२९ श्रावण २०८३, शुक्रबार
मुख्‍य समाचार समाचार

सुरक्षण मुद्रण सम्बन्धी विधेयक शिक्षा समितिबाट पारित

२६ चैत, काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई पारित गरेको छ । समितिको सोमबार बसेको बैठकले राष्ट्रिय सभामा प्रश्तुत भई विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त सभाबाट पारित भएको सुरक्षण मुद्रण सम्बन्धी विधेयकलाई संशोधनसहित पारित गरेको हो । बैठकमा सुरक्षण मुद्रण विधेयक प्रतिवेदनको मस्यौदामाथि छलफल भएको […]

मुख्‍य समाचार राजनीति

गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्नु कांग्रेसको कुटिल चाल : रास्वपा

२६ चैत, काठमाडौं । रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछाने विरुद्ध कांग्रेसले मिथ्या आरोप लगाएको रास्वपामा प्रमुख सचेतक सन्तोष परियारले बताए ।   गृहमन्त्री लामिछाने माथि संसदीय छानविन माग गर्नु कांग्रेसको कुटील चाल भएको परियारले बताए । सभामुख देवराज घिमिरेले चार दलका शीर्ष नेताहरुसँग छलफलका लागि बोलाएको बैठक विना निष्कर्ष टुंगिएपछि प्रतिक्रिया दिँदै परियारले भने,‘मिथ्या […]

मुख्‍य समाचार समाचार समाज

सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी

२६ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ । सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उक्त स्टोरमा लत्ताकपडाका सामानहरु राखिएको बताइएको छ । आगलागीको कारण बारे केही खुलेको छैन । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरीसहितको टोलीले आगो नियन्त्रणका लागि प्रयास […]

मुख्‍य समाचार समाचार समाज

घोडेजात्रामा सेनाले देखायो कलाकौशल (तस्वीरहरू)

 २६ चैत, काठमाडौं । नेपाली सेनाले औपचारिक कार्यक्रम गरेर यस वर्षको घोडेजात्रा मनाएको छ । अघिल्ला वर्षहरुमाझैँ यस वर्ष पनि नेपाली सेनाले काठमाडौंस्थित सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रमका बीच घोडेजात्रा मनाएको हो । समारोहमा नेपाली सेनाले विभिन्न खेल तथा कला, कौशलहरु प्रस्तुत गरेका छन् । समारोहमा नृत्य समेत प्रस्तुत गरिएको छ । घोडेजात्रा समारोहमा राष्ट्रपति […]

मुख्‍य समाचार राजनीति

समर्थन फिर्ता लिदै मुख्यमन्त्री कार्कीलाई एमाले–माओवादीले लगाएको चार आरोप

२6 चैत, विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको नेकपा एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई चार आरोप लगाएको छ । २७ असोजमा कार्कीलाई मुख्यमन्त्री बनाउन समर्थन गरेको नेकपा एमाले १८ कात्तिकमा सरकारबाट बाहिरिएको थियो । तर समर्थन फिर्ता लिएको थिएन । सोमबार माओवादी केन्द्रसँगै एमालेले पनि समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ता लिदा […]

राजनीति समाचार

कोशीमा वैकल्पिक सरकारका लागि हिक्मतकुमार कार्कीको मुख्यमन्त्रीमा दाबी पेश

२६ चैत, विराटनगर । केदार कार्की नेतृत्वको कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेकपा एमाले र माओवादी केन्द्रले वैकल्पिक सरकारका लागि दाबी पेश गरेका छन् । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की अल्पमतमा परेको भन्दै एमाले र माओवादी केन्द्रले हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार बनाउनका लागि […]

मुख्‍य समाचार

ललितपुर एमालेको अध्यक्षमा पुरुषोत्तम आचार्य निर्वाचित

२६ चैत, काठमाडौं । नेकपा एमाले ललितपुरको नवौं जिल्ला अधिवेशनबाट पुरुषोत्तम आचार्य जिल्ला अध्यक्ष निर्वाचित भएका छन् ।   अन्य तीन प्रतिस्पर्धीलाई हराउँदै आचार्य अध्यक्ष निर्वाचित भएका हुन् । २२९ मत पाएर आचार्य जिल्ला अध्यक्ष निर्वाचित हुँदा प्रतिस्पर्धीहरु चेतनाथ आचार्यले १५४, दिनेश कार्कीले ८१ र सुवर्ण श्रेष्ठले ९ मत पाए । जिल्ला उपाध्यक्षमा मञ्जली शाक्य […]

मुख्‍य समाचार

जनकपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

 २६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ । महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो । हत्या आशंकामा […]

मुख्‍य समाचार

नाउपाकी सांसद इन्दिरा गिरी पदमुक्त

२६ चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की सुदूरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेश सभा सचिवालयले गिरीलाइ पदमुक्त गर्ने सूचना निकालेको हो । सोमबार निकालिएको सूचनामा भनिएको छ, ‘…. प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेश सभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन […]

मुख्‍य समाचार

विद्युतीय सुरक्षा दिवसमा बैतडी प्राधिकरणका कर्मचारीले निकाले प्रभातफेरि

२६ चैत, बैतडी । बैतडीमा नेपाल विद्युत प्राधिकरणका कर्मचारीले विद्युतीय दुर्घटनाबाट बच्‍ने भन्‍दै प्रभातफेरि निकालेको छ ।   सोमबार विद्युतीय सुरक्षा दिवसको अवसरमा बैतडी प्राधिकरणका कर्मचारहरूले हातमा सचेतनाका ब्यानर, प्लेकार्ड बोकेर सडकमा निस्किएका हुन् । उनीहरूले विद्युतीय दुर्घटनाबाट बच्न सचेत रहौं, समृद्धिको लागि विद्युतको सदुपयोग गरौं’ भन्‍ने नाराका साथ नगर परिक्रा गरेका थिए । हरेक […]

मुख्‍य समाचार राजनीति

कांग्रेसको अडानका कारण सभामुखले बोलाएको बैठकमा नेताहरूबीच सहमति जुटेन

२६ चैत, काठमाडौं । सभामुख देवराज घिमिरेले बोलाएको दलहरुको नेताहरुको बैठकमा सहमति जुट्न सकेन । प्रधानमन्त्री प्रचण्डसहित बसेको बसेको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आफ्नो अडानबाट पछि नहटेपछि सहमति नजुटेको हो ।   कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा गृहमन्त्री रवि लामिछाने माथि छानविनको माग गर्दै संसदीय छानबिन समितिको माग गर्दै आएको छ ।   […]

मुख्‍य समाचार

जनकपुरमा धारिलो हतियार प्रहार गरी युवकको हत्या

२६ चैत, जनकपुरधाम । जनकपुरमा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या भएको छ ।   महोत्तरीको एकडाडा गाउँपालिका बस्ने वर्ष २० का प्रिन्स कुमार महासेठको हत्या भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवालेले बताए ।   उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका विश्वकर्मा रचौक नजिक डेरामा आज दिउँसो १२ बजेतिर शौचालयभित्र महासेठको हत्या भएको हो । […]