२९ श्रावण २०८३, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार समाज

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

ढोरपाटन (बागलुङ), २९ चैत: जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो । गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा […]

राजनीति

रविमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्‍दैन : प्रचण्ड

२९ चैत, मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति नबन्ने बताएका छन् । कांग्रेसले रवि लामिछानेलाई प्रधानमन्त्री प्रस्ताव गरेर अहिलेको सत्ता समीकरण रोक्ने कोसिस गरेको तर सफल नभएपछि सहकारीको विषय उठाएको आरोप प्रचण्डले लगाए । संसदीय छानबिन समिति गठनको माग राखेर […]

मुख्‍य समाचार समाचार समाज

दूधकोशीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु

२९ चैत, काठमाडौं । भोजपुरको आमचौक गाउँपालिका-१० स्थितमा दूधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आमचोक-६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक विशाल लिम्बुले जानकारी दिए । उनका अनुसार मृत्यु हुने दर्जी ट्याक्टर चालक हुन् भने राई […]

मुख्‍य समाचार समाचार समाज

५ प्रदेशमा वर्षाको सम्भावना

२९ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी प्रदेशलगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया […]

मुख्‍य समाचार समाज

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

२९ चैत, म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ […]

मुख्‍य समाचार समाज

आज ईद उल फित्र, सार्वजनिक बिदा

२९ चैत, काठमाडौं । आज मुस्लिम धर्मावलम्बीहरूले ईद उल फित्र (ईद) पर्व मनाउँदै छन् । ईदको अवसरमा सरकारले आज सार्वजनिक बिदा पनि दिएको छ । ईद इस्लामिक पात्रोअनुसार मनाइने सबैभन्दा ठूलो पर्वमध्ये एक हो । ईद पर्व महिना दिनसम्म व्रत र प्रार्थना गरिने रमजान महिनाको अन्त्यसॅंगै मनाइन्छ । ईद उल-फित्रको अर्थ पनि व्रत समाप्त गर्ने […]

मुख्‍य समाचार समाज

मानव बेचबिखनको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ

२८ चैत, काठमाडौं । मानव बेचबिखनको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा रसुवाको नौकुण्ड गाउँपालिका-१ का ५२ वर्षीय नुर्वु घले भन्ने नुर्बु स्याङबो घले रहेका छन् । उनलाई मानव बेचविखन ब्‍यूरोको टोलीले बुधबार बबरमहलबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी […]

खेलकुद मुख्‍य समाचार

सी डिभिजन लिगमा आरसी ३२ फुटबल एकेडेमीको लगातार दोस्रो जित

२८ चैत,काठमाडौ । आरी ३२ फुटबल एकेडेमी सहिद स्मारक सी डिभिजन लिगमा दोस्रो जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा सुर्खेतको आरसी ३२ ले सर्लाहीको बागमती युवा क्लबलाई ३-० ले पराजित गरेको हो । आरसी ३२ को जितमा विवेक सन्तोषीले दुई तथा बबिन बोहराले एक गोल गरे । बबिनले […]

अर्थ मुख्‍य समाचार लुम्बिनी

कपिलवस्तुमा करिब ३ बिघा खेतको गहुँ जलेर नष्ट

२८ चैत, काठमाडौं । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर २ भैंसकुण्डा भन्ने स्थानमा गहुँ खेतमा आगलागी भएको छ । आगोमा जलेर करिब ३ बिघा खेतको गहुँ नष्ट भएको छ । बुधबार मध्याह्न कम्बाइन मेसिनको सहायताले गहुँ काट्ने बेला खेतमा आगो सल्किएको थियो । आगो अनियन्त्रित भएपछि गहुँ काट्ने मेसिन पनि पूर्णरुपमा जलेको छ । जिल्ला […]

मुख्‍य समाचार राजनीति

निलम्बन फुकुवा माग गर्दै टेकबहादुर गुरुङले दिए निवेदन

२८ चैत, काठमाडौं। कांग्रेस सांसद टेकबहादुर गुरुङले आफ्नो निलम्बन फुकुवाको माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । सर्वोच्च अदालतको आदेशसहित निलम्बन फुकुवाको माग गर्दै निवेदन आएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । प्रवक्ता गिरीका अनुसार गुरूङले संसद बैठकमा सहभागिता जनाउन पाऊ र सेवा सुविधा सुचारु गर्न समेत अपिल गरेका छन् । […]

मुख्‍य समाचार राजनीति

गण्डकी सरकारलाई सर्वोच्चको अंकुश, दीर्घकालीन निर्णय नगर्न आदेश

२८ चैत, काठमाडौं । सर्वोच्च अदालतले खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीश विनोद शर्माको एकल इजलासले बुधबार सरकारलाई नियमित कार्यसञ्चालन बाहेकका काम नगर्न रोक लगाएको हो । तत्कालीन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएपछि प्रदेश प्रमुखले २७ गतेसम्म सरकार गठनका लागि दाबी पेश गर्न समय […]