाचार

गुलशन र करणको उत्कृष्ट बलिङमा गुजरात ९८ रनमा अल आउट

१८ चैत, काठमाडौं। तीव्र गतिका बलर गुलशन झा र करण केसीको उत्कृष्ट बलिङमा भारतको स्टेट टोली गुजरातले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत पहिलो खेलमा नेपाललाई ९९ रनको सामान्य लक्ष्य दिएको छ । साई मेघपन स्पोर्ट्स लाइफ ग्राउण्डमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरात १८.२ ओभरमा ९८ रनमा अल आउट भयो । गुजरातका ओपनर […]

मुख्‍य समाचार समाचार समाज

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतको अनुमति

१८ चैत, काठमाडौं । गैरकानूनी सम्पत्तिआर्जनको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ । नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई गत माघ १० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । माघ ११ […]

खेलकुद समाचार समाज

नेपालले टस जितेर पहिला फिल्डिङ गर्दै

१८ चैत, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत गुजरातविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने भएको छ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड रोबिनमा हुनेछ । नेपाल दुई सातापछि ओमानमा हुने एसिसी प्रिमियर कपको तयारीको रुपमा सिरिज खेल्न लागेको हो । दोस्रो खेल चैत २० मा बरोडासँग खेल्नेछ । चैत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रू’

१८ चैत, काठमाडौं । तनहुँ ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सीमा भएर बग्ने सेती नदीको पानी प्रयोग गरी निर्माणाधीन १ सय ४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ (छिचोलिएको) भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर सञ्चालक समिति अध्यक्ष […]

बागमती मुख्‍य समाचार राजनीति

बागमतीमा कांग्रेसले मुख्यमन्त्री विपक्षमा मतदान गर्ने

१८ चैत, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको सभाध्यक्षतामा आज काठमाडौंमा बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका सम्पूर्ण प्रदेश सांसदहरूलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन […]

मुख्‍य समाचार समाचार समाज

हात्तीको आक्रमणबाट पाँच महिनामा झापामा छको मृत्यु

१८ चैत, झापा । दैनिकजसो हुल बाँधेर आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेपछि झापाबासी चिन्तित बनेका छन् । चालु आर्थिक वर्षको मङ्सिरदेखि चैत १७ गतेसम्म जङ्गली हात्तीको आक्रमणमा परी ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । हात्तीले जङ्गलमा घाँस दाउरा गएका, ‘वर्निङवाक’मा रहेका र घरमै सुतिरहेको अवस्थामा उनीहरुलाई कुल्चेर मारेको डिभिजन वन कार्यालय झापाको […]