१ चैत्र २०८२, आईतवार

बाँकेको नेपालगञ्जमा कर्फ्यु

१६ असोज, काठमाडौं । सामाजिक र धार्मिक सदभाव भड्किने संकेत देखिएपछि बाँकेको नेपालगञ्जमा स्थानीय प्रशासनले कर्फ्यु लगाएको छ । हिन्दु र मुस्लिम समुदायबीच तनाव सिर्जना हुने संकेत देखिएपछि दिउँसो साढे १२ बजेदेखि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा कर्फ्यु जारी गरिएको हो । हिन्दुहरुको समूह आज नेपालगञ्जमा भेला भएर प्रदर्शनमा उत्रिएको छ । ओमकार परिवार, हिन्दु समाज र […]

समाज

एक दर्जन कम्पनी कालोसूचीमा

१६ असोज, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक दर्जन कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । काम सन्तोषजनक नभएका ठेकेदार कम्पनी तथा सप्लायर्सहरुलाई कार्यालयले तीनदेखि एक वर्षसम्म कालोसूचीमा राखेको हो । कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । तीन वर्ष कालोसूचीमा पर्नेहरुमा […]

समाज

कोरोना खोपको अनुसन्धान गर्ने दुई चिकित्सकलाई नोबल पुरस्कार

१५ असोज, काठमाडौं । कोभिड-१९ विरूद्धको खोपमा प्रयोग भएको प्रविधिमा अनुसन्धान गरेका दुई जना वैज्ञानिकले यसवर्षको चिकित्सा विज्ञानतर्फको नोबल पुरस्कार पाएका छन्। नोबल पुरस्कार समितिले वैज्ञानिकहरू क्याटलिन कारीको र ड्रयु वेसम्यानलाई ‘मेसेन्जर आरएनए’ भ्याक्सिन बनाउन गरेको खोजका लागि चिकित्सा विज्ञानतर्फको पुरस्कार दिने घोषणा गरेको हो। सन् १९५५ मा हंगेरीको स्जोल्नोकमा जन्मिएकी कारीको अहिले हंगेरीको जेगेड […]

मुख्‍य समाचार राजनीति

सल्यानमा चितुवाको आक्रमणबाट ४ जना घाइते

१५ असोज, दाङ । सल्यानमा चितुवाको आक्रमणबाट चार जना घाइते भएका छन् । छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ४० बर्षीया राजबहादुर केसी, ४० बर्षीया टेकबहादुर थापा, १६ बर्षीया छविलाल केसी र २७ बर्षीया भीमसेन थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक गोपाल श्रेष्ठले जानकारी दिए । छत्रेश्वरी गाउँपालिका- ३ दोलीका ५२ बर्षीया […]

राजनीति

अख्तियारले विस्तृत अनुसन्धान गरेका ६५६ फाइल तामेलीमा

१५ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्षमा विस्तृत अनुसन्धान गरेका ६५६ वटा उजुरी तामेलीमा राखेको छ । अख्तियारले राष्ट्रपतिलाई बुझाएको बार्षिक प्रतिवेदनअनुसार आब २०७९/०८० मा २० हजार ९०५ वटा उजुरी आएका थिए । अघिल्लो वर्षबाट सरेको ७ हजार १६२ उजुरी पनि थियो । एक वर्षमा १८ हजार ७७९ वटा उजुरीको प्रारम्भिक […]

अर्थ

मनसुन लम्बियो : धान नकाटौं, काटेको भए भित्र्याइहालौं

१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले नेपालबाट मनसुन बाहिरिने दिन लम्बिएका कारण किसानलाई तत्काल धान नकाट्न र काटेको भए भित्र्याइहाल्न आग्रह गरेको छ । सामान्यतः २ अक्टोबरदेखि मनसुन बाहिरिने गरेको भए पनि अझै मनसुन सक्रिय देखिएको छ । वरिष्ठ मौसमविद् वरुण पौडेल विभिन्न विष्लेषणका आधारमा आज मौसम बाहिरिने दिन अनुमान गरिए पनि […]

राजनीति

नेशनल पेमेन्ट गेटवेमा भ्रष्टाचार, सचिव मरासिनीसहित ९ जनाविरुद्ध मुद्दा दायर

१५ असोज, काठमाडौं । राष्ट्रिय पेमेन्ट गेटवे प्रणालीमा भ्रष्टाचार गरेको आरोपमा बहालवाला सचिवसहित *९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योग मन्त्रालयका सचिव मधु कुमार मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक प्रणिता उपाध्याय, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, पूर्वसचिव एवम् राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का तत्कालीन कार्यकारी […]

गण्डकी प्रदेस समाचार राजनीति

पृथ्वीसुब्बा गुरुङको आरोप : भिजनबिनाको रास्वपाले युवाहरुलाई दिग्भ्रमित बनाउँदैछ

१५ असोज, पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेकपा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लोकप्रियतावादले देशको विकास हुन नसक्ने बताएका छन् । नेकपा एमाले प्रथम गण्डकी अधिवेशनमा उनले लोकप्रियतावामा टेकेर राष्ट्रिय स्वतन्त्रता पार्टीले युवाहरुलाई भ्रम छरिरहेको आरोप लगाए । ‘अहिले धेरै राजनीतिमा भ्रम सिर्जना भइराखेका छन् । हाम्रा बाबुनानीहरु फेसबुक हेर्छन्, टिकटक हेर्छन् र भ्रममा पर्छन्,’ […]

समाज

अभिनेता अनमोल केसी रिहा, खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाइयो

१४ असोज, काठमाडौं । प्रहरीले अभिनेता अनमोल केसी रिहा भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ । जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमोद ढुंगेलले जानकारी दिए । रिहा भएपछि […]

मुख्‍य समाचार समाज

एक वर्षमा उपत्यकामा १० हजार दुर्घटना, २ सय बढीले गुमाए ज्यान

१४ असोज, काठमाडौं । गत वर्ष काठमाडौं उपत्यकामा १० हजार सवारी दुर्घटनामा २ सय बढीले ज्यान गुमाएका छन् । उपत्यका ट्राफिक प्रहरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार बढ्दो सवारी चापको कारणले उपत्यकामा दुर्घटना बढ्दा २ सय बढीले ज्याउन गुमाउनु परेको हो । सवारी दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापर्वाही गरेर सवारी […]

मुख्‍य समाचार राजनीति

अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

१४ असोज, काठमाडौं । काठमाडौं जिल्ला अदालतले अभिनेता अनमोल केसीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । दाहालका अनुसार हिरासत अवधि अनमोल पक्राउ परेको दिन शुक्रबारदेखि कै गणना हुने छ […]

मुख्‍य समाचार

काठमाडौँ मेडिकल कलेजका डाक्टरलाई कुटपिट गर्ने दुई जना पक्राउ

१४ असोज, काठमाडौँ। सिनामङगलस्थित काठमाडौँ मेडिकल कलेजमा कार्यरत डाक्टरमाथि हातपात गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । उक्त अस्पतालका डा मनिष खड्कामाथि हातपात गरेको आरोपमा गुल्मी जिल्ला घर भइ हाल काठमाडौँ महानगरपालिका चाबहिल बस्ने २२ वर्षीय रुपक गौतम तथा गुल्मी घर भइ हाल सिनामङगल बस्ने ३४ सरोज गौतम रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका […]