२९ श्रावण २०८३, शुक्रबार
राजनीति

प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध

२८ चैत, काठमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् ।   प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् । आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरु आ-आफ्नो स्थानमा उठेर बैठक अवरुद्ध गरेका थिए ।   त्यसपछि सभामुख देवराज घिमिरेले आगामी वैशाख २ गते ११ बजेसम्मका लागि बैठक स्थगित […]

मुख्‍य समाचार

दार्चुलाको शैल्यशिखरको एक विद्यालयमा भवन अभाव,पठनपाठमा समस्या

२८ चैत, काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका -७ को एक विद्यालयमा भवन नहुँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । नगरपालकाको हुनैनाथ आधारभूत विद्यालयमा भवन नहुँदा विद्यार्थीहरूको पठनपाठनमा समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपी मिश्रले बताए ।             उनले भने, ‘विद्यालयमा विद्यार्थी पढाउनको लागि भवन छैन । भवन भए पनि […]

राजनीति समाचार समाज

गृहमन्त्रीले संसदमा प्रस्तुत गर्ने एजेन्डा कार्यसूचीबाट हट्यो

२८ चैत, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय कार्यसूचीबाट हटेको छ । यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल […]

मुख्‍य समाचार समाचार समाज

पहिरोका कारण रित्तिदै म्याग्दीको चौरखानी गाउँ

२८ चैत, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ । भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन् । चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए । “विसं २०६३ मा चौरखानीका ५३ वटै घरमा […]

राजनीति

नाउपाका संरक्षक रेशम चौधरी सुदूरपश्चिमका प्रदेश सभा सदस्यसँग छलफलमा

२८ चैत, धनगढी । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूसँग छलफल गरिरहेका छन् । प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको सरकारी निवासमा जारी छलफलमा कारबाहीमा परेकी इन्दिरा गिरीसहितका सबै प्रदेश सभा सदस्य सहभागी छन् । अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक चौधरीबीचको विवादले एकअर्कालाई निषेध र कारवाही गर्ने सिलसिला सुरू भएका बेला […]

अर्थ राजनीति

लगानी भित्र्याउन थप कानुन आवश्यक भए अध्यादेश ल्याउनेछौं : प्रधानमन्त्री प्रचण्ड

२८ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा लगानी भित्र्याउनका लागि थप कानुन आवश्यक भएमा अध्यादेश ल्याउने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले नीति निर्माणमा सरकारले सधैं निजी क्षेत्रसँग सहकार्य गर्दै आएको बताए । ‘निजी क्षेत्रले सरकारसँग काम गर्न गरेको सङ्कल्पको स्वागत गर्छु, समृद्धिका लागि सरकार […]

मुख्‍य समाचार समाचार समाज

शिक्षा मन्त्रालयले भन्यो : विदेशी सम्बन्धनका कलेजमा भर्ना नगर्नू

२८ चैत, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका विदेशी शिक्षण संस्थाको सम्बन्धनका कलेजमा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना जारी गरी ‘ए लेभल’, ‘इन्टरनेशनल ब्याकालरेट्स’, ‘सिएसइबी’ र सोसरहका कार्यक्रम सञ्चालन गर्न अनुमति लिएका ४९ संस्थाको सूची सार्वजनिक गर्दै ती बाहेकका संस्थामा विद्यार्थी भर्ना नगर्न आग्रह गरेको हो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

काठमाडौंको वायु प्रदूषण : पाकिस्तान र भारतकोभन्दा पनि खराब

२८ चैत, काठमाडौं । काठमाडौंको वायु प्रदूषणको स्तर अत्यन्तै अस्वस्थकर अवस्थामा पुगेको छ । अत्यन्त अस्वस्थकर वायु भएका देशहरुको सूचीमा नेपाल सबैभन्दा माथि छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरका अनुसार आज बिहान साढे आठ बजेसम्म नेपालको राजधानी काठमाडौं वायू प्रदूषणको हिसाबले विश्वमै पहिलो स्थानमा छ । आईक्यू एयरका […]

मुख्‍य समाचार समाचार समाज

रमदानको अन्तिम दिन मुस्लिम बस्तीमा ‘ईद’को चहलपहल

२८ चैत, महोत्तरी । हिजरी संवत‌को रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ । रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद)को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवत्को पात्रोअनुसार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसको प्रतिबद्धता

२८ चैत, काठमाडौँ । संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महसचिवलाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले […]

अर्थ मुख्‍य समाचार

१३२ केभी बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा

२८ चैत, बागलुङ । पाँच वर्षअघि निर्माण सुरु भएको बुर्तिबाङ सबस्टेशनको काम अन्तिम चरणमा पुगेको छ । पश्चिम बागलुङलाई केन्द्रीय प्रसारण लाइनसँग जोड्न कपिलवस्तुको मोतिपुर– अर्घाखाँचीको सन्धिखर्क– गुल्मीको तम्घास–पौँदीअमराई हुँदै बुर्तिबाङ जोड्ने १३२ केभीको सबस्टेशनको काम अन्तिम चरणमा पुगेको हो । ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा निर्माणाधीन सबस्टेशनको काम ८० प्रतिशत सम्पन्न भएको ‘१३२ किलोभोल्ट बुर्तिबाङ सबस्टेशन […]

मुख्‍य समाचार समाचार समाज

इलाम र बझाङमा उपनिर्वाचनको आचारसंहिता लागू, क-के गर्न पाइदैन ?

२८ चैत, काठमाडौं । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम र बझाङमा जिल्लाभर निर्वाचन आचारसंहिता लागू भएको छ । इलाम क्षेत्र नम्बर २ र बझाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर (१)मा हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त बनाउन आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । […]