७ जेष्ठ २०८१, सोमबार
मुख्‍य समाचार समाज

एक वर्षमा उपत्यकामा १० हजार दुर्घटना, २ सय बढीले गुमाए ज्यान

१४ असोज, काठमाडौं । गत वर्ष काठमाडौं उपत्यकामा १० हजार सवारी दुर्घटनामा २ सय बढीले ज्यान गुमाएका छन् ।

उपत्यका ट्राफिक प्रहरी सार्वजनिक गरेको तथ्याङ्क अनुसार बढ्दो सवारी चापको कारणले उपत्यकामा दुर्घटना बढ्दा २ सय बढीले ज्याउन गुमाउनु परेको हो ।

सवारी दुर्घटना हुनुको मुख्य कारण मादक पदार्थको सेवन गरेर सवारी चलाउनु, लापर्वाही गरेर सवारी चलाउनु, पूर्वाधार जोखिमपूर्ण रहेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

यसका साथै देशभरि दर्ता भएका करिब ६३ लाखमध्ये काठमाडौँ उपत्यकाभित्र करिब १४ लाख सवारी साधन छन् । विगत ५ वर्षमा सवारी दुर्घटनामा परेर करिब १२ हजार व्यक्तिको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्याल्यका प्रमुख, प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले अन्डरपास, ओभरहेड ब्रिज, बहुतले पार्किण्ङ, फ्लाइ ओभर सडक संरचना र स्वचालित प्रणालीबाट मात्र सहरको सवारी व्यवस्थापन सम्भव हुने बताउँछन् । उनी भन्छन्, ‘सडकमा सवारी चाप थेगिनसक्नु छ, संरचनामा सुधार गरेन भने दुर्घटना बढ्दै जान्छ। ‘

सडक सवारी साधन र पैदल यात्रीले मात्र प्रयोग गरेका छैनन् । विरोधका कार्यक्रम र प्रदर्शन पनि सडकमा हुँदा चाप बढेर काठमाडौंको सडक अस्तव्यस्त भएको ट्राफिक प्रहरीको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्